फेसबुक तथा टि्वटर जस्ता सोसल नेटवर्किंग साइहरुमा कुनै नक्कली अकाउन्ट पत्ता लगाउन अब सहज हुनेछ ।

वैज्ञानिकहरुले यसका लागि एक नयाँ एल्गोरिदम विकसित गरेका छन् ।

 

समाचार अनुसार यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हुन्छन् ।

नक्कली अकाउन्टबाट मानिसहरुले आफ्नो नेटवर्कमा रहेका अन्य प्रयोगकर्तालाई अनावश्यक तथा आपत्तिजनक लिंकहरु पठाउँछन् ।

इजरायलको बेन गरियोन विश्वविद्यालयका प्रमुख शोधकर्ता दिमा कगान भन्छन् : ‘हालैका दिनमा प्रयोगकर्ताको गोपनियता सुरक्षित राख्नमा असफलता हात परेको विषया चिन्ताजनक खबर आएका छन् । चुनाव प्रभावित गर्नका लागि रुसद्धारा सोसल मिडियाको प्रयोगको जानकारी आएपश्चात अब सोसल मिडियाका फेक अकाउन्टहरुलाई जरैदेखि उखेलेर फ्याँक्नु आवश्यक भैसकेको छ ।’

उनका अनुसार नयाँ एल्गोरिदमको परीक्षण विभिन्न १० प्रकारका सोसल नेटवर्कमा रहेका नक्कली तथा सक्कली डाटा संग्रहहरुमा गरिएको थियो र दुबैमा यो विधिले निकै उत्साहजनक नतिजा प्रदान गरेको छ । सोसल नेटवर्क एनालिसिस एण्ड माइनिङ पत्रिकामा यो शोध प्रकाशित छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार