एजेन्सी । कुनै महिलाले आफू महिनावारी भएको बेलामा आएको रगतले एउटा गर्भमा रहेको बालकको जस्तै पेन्टिङ तयार गरिन्। सबैलाई चकित पार्ने उक्त पेन्टिङ उनी रजश्वला भएकै बखतमा तयार गरेकी हुन्।
पेशाले पनि पेन्टिङ अँगालेकी ती महिलाई त्यो पेन्टिङ गर्न खासै समस्या भने थिएन तर आम जनसमुदायलाई यो कुराले निकै चकित पारेको छ। रोमानियाकी नागरिक ‘टिमी पाली’ नाम गरेकी यी महिलाले आफ्नो रजश्वलाको रगतबाट एक क्यानभासमा बच्चाको एउटा तस्वीर तयार पारेकी छन्।
दुनियाँलाई मातृत्वको अर्थ बुझाउनका लागि उनले यस्तो उपाय अपनाएको बताएकी छन्। आफ्नो कला रगतमा नभई महत्वमा केन्द्रीत भएको पालीले बताएकी छन्। एक पुरुषलाई पिता बन्ने र महिलालाई आमा बन्ने कुरा यो तस्बिरले देखाउँछ।




