यि हुन् हालसम्म मानिस बस्न मिल्ने हज्जारौँ वर्ष पुराना घरहरु

एजेन्सी ।ईतिहासकालमा मानिसहरु जंगल तथा गुफा तिर बस्ने गर्थे जब मानव सभ्यताको सुरुवात संगै बस्नको लागी जंगल गुफा त्याग्दै घरमा बनाउन थाले तर ति हजारौ बर्ष अघिका घरका भग्नावशेष अझै पनि यदाकदा भेटिन्छन |

संसारमा हालसम्म जिवित रहेका हजारौँ वर्ष पुराना घरहरु यस्ता छन् ।

१. इटालियन सहर मटेरा विश्वको एकमात्र त्यस्तो ठाउँ हो । जहाँ मानिसहरु आज पनि पुरानै घरमा बस्दै आएका छन् । त्यहाँका घरहरु ९ हजार वर्ष पुरानो हो । यो इटालीको दक्षिणी इलाका बैसिलिकाटामा रहेको यो र चट्टानमा बनाइएको छ ।

२. फ्रान्सको एवेयरानमा रहेका यी घरहरु १३ औँ शताव्दीमा बनेका हुन् । यी घरहरुको तलाको क्षेत्रफल बढि राखिएको छ । किनकी त्यो बेला तलाको हिसाबले कर भुक्तानी गर्नुपथ्र्यो । त्यसैले करबाट बच्नको लागि हरेक तला निकै चौडा बनाइएको थियो ।

३. इरानको उत्तर पश्चिमी इलाकामा रहेको कुन्डोवनमा रहेको यो घर ८ सय वर्र्ष पुरानो हो । ज्वालामुखीबाट बनेको चट्टानमा बनाइएको यो घरमा अहिले पनि १६८ परिवगार बसोबास गर्छन् ।

४. येरुशलेमको वादी क्वेल्टमा रहेको सेन्ट जर्ज अर्थोडकस मोनिस्ट्री । यसको निर्माण सन् ४८० मा भएको हो ।

५. दक्षिण मध्य इरानमो मेयमान्दमा रहेको प्राचीन गुफा घर । यो गुफा घरमा ३ हजार वर्ष अगाडिबाट मानिसहरु बस्दै आएका छन् । पछिल्लो जनगणना अनुसार यो गुफामा ६७३ मानिस बस्दै आएका छन् ।

६. न्यू मेक्सिकोमा रहेको अकोमा प्युब्लो । अकोमा समुदायका ११ सय ५० भन्दा बढि मानिसहरु यहाँ बस्छन् । त्यहाँ बिजुली, पानी लगायत कुनै कुराको सुविधा छैन । तर पनि मानिसहरु अहिलेसमम बसोबास गरिरहेका छन् ।

७. तुर्कमिनिस्तानको अन्टाक्या नजिकै रहेको चर्च अफ सेन्ट पीटर । यो संसारकै सबै भन्दा पुरानो चर्च मध्येको एक हो । यो चौँथो या पाँचौ शताव्दीमा चट्टान काटेर बनाइएको हो ।

८. फेरी आइल्याण्डमा रहेको किर्कजुबोयरगैरोर । यो ११ औँ शताव्दीमा बनेको हो । यो घरहरु काठले बनेको सबै भन्दा पुरानो घरहरु हो । हाल यो घरमा पैटुरसन परिवारको १७ औँ बंशज बस्छन् ।

९. ब्रिटेनको समरसेट क्षेत्रमा छ यो साल्टफोल्ड मैनोर । ढुंगामा बनेको यो घर ११५० साल भन्दा अगाडिको हो । हाल यो घर खरिद भएको छ । यो घरका नया मालिकले २०१० मा १६ करोड रुपैँयामा खरिद गरेका थिए ।

१०. यमनको राजधानी साना स्थीत यो घर पनि सबै भन्दा पुरानो घर मानिन्छ । हाल पनि यो घरमा मानिसहरु बसोबास गर्छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार



ताजा खबर