एजेन्सी- शाहरुखलाई दिन लागिएको मानार्थ डिग्री सरकारले आपत्ति जनाउँदै रोकिदिएको छ । दिल्लीस्थित जामिया मिलिया इस्लामियाले खानलाई मानार्थ डिग्री दिने भन्दै भारत सरकारको मानव संशाधन मन्त्रालयमा प्रस्ताव राखेको थियो ।

तर मन्त्रालयले उक्त प्रस्ताव अस्वीकार गरिदिएको हो । शाहरुखलाई यसअघि नै यस्तो उपाधि अर्को विश्वविद्यालयले दिइसकेकाले नयाँ प्रस्ताव सरकारले अस्वीकार गरेको समाचारमा जनाइएको छ ।

खान उक्त विश्वविद्यालयका पूर्वविद्यार्थी समेत रहेकाले उनलाई यस्तो उपाधि दिन अस्विकार गरिएको बताइएको छ । खानले यस विश्वविद्यालयमा मास कम्युनिकेशनमा भर्ना गरे पनि नियमित कक्षा नलिनुका साथै परीक्षा दिन समेत पाएका थिएनन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार