काठमाडौं । अमेरिकाको टेक्सासकी एक महिलाले ९ मिनेटको बीचमा ६ बच्चालाई जन्म दिएकी छन् ।

टेक्सासकी थेल्मा चियाका नामकी महिलाले शुक्रबार बिहान ४ः५० देखि ४ः५९ बजेकोे बीचमा ४ छोरा र २ छोरीलाई  जन्म दिएको हफपोस्टले जनाएको छ । याे विश्वकै नयाँ रेकर्ड हाे ।

बच्चाहरुको तौल १ पाउण्ड १२ ग्राम औषधदेखि २ पाउण्ड १४ ग्रामसम्म रहेको छ । सबै बच्चाहरुको स्वास्थ्य अवस्था स्थिर रहेको र उनीहरुलाई अस्पतालको अत्यधुनिक नियोनाटल इन्टेन्सीभ केयर युनिटमा राखिएको छ । चियाकाले छोरीहरुको नाम जिना र जुरियल राखेकी छन् भने छोरोहरुको नाम भने अझै राख्न बाँकी रहेको समाचारमा उल्लेख छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार