एजेन्सी । मात्र तिन महिना अगाडी धुमधाम साथ बिबाह गरेका बलिवुड तथा हलिवुड अभिनेत्री प्रियंका चोप्रा र अमेरिकी पप गायक निक जोन्स बीच अन्तत सम्बन्ध विक्षत हुने खबर आएको छ । अमेरिकाको ‘ओके’ म्यागजिको रिपोर्टलाई उधृत गर्दै अधिकांश भारतीय मिडियाहरुले यसलाई महत्वका साथ छापेका छन ।
‘ओके’ म्यागजिको रिपोर्टमा दावी गरिएअनुसार उनीहरु डिभोर्सको प्रक्रियामा अगाडि बढिसकेका छन् । समाचारमा उनीहरुबीच छोटो समयमै एक अर्काप्रति वितृष्णा उत्पन्न भएको र दुवै डिभोर्स गर्ने विषयमा सहमतिमा पुगिसकेको उल्लेख छ । हुन पनि उनीहरुको विवाह अगाडी नै उमेर अन्तरले धेरैलाई सम्बन्धको दिगोपनलाई आशंका गरेका थिए ।

प्रियंका चोप्रा भन्दा निक जोन्स १० वर्ष कान्छा हुन् । यसको मतलव प्रियंकाले मिस वोर्ल्ड जित्दा निक बच्चा नै थिए । बिबाहको यति छोटो समयमा नै उनीहरुको सम्बन्धमा चिसो पसेको रिपोर्टमा दावी गरिएको छ । उनीहरुको बिचार नमिलेपछि हरेक विषयमा झगडा गरिरहेका हुन्छन्, काम, पार्टी वा सँगै समय बिताउने कुरामा । उनीहरुले हतारमा बिहेको निर्णय लिएका थिए र अहिले फुर्सदमा पछुताइरहेका छन् ।
ओकेमा लेखीए अनुसार निकले बिहे अगाडि प्रियंकालाई कुल र सरल केटीको रुपमा चिनेका थिए । तर बिहेलगत्तै प्रियंकाको स्वाभाव बदलिएको र अहिले निकलाई आफ्नो नियन्त्रणभित्र राख्न खोजिरहेकी छन् । यहि कारण निकको परिवारले छिटोभन्दा छिटो प्रियंकासित सम्वन्ध तोड्न दवाव दिइरहेको पनि बताइएको छ।





