टोकियो/जापान।जापानमा हुनुहुने र हाम्रा समाचारहरु हेर्नुहुने तपाईहरुले याद गर्नुभएको होला कि,जापानमा जारी जि सेभेन(G7)हिरोशिमा शिखर सम्मेलनमा सात ठूला देशहरू सहभागी छन्, तर सामूहिक तस्बिरहरुमा भने ९ जना नेताहरु उभिएका देखिन्छन्, आखिर ७ राष्ट्रका ७ प्रमुखहरु मात्रै हुनुपर्ने होईन र ?
वास्तवमा ७ देशका प्रमुखहरुसंगै थप २ जना को उभिएका छन् त ?
वास्तवमा, G7 शिखर सम्मेलन – फ्रान्स,अमेरिका, बेलायत, जर्मनी, जापान, इटाली र क्यानडा सहितको ७ शक्ति राष्ट्रहरुको वार्षिक सम्मेलन हो । तर यि ७ मुलुक बाहेक पनि ईयू (युरोपियन आयोग)तथा युरोपियन परिषदले यस सम्मेलनमा भाग लिने गर्दछ । ति थप २ जना भनेका युरोपियन युनियनका शिर्षस्थ व्यक्तिहरु हुन्।
जि सेभेन(G 7)को पहिलो शिखर सम्मेलन पेरिसमा सन १९७५ मा भएको थियो। त्यो पहिलो सम्मेलनमा- फ्रान्स,अमेरिका, बेलायत, जर्मनी, जापान र इटाली मात्रै यस समूहमा आवद्ध थिए। अर्को वर्ष(सन १९७६)मा क्यानाडा पनि यस समूहमा मिसियो र G7 भयो । त्यस पछि सन १९ ९८ मा रूसका राष्ट्रपतिले पनि यस सम्मेलनमा भाग लिए, र त्यस पश्चात यसलाई G8 शिखर सम्मेलनकोरुपमा आयोजना गरिन थालियो । तर सन २०१४ मा रसियाले एकतर्फी रूपमा दक्षिणी युक्रेनको क्रिमिया प्रायद्वीपलाई आफुमा गाभ्यो । रसियाको उक्त कदम पश्चात उसलाई यस समूहबाट हटाईयो र फेरि जि सेभेन नै कायम भयो।
अर्कोतर्फ सन १९७७ देखि(EC) युरोपेली आयोगको अध्यक्षले भाग लिन थाले । र पछि सन २०१० को सम्मेलन देखि भने युरोपियन आयोगका नेताले समेत भाग लिने गरेका छन्। सोहि अनुरुप यसपटक पनि २ जना युरोपेली आयोग तथा युरोपियन परिषद का २ नेताहरु सहभागी भएका छन् ।
यसपाली सहभागी नेताहरु को को हुन् त ?
यस पटकको हिरोशिमा सम्मेलनमा अमेरिकी राष्ट्रपती जो बाईडेन,जापानी प्रधानमन्त्री फुमिओ किशिदा,बेलायती प्रधानमंत्री ऋषी सुनक,फ्रान्सेली राष्ट्रपती ईम्यानुएल मार्कोनी,क्यानेडियन प्रधानमन्त्री जस्टिन त्रुदेउ,जर्मन चान्सलर ओलफ स्कोल्ज,ईटालियन प्रधानमन्त्री जर्जिया मेलोनी,युरोपियन परिषदका अध्यक्ष चार्ल्स मिशेल,र युरोपियन आयोगकी अध्यक्ष, उर्सुला भोनदेर लेयन सहभागी रहेकी छिन्।
सम्बन्धित खबरहरु
आज युक्रेनका राष्ट्रपती जेलेन्स्की जापान आईपुग्ने,२१ तारिख जि ७ सम्मेलनमा भाग लिने
अमेरिकी राष्ट्रपति बाईडेनले शनिबार जापानमा क्वाड नेताहरुसंग भेट्ने
जापान र बेलायतबिच रक्षा, स्वच्छ ऊर्जा तथा सेमीकन्डक्टर क्षेत्रमा ऐतिहासिक सम्झौता
“म चाहन्छु कि त्यहाँ उभिएका गन्यमान्य मानिसहरुले त्यहाँ गुमेका हज्जारौँ जीवनहरूको कल्पना गरुन् “- तोकुसो
जि ७ हिरोशिमा शिखर सम्मेलन सुरु,विश्वभरका शक्ति राष्ट्रका शिर्षस्थ नेताहरु जापानमा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




