टोकियो/जापान।यहि मे १९ तारिखदेखि जारी जि ७ हिरोशिमा शिखर सम्मेलन आज(२१ तारिख)सम्पन्न भएको छ। यस पटकको शिखर सम्मेलनको अध्यक्षता गरेका जापानी प्रधानमन्त्री फुमिओ किशिदाले आइतवार साँझ, शिखर सम्मेलन सकिएपछि आयोजित पत्रकार सम्मेलमा विश्वका शीर्षस्थ नेताहरूद्वारा हिरोशिमाको शान्ति स्मारक पार्कको भ्रमण गरिनुलाई विशेष महत्वपूर्ण सन्देशका रुपमा जोड दिएका छन् ।

परमाणु बमले ध्वस्त पारेको हिरोशिमाको तितो यथार्थालाई सम्झाउने शान्ती स्मारक पार्कमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री किशिदाले भने – “यस सम्मेलननमा जि ७ सदस्यहरू तथा आमन्त्रित अन्य राष्ट्रका नेताहरूले विश्व शान्तिको लागि सामूहकि प्रतिवद्धता व्यक्त गर्न सफल भए। यो वर्तमान विश्वका लागि महत्वपूर्ण सन्देश हो।”

किशिदाले पत्रकार सम्मेलनको सुरुमै सहभागी नेताहरुको दुईवटा जिम्मेवारी रहेको बताए । उनले भने – “पहिलो, गम्भीर सुरक्षा परिस्थितिमा हाम्रा जनताको सुरक्षाको रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी हामीसँग छ। र दोस्रो , आणविक हतियाररहित संसारलाई निरन्तरता दिने उच्च जिम्मेवारी हामीसंग रहेको यो आदर्शलाई कहिल्यै नबिर्सने जिम्मेवारी पनि हामीसंगै निहित छ।”

किशिदाले युक्रेनी राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीको सम्मेलनमा सहभागिताको महत्त्वलाई जोड दिँदै भने, “हामीले कानूनको शासनमा आधारित स्वतन्त्र र खुला अन्तर्राष्ट्रिय व्यवस्थाको महत्त्व पुष्टि गर्न सक्षम भयौं र यसलाई कायम राख्न नयाँ संकल्पको सन्देश दिन सक्षम भयौं। यो यस सम्मेलनको महत्वपूर्ण उपलब्धि हो।”

प्रधानमन्त्री किशिदाले हिरोसिमा शिखर सम्मेलन सकिएपछि पनि जि ७ को अध्यक्षको भूमिका पुर्ववत तरिकाले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त पनि व्यक्त गरे।

जि ७ सम्मेलनका यि अपडेटहरु पढ्नुहोस्

हिरोशिमा जि ७ शिखर सम्मेलनको अन्तिम दिन,युक्रेनी राष्ट्रपतीको व्यापक उपस्थिति,सबैको युक्रेनलाई साथ दिने प्रतिवद्धता

जि ७ नेताहरुद्वारा चिन र रसियालाई समूहिक सन्देश,शक्ति र जबर्जस्तीका बिरुद्ध सामूहिक प्रतिवद्धता जारी राखिने

जि ७ हिरोशिमा शिखर सम्मेलनको दोस्रो दिन नरेन्द्र मोदीदेखि जेलेन्स्कीसम्मको सहभागिता,विश्वभरको ध्यान खिच्दै हिरोशिमा !

जि सेभेन(G7) को बुझ्नुपर्ने रोचक पाटो,सदस्य राष्ट्र ७ वटा तर किन शिर्ष सहभागी संख्या ९ जना देखिन्छ त ?

आज युक्रेनका राष्ट्रपती जेलेन्स्की जापान आईपुग्ने,२१ तारिख जि ७ सम्मेलनमा भाग लिने

जि ७ हिरोशिमा शिखर सम्मेलन सुरु,विश्वभरका शक्ति राष्ट्रका शिर्षस्थ नेताहरु जापानमा

“म चाहन्छु कि त्यहाँ उभिएका गन्यमान्य मानिसहरुले त्यहाँ गुमेका हज्जारौँ जीवनहरूको कल्पना गरुन् “- तोकुसो

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार