टोकियो/जापान।जापानमा जारी जि ७ हिरोशिमा शिखर सम्मेलनमा भाग लिईरहेका ७ शीर्षस्थ नेताहरुको समूहले शनिबार, कानूनको शासनमा आधारित स्वतन्त्र र खुला अन्तर्राष्ट्रिय व्यवस्थालाई सुदृढ पार्ने आफ्नो प्रतिबद्धता सहितको एक विज्ञप्ति जारी गरेको छ। उनिहरुले विज्ञप्ति मार्फत चिन तथा रसियालाई संकेत गर्दै,कुनैपनि मुलुकको शक्तिद्वारा गरिने जबर्जस्तीलाई सहन नगर्ने सामूहिक ऐक्यवद्धता व्यक्त गरेका छन्।
विज्ञप्तिमा भनिएको छ कि जि ७ देशहरूले “रूसले युक्रेनमाथी गरिरहेको गैरकानुनी आक्रामक युद्धको सामनाका लागि युक्रेनलाई समर्थन गर्नका लागि दीर्घकालिक कदम चाल्नेछन्।
साथै,रुसमा महत्वपूर्ण प्रभाव राख्ने चीनको सम्बन्धमा, विज्ञप्तिले बेइजिङलाई “रूसलाई आफ्नो सैन्य आक्रामकता रोक्न दबाब दिन र तुरुन्तै, पूर्ण र बिना शर्त युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न” आग्रह गरेको छ।
चीनसँग वार्ता र सहयोगको आवश्यकतालाई औंल्याउँदै, विज्ञप्तिमा भनिएको छ कि जि ७ नेताहरू “पूर्व र दक्षिण चीन सागरको अवस्थाको बारेमा गम्भीर रूपमा चिन्तित छन्” जहाँ बेइजिङले आक्रामक समुद्री गतिविधिहरु गरिरहेको छ।विज्ञप्तीमा शक्ति वा जबर्जस्ती गरेर यथास्थिति परिवर्तन गर्ने एकपक्षीय प्रयासको कडा विरोध गरिएको छ।
यसका अलवा जि ७ नेताहरूले उत्तर कोरियाको ब्यालेस्टिक मिसाइलहरूको बारम्बार प्रक्षेपणको पनि निन्दा गरेका छन् र उत्तर कोरियाको आणविक र सामूहिक विनाशका अन्य हतियारहरूको “पूर्ण, प्रमाणित र अपरिवर्तनीय परित्याग”का लागि सामूहिक दबाब जारी राख्ने प्रतिबद्धता समेत दोहोर्याए
छन् ।
यद्यपी,आज जि ७ हिरोशिमा शिखर सम्मेलनको औपचारिक समाप्तीसंगै पुर्ण र सामूहिक घोषणा पत्र जारी हुनेछ।
यो पनि पढ्नुहोस्
जि ७ हिरोशिमा शिखर सम्मेलन सुरु,विश्वभरका शक्ति राष्ट्रका शिर्षस्थ नेताहरु जापानमा
अष्ट्रेलियामा हुने भनिएको क्वाड सम्मेलन पनि जापानको हिरोशिमा मै गरिने
अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री किशिदा बिच बिहीबार हिरोसिमामा शिखर वार्ता हुने
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




