सोमबार जापानभर ५९ जनामा कोरोना संक्रमण, टोकियोमा जोखिम बढ्दो

टोकियो । सोमबार जुन १५ तारिक जापानभर ५९ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार ६१ जनामा संक्रमण पुष्टि भएको थियो । सोमबार, टोकियोमा सबैभन्दा धेरै ४८ जना सहित,होक्काईदोमा ६ जना,खानागावाकेनमा ३ जना,गिफुकेनमा १ जना, र फुकुओकाकेनमा १ जनामा संक्रमण देखिएको हो । यसका अलवा सोमबार एयरपोर्टको क्वारेन्टाईनमा १२ जनामा संक्रमण पुष्टि भएको छ । सम्मरण रहोस् एयरपोर्ट...

सार्वजनिक सवारीसाधन सुचारु गर्न थप छलफल सुरु

काठमाडौं । सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका निर्माण गरे पनि व्यवसायीको असहमतिले जारी गर्न सकेको छैन । कोरोनाको बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै विभागले सार्वजनिक सवारी सञ्चालन गर्न निर्देशिका निर्माण गरेको थियो । तर, व्यवसायीले विरोध गरेपछि विभाग र व्यवसायीबीच उपसमिति बनाएर वार्ता तथा छलफल भइरहेको छ । नयाँ निर्देशिका कारोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन...

भोलिदेखि मोटरसाइकलमा पनि जोर बिजोर लागू

काठमाडौं । सोमबार १ असारदेखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल (स्कुटर र मोपेडसहित)मा जोर बिजोर प्रणाली लागू हुने भएको छ । यसअघि मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योलता रहेपछि गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको हो । गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि...

कोरोनाका कारण विदेशमा अलपत्र ५११ नेपालीको उद्दार

काठमाडौं । विदेशमा रहेका ५ सय ११ जना नेपालीको उद्दार गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीबार सम्म विदेशमा अलपत्र परेका पाँच सय भन्दा बढी नेपालीको उद्दार भएको जनाएको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा दुई सय ९९ जना नेपाली स्वदेश फर्किएका छन्। संघका अनुसार म्यानमारबाट २६, यूएईबाट १६८ जना, अस्ट्रेलियाबाट ११...

रुपन्देहीमा ५ जनाको सामुहिक हत्या

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवा गाउँमा ५ जनाको गए राति हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएस्पी खड्क बहादुर खत्रीले हत्याको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्। उनले हत्या किन कसरी भएको भन्नै विस्तृत विवरण आउन बाँकी रहेको रातोापाटीलाई बताए । घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै...

औपचारिक निर्णय नहुँदै बढ्यो चहलपहल

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) सुरु गरेको ७६ दिनपछि आइतबार राजधानीमा केही चहलपहल बढेको छ । गत वर्ष चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरिएको हो । सरकारले बन्दाबन्दी खुकुलो पार्नेसम्बन्धी आधिकारिक निर्णय सार्वजनिक नगरे पनि आइतबार विभिन्न कामका लागि स्वतःस्फूर्त रूपमा घर बाहिर निस्कने सर्वसाधारणको चहलपहल देखियो । गृह मन्त्रालयले बन्दाबन्दी खुकुलो पार्ने...

म्यानमारबाट उद्धार गरिएका २६ नेपाली बसुन्धराको होल्डिङ सेन्टरमा

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन सुरु गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण अति नै समस्यामा परेका नेपालीलाई शुक्रबारदेखि उद्धार गर्न थालिएको हो । शुक्रबार म्यानमारबाट २६ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । यूएईबाट पनि शुक्रबार नै १ सय ६८ जना नेपालीलाई ल्याउने तयारी भैरहेको छ । म्यानमारबाट उद्धार गरेर ल्याइएका नेपालीलाई बसुन्धराको ‘होल्डिङ सेन्टर राखिएको...

लकडाउनले गाँस छिन्यो, भोकले आत्महत्या प्रयास

हेटौंडा – हेटौंडा–४ का एक मजदुरले यसै साता आत्महत्या प्रयास गरे । छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना मात्र दिएनन्, केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए । लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएपछि ती अधबैंसे पुरुषले आत्महत्या प्रयास गरेका थिए । ‘मजदुरी गरेर जीविका चलाउँदै आएका उनले आफ्ना ससाना चार छोराछोरीलाई यो खाऊ भन्ने चीन...

कोरोना हटस्पट नरैनापुरको अवस्था नियन्त्रणमा

नेपालगन्ज । भारतबाट फर्किएकामध्येबाट एक्कासी ठूलो संख्यामा कोरोना भाइरसका सङ्क्रमित फेला परेपछि कोरोना हटस्पट बनेको नरैनापुर गाउँपालिकाको अवस्था अहिले नियन्त्रणमा आएको छ । भारतको मुम्बईबाट फर्किएकाहरूलाई क्वारेन्टाइनमा राखिए पनि अव्यवस्थित क्वारेन्टाइनका कारण त्यहाँ भित्रबाटै धेरैलाई सङ्क्रमण फैलिएको थियो । त्यहाँ एकै पटक धेरै जना सङ्क्रमित भेटिएपछि व्यवस्थापनको कमजोरीका कारण समुदायमा सङ्क्रमण फैलिने ठूलो सम्भावना देखिएको थियो । पछिल्लो समय चालिएका सकारात्मक...

बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा...