युवकद्धारा आमाको हत्या, त्यसपछि आत्महत्या

विराटनगर । बिहीबार सामान्य विवादमा आमाको हत्या गरी एक युवकले आत्महत्या गरेका छन् । मोरङको बेलबारी नगरपालिका– ४ काकुमका ३१ वर्षका जीवन लिम्बूले आमाको हत्यापछि आत्महत्या गरेका हुन् । खाना खाने विषयमा बिहीबार सामान्य विवादका हुँदा छोरा जीवनले आमा ६१ वर्षकी देवीकुमारी लिम्बुलाई चुल्होबाट इँटा निकालेर टाउकोमा प्रहार गरेका थिए । छोराले इँटा प्रहार गर्दा आमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...

दलित बालिका बलात्कृत, बलात्कारीलाई नै श्रीमतीको जिम्मा अनि अर्काे दिन लास

काठमाडौं । १३ वर्षीया दलित बालिकालाई बलात्कार गरे बापत् २५ वर्षीय युवालाई उसैसँग बिहे गर्ने सजाय सुनाएको छ । २१औँ शताब्दीमा यस्तो न्याय हाम्रै देशमा, हाम्रै समाजमा सुनाइएको हो। जसले बलात्कार गर्यो, उसैको श्रीमती हुनुपर्ने, त्यो पनि १३ वर्षीया अबोध बालिकाले । दलित परिवारको पक्षमा बोलिदिने कोही भएन, त्यसैले समाजको न्याय मानेर बलात्कारी पुरुषको पछिपछि गएकी बालिका त्यही साँझ गाउँको...

कोरोनाका कारण, विश्वभर यो साता थप २१ जना नेपालीको निधन

काठमाडौं । विश्वभर  महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार १ र कुवेतमा...

जापान पुरानै दैनिकीमा फर्किँदै, शुक्रवार जापानभर २३ जनामा मात्रै कोरोना संक्रमण

टोकियो । २२ तारिख शुक्रवार जापानभर २३ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या विगत २ महिना यताकै न्युन हो । शुक्रबार पुष्टि भएको संख्यासंगै जापानभर हालसम्म संक्रमितहरुको संख्या १७ हजार २ सय १ जना पुगेको छ । संक्रमित मध्ये १३ हजार ६ सय ४१ जनाले स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने ८ सय २७ जनाको...

वृद्धभत्ता र तलब नबढ्ने

काठमाडौं । स्रोतको संकट भएका वेला ठूलो नभई यथार्थवादी बजेट बनाउन विज्ञहरू एवं योजना आयोगले समेत सुझाब दिए पनि अर्थ मन्त्रालय भने विगतकै जस्तो बजेटको आकार बढाउने पक्षमा देखिएको छ । अर्थ मन्त्रालयले सवा १७ खर्ब हाराहारी आकारको बजेट निर्माण गरिरहेको हो । राजस्वको लक्ष्य गत वर्षकै हाराहारीमा राख्ने, आन्तरिक तथा बाह्य ऋण र अनुदान परिचालनलाई बढाउने गरी स्रोत व्यवस्थापन...

ख्याल ख्यालैमा साथीको हत्या

पोखरा । पोखरा–२७, अर्घौमा एक युवकको हत्याकाण्डमा संलग्न रहेको अभियोगमा २ जनालाई कास्की प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन दिएको जानकारी अनुसार सो हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा प्यूठान गौमुखी गाउँपालिका वडा ३ घर भै हाल पोखरा २७, सुन्दरीबजार बस्ने वर्ष २३ का प्रकाश घर्ती मगर र वर्ष २१ का थमन पुनमगर...

टोकियोमा बिहिबार ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५ हजार ८१ जना पुग्यो

टोकियो।बिहिबार टोकियोमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा केहि वृद्दी भएको हो । बिहिबार थपिएको  संख्यासंगै टोकियो भित्र मात्रै संक्रमितहरुको संख्या ५ हजार ८१ जना पुगेको छ । जापान सरकारले विद्यार्थीहरुलाई दिने थप साहयताबाट अधिकांस विदेशी विद्यार्थीहरु बन्चित हुने,यस्ता छन् कारणहरु बुधबार,जापानको ४१ वटा प्रान्तहरुमा कोरोना संक्रमण शुन्य,छ वटा प्रान्तमा जम्मा ३५ जना संक्रमित   ...

किशोरीमाथि सामूहिक बलात्कार, उल्टै गाउँ निकाला !

काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो । मोरङ बुढीगंगा गाउँपालिका–७ बडहराका १५ वर्षीया किशोरीमाथि दुई महिनाअघि ५ जनाको समूहले सामूहिक बलात्कार गरे । स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य...

ढोका थुनेर बस्दा काठमाडौंमा ‘झ्यालबाट छिर्‍यो’ कोरोना

काठमाडौं । मंगलबार साँझ भक्तपुरमा दुई र काठमाडौंमा एक जना संक्रमित फेला परे । ती तीनैजना लकडाउनको समयमा काठमाडौं बाहिरबाट उपत्यका छिरेको देखियो । उनीहरु कसरी संक्रमित भए भन्ने अझै यकिन हुन सकेको छैन । तर यो घटनाले काठमाडौं उपत्यकाबाहिर समूदायमै संक्रमण फैलिएको हुनसक्ने आधारलाई बलियो बनाइदिएको छ । पछिल्ला संक्रमितको यात्रा विवरणले संक्रमित क्षेत्रबाट राजधानी प्रवेश गरेका व्यक्तिहरुको परीक्षण र...

तत्काल नेपाल जान चाहने नेपालीहरुको संख्या १२ सय भन्दा बढि, जापानभर १६ हजार ४ सय ६० जनामा संक्रमण(अपडेट)

टोकियो । शुक्रवार जापानभर ८७ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।एकैदिन पुष्टि भएको,  यो हालसम्मकै न्युन संख्या हो ।हिजो जापानका ४७ मध्ये ३२ ओटा प्रान्तहरुमा संक्रमण शुन्य रह्यो  । पछिल्ला दिन अधिकांश प्रान्तहरुमा संक्रमित घट्दै आएको छ।  शुक्रवार राती १० बजेसम्मको तथ्यांक्क अनुसार जापानमा आन्तरिक तथा बाह्य गरि कोरोना संक्रमितहरुको संख्या १६ हजार ४सय ६० जना पुगेको...