छोरा नहुँदैमा के भयो र ?

जनकपुरधाम । छोरै किन चाहियो ? छोरी भए हुँदैन ? अझै धेरैले भन्छन्, ‘मर्दा कसले दागबत्ती दिन्छ रु कसले किरिया गर्छ ?’ समय बदलियो। नयाँ पुस्ता बरु पुरानै सोचमा हुँदा मधेसका ज्येष्ठ महिला त्यो धारणा बदल्न कस्सिएका छन्। र, छोरीले अन्त्येष्टि गर्ने क्रम बढेको छ। आउनुहोस्, ८० वर्षीया शीतलीदेवी साहको यस्तो ‘विद्रोह’ को सम्मान गरौं। जनकपुरधाम–७ जानकी नगरकी शीतलीदेवीका पति...

कारमा लिफ्ट लिएकी युवती बलात्कृत

ललितपुर । शुक्रबार बिहान ललितपुरको चापागाउँ दोबाटो चोकमा एक युवती आफू ड्राइभरबाट बलात्कृत भएको भन्दै चिच्याइन् । स्थानीयले ती युवतीलाई प्रहरी चौकीमा गएर उजुरी हाल्न सुझाए । एक निजी कारको ड्राइभरले लिफ्ट दिने बहानामा बोलाएर आफूलाई बलात्कार गरेको पीडित भनिएकी युवतीको भनाइ छ । शुक्रबार बिहान २७ वर्षीया युवती सीता (नाम परिवर्तन) बौद्धबाट ललितपुरको चापागाउँस्थित हुम्दी घर जान भनेर निस्किएकी...

विद्यार्थीलाई चरम यातनाः शिक्षिकाले कम नम्बर ल्याउने ३४ विद्यार्थीको हात चिर्न लगाइन्

काठमाडौं । परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् । १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने (भन्दै उनले परीक्षाकै...

मिर्गौला दिन पुरुषभन्दा महिला अगाडि, लिने चाहिँ पुरूष बढी

काठमाडौं । नेपालमा मिर्गौला दान गर्नेमा पुरुषभन्दा महिला अगाडि छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवैपटक मिर्गौला दान गर्ने पनि महिला हुन्। ओलीलाई पहिलोपटक भाइबुहारी पर्ने अन्जन घिमिरे ओलीले मिर्गौला दिएकी थिइन्। प्रधानमन्त्री ओलीलाई दोस्रोपटक मिर्गौला दान गर्ने पनि समीक्षा संगौला ज्ञवाली हुन्। त्रिवि शिक्षण अस्पतालको तथ्यांक अनुसार मिर्गौला दिनेमा महिला बढी छन् भने लिनेमा पुरुष बढी। यो अस्पतालमा प्रधानमन्त्री ओलीसहित...

मध्यरातमा त्रिशुलीमा हामफाले नवविवाहित दम्पती

काठमाडौं । विवाह गरेको केही समय नबित्दै नुवाकोटमा एक नव विवाहित दम्पतीले त्रिशुली नदीमा हामफालेका छन् । पारिवारिक विवादलाई लिएर विदुर नगरपालिका वडा नंम्वर १ ढुंगे बजारका २२ वर्षीय मौशम खाती र २१ वर्षिय सञ्जु खातीसँगै आत्महत्या गर्ने उद्देश्यले बुधबार राति त्रिशुली नदीमा हामफालेका हुन् । त्रिशुली नदी किनारमै घर भएका उनीहरुले घरको छतबाट एकैपटक हामफाल्दा श्रीमती सञ्जुको घटनास्थलमै मृत्यु...

नेपाल आइपुगिन् मिस वर्ल्ड टोनी

मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल आइपुगेकी छिन् । बिहिबार उनी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालमा आइपुगेकी टोनीलाई मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गरेकी थिइन् । तीन दिन लामो भम्रण तय गरेर टोनी नेपाल आइपुगेकी हुन् । मिस नेपाल आयोजक संस्था हिडन ट्रिजर तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा जमैकाकी टोनी नेपाल आएकी हुन् । उनीसँग मिस वर्ल्ड आयोजक संस्थाका अध्यक्ष जुलिया...

बाल गायिका दीपिका कँडेलको सुमधुर स्वरमा रहेको ‘मेरी छोरी’ को लोकप्रियता चुलिँदै

काठमाडौँ । लोक तथा दोहोरी गायक मेक्सम खातीको भर्खरै बजारमा आएको  नयाँ गीत ‘मेरी छोरी’ले दर्शक श्रोताको मन जितेको छ । नरेश खातीको शब्द, संगीत रहेको उक्त गीतमा बाबाछोरीबिचको माया सम्बन्धलाई कथा बनाईएको छ ।गीतमा सानी छोरीलाई आमाबाबा दुवैको माया बाबाले दिएर त्यहि छोरीको सहारामा बाँचेको कथालाई मुख्यरुपमा उठान गरिएको छ । बाबाछोरीनै एकअर्काको सहारा र संसार बनेका तर छोरीको...

अन्तराष्ट्रीय रंगशाला निर्माणका लागि गल्कोट स्पोर्ट्स क्लवको सहयोग

टोकियो ।अन्तराष्ट्रीय रंगशाला निर्माणका लागि गल्कोट स्पोर्ट्स क्लवको सहयोग गरेको छ । “स्वास्थ्यका लागि खेल ,राष्ट्रका लागि खेल”भन्ने मुख्य नाराका साथ सन २०१५मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले स्थापना कालदेखि नै नेपालको राष्ट्रीय खेल भलिबल मार्फत जापानमा रहने खेलाडीहरुलाई एउटै मालामा उन्ने कार्य गर्दै आएको छ भने स्थापना कालदेखि नै निरन्तर खेलकुद क्षेत्र संगै सामाजिक कार्यहरुमा पनि थुप्रै...

एनआरएनए जापानद्वारा मानर्थ परिषद गठन, ४० लाख येन आपतकालिन राहतकोषमा जम्मा

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जापान स्थित बिभिन्न क्षेत्रका सकृय नेपाली तथा  जापानी व्यक्तित्त्वहरुलाई , नेपाली समुदाय र नेपालका लागि  प्रत्यक्ष वा अप्रत्यक्ष  योगदान पुर्याएको आधारमा, मानर्थ सदस्यमा  मनोनित गरेको छ । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार, यहि  मार्च १ तारीक बसेको तेश्रो नियमित बैठकले अन्य विविध निर्णय संगै सन २०१९ – २१ का लागि  मानर्थ परिषद...

स्नातक गर्ने छोरीलाई १ लाख, छोरी जन्माउने आमालाई १० हजार

काठमाडौं । रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन् । मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार घोषणा गरेको छ । स्थानीय स्तरमा छोराछोरीबीच देखिएको शिक्षाको विभेद हटाउन र छोरीलाई पनि छोरासरह शिक्षा दिलाउन गाउँपालिकाले यस्तो घोषणा गरेको हो । अब स्नातक तह उत्तीर्ण गर्ने छोरीलाई गाउँपालिकाले पुरस्कारस्वरूप...