प्रधानमन्त्रीलाई ‘भान्जी’ को मृगौला,
काठमाडौं । आज फागुन १९ गते सोमबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा प्रधानमन्त्री केपी ओलीको मृगौला प्रत्यारोपण सम्बन्धी समाचारहरुले प्राथमिकता पाएका छन् । त्यस्तै, भ्रमण वर्ष स्थगन, कोरोनाभाइरसको संक्रमण रोक्न गरिएका निर्णयहरुबारे पनि समाचार प्रकाशित छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीको मिर्गौला प्रत्यारोपण दोस्रो पटक बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा हुने भएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । उनी...
बालविवाहले यसरी लिइरहेछ ज्यान
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ की १७ वर्षीया युवतीको गत साउनमा विष सेवन गरी मृत्यु भयो। जनजाति ती युवतीले दलित युवकसँग बिहे गरेकी थिइन्। परिवारले अन्तरजातीय बिहे स्विकारेन। दाम्पत्य जीवन एक वर्ष नटिक्दै उनले आत्महत्या गरिन्। डुडुवा गाउँपालिका–५ की १८ वर्षीया युवतीले गत भदौमा आत्महत्या गरिन्। उनको प्रेमविवाह मुस्किलले सात महिना टिक्यो। तनाव सहन नसकेपछि उनले झुन्डिएर आत्महत्या गरिन्। खजुरा गाउँपालिका–५ का...
क्यान्सर पिडित सानु तामाङको जीवन रक्षाको लागि सहयोगको अपिल
हिमाल लामा,टोकियो । जापानको चिवाबाट प्राण घातक रोग क्यान्सरसंग लडिरहेका सानु लामा तामाङ आफ्नो जीवन बचाउनका लागि हार गुहार गरेका छन् । विकासित देशमा बसेर आफ्ना हजारौं असीमित इच्छाहरुलाई मनभित्र कुण्ठित पार्दै प्राण घातक रोग क्यान्सरसंग लडिरहेका पीडित काभ्रे कोशिपारी, चौँरीदेउराली गाउँपालिका ८, निवासी सानु लामा तामाङ यतिखेर आफ्नो जीवन बचाउनका लागि आर्थिक सहयोगको अपिल गरेका हुन । कमजोर आर्थिक अवस्था...
आईसीयूबाटै छोरीज्वाइँलाई टीका
चितवन । भरतपुरस्थित सेन्ट्रल अस्पतालको सघन उपचार कक्ष (आईसीयूमा) उपचार गराइरहेका नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ का क्यान्सरपीडित पर्शुराम भट्टराईले आफ्नी कान्छी छोरी शान्ता भट्टराईलाई आईसीयूबाटै विवाहको टीका लगाइदिएका छन् । छोरी शान्ता र ज्वाइँ सुवास न्यौपानेलाई उनले आईसीयूबाटै आर्शिवाद दिएको तस्वीर सामाजिक सन्जालमा भाइरल बनेको थियो । यो घट्न ११ फागुनको हो । छोरी ज्वाईलाई टिका लगाएको भोलिपल्ट...
रौतहटमा छिमेकीद्धारा एक युवकको हत्या
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा एकजनाले आफ्नै छिमेकीमाथि धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका छन् । शुक्रबार राति ८ बजे कटहरिया नगरपालिका–२ जमुनियाका २५ वर्षीय मुस्ताक आलमले छिमेकी २० बर्षिय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले छुरा प्रहार गर्ने आलमलाई नियन्त्रण लिएका जानकारी दिएका छन् ।डीएसपी कार्कीका अनुसार...
नेवा: अन्तर्राष्ट्रिय फोरम जापानको ९ औं अधिवेशन सम्पन्न
टोकियो । नेवा: अन्तर्राष्ट्रिय फोरम जापानको ९ औं अधिवेशन सम्पन्न भएको छ । जापानमा रहेका नेवारहरूको क्रियाशिल संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम जापानको ९ औं अधिवेशन गत फेब्रअरी २३ तारिकका दिन टोकियो सिनओकुबो स्थित नेपाली मुरा हलमा सम्पन्न भएको छ । जापानमा बसोवास गर्ने नेवारहरूलाई संगठित गर्ने र आफ्नो कला संस्कृतिलाई मनाउने उदेश्य लिएर सन् २००३ मा यस संस्थाको स्थापना भएको...
अनलाईन प्रणालीले चारित्रिक प्रमाणपत्र लिन सहज बन्दै
काठमाडौं । ‘भाइ ‘प्लिज’ यता आउनुस् न, कता उता जान लाग्नु भा, यहाँ पनि फर्म भरिन्छ,’ एक महिलाले यस्तो आग्रह गरेपछि ती युवक चारित्रिक प्रहरी प्रमाणपत्र (चालचलन) को फर्म भर्न उनकै पसलमा पुग्छन् । ‘पैलेपैले फर्म भर्नेहरूको मारामार हुन्थ्यो, आजकल त पसल खोलेको एक घण्टा भइसक्दा समेत बोहनी नै भएको छैन,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिसरमा एकथान फोटोकपी मेसिन राखी...
बानेश्वरमा भव्य विवाह पार्टी, तर दुलाह नै गायब
काठमाडौं । राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको छ । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उजुरी गरेको थियो । आफूलाई इञ्जिनियर बताउने आश्रेय वस्नेतले आफ्नो घर सिनामंगल भएको र आफू डाक्टरको छोरा भएको बताएका थिए । १५ दिनअघि उनीहरुको टिकाटालो पनि भएको थियो । टिकाटालोमा केटी पक्षले...
‘माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन !’
काठमाडौं । एक घाइते युवतीको उद्धारका लागि हेलिकप्टर उड्न नमान्दा ज्यान गुमाउनु परेको छ । रुखबाट घाइते बनेकी शारदा नगरपालिका–८ निवासी २१ वर्षीया कल्पना आचार्यको हेलिकप्टरबाट उद्धार हुननसक्दा निधन भएको हो । आचार्यका दाई सिद्धार्थ गौतमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सो दुःखद घटनाको बारेमा जानकारी गरेका छन् । दुर्घटना भएको १८ घण्टासम्म पनि हेलिकप्टरबाट आफ्नो बहिनीको उद्धार हुन नसकेको र...
सिस्को(CISCO) प्रमाणपत्र पाउने पहिलो नेपाली- शुनिल कुमार झा
विश्वभको सबैभन्दा गाह्रो परिक्षाको सुचिमा पर्छ सिस्को (CISCO)प्रमाणपत्रको लागि लिईने परिक्षा । यो प्रमाणपत्रलाई ‘ईन्टरनेट नेटवर्किङ’ सम्बन्धि विषयमा पिएचडी गरे सरह मान्यता प्राप्त छ । सुचना प्रविधिको राजधानी मानीने क्यालीफोर्नियामा अवस्थित ‘सिस्को ( CISCO) ’ एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनि हो । यसले सुचना–प्रविधि र साईबर सुरक्षाकालागि आवस्यक प्रविधिहरु उत्पादन गर्छ । साथै उत्त प्रविधिलाई आवस्यकता अनुशार परिमार्जन गरि सँचालनमा...

