आश्रयस्थलबाटै ९ शिशु गायब

काठमाडौं । गोदावरी ३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ– ‘भ्रुणको आवाज’। नामजस्तै यो गैरसरकारी संस्थाले बलात्कारलगायत घटनाबाट इच्छाविपरीत गर्भवती भएका व्यक्तिलाई आश्रय दिन्छ। प्रसूतिमा रेखदेख गर्छ। त्यसपछि शिशु आफूले राखेर महिलालाई फिर्ता पठाइदिन्छ। तर, ती शिशु बढ्ने क्रमसँगसँगै त्यहाँबाट गायब हुन्छन्। कहाँ लगिइन्छन् त ती हराएका तिनै ९ बालबालिकाबारे सरकारले ३ महिनादेखि अनुसन्धान गरिरहेको छ। यसबारे सम्बन्धित महिलाको आफन्तले उजुरी गरेका...

कहिल्यै याद गर्नुभएको छ ?जापानका पार्कहरुमा जाडो मौसममा, सल्लाको फेदमा कोमोमाकी किन गरिन्छ ?

टोकियो । जापानमा रहनुहुने धेरैले सायद याद गर्नुभएको होला । जाडो मौसममा पार्कतिर पाईने  सल्लाको रुखलाई फेदमा परालको चकटी जस्तो वस्तुले बेरेर राख्ने गरेको पाईन्छ । त्यहि बगैँचामा भएको अन्य रुख बिरुवाहरुलाई भने त्यसो गरिएको हुन्न तर, सल्लालाई मात्र किन त्यसरी बेरिएको होला त ?अनि त्यसो गर्नुलाई जापानी भाषामा के भनिन्छ होला त? आउनुहोस, यहि सामान्य तर थाह नभएको विषयमा...

प्रेस रिभ्यू : उपप्रधानमन्त्री बनाउन गौतमलाई राष्ट्रिय सभा सदस्यको अफर, एम्बुलेन्सलाई एक बिरामी बराबर सात हजार कमिसन

काठमाडौँ । आज कार्तिक २८ गते बिहीबार देशका राष्ट्रिय दैनिक पत्रिकाहरुमा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपालको भ्रमणको समाचारले स्थान पाएका छन् । त्यस्तै, सडल विस्तार अलपत्र पारेका निर्माण व्यवसायी शारदा अधिकारीविरुद्ध जनआक्रोशको खबर पनि प्रकाशित भएका छन् । आजको कान्तिपुर दैनिकले प्रस्तावित उपाध्यक्ष वामदेव गौतम र माधवकुमार नेपाललाई प्रधानमन्त्री ओलीले फकाउँदै गरेको समाचार प्रकाशित गरेको छ । प्रम ओलीले गौतमलाई...

‘सेरोगेसी’ले दियो ज्योति परिवारलाई ठूलो धक्का

काठमाडौं । नेपालमा कानुनले नै प्रतिबन्ध लगाएको सेरोगेसी (आमाको कोख भाडामा दिने कार्य)मा ज्योति परिवारबाट सञ्चालित ग्रान्डी सिटी अस्पताल सक्रिय रहेको र सरकारबाट कारबाही चलाएपछि सो कार्य बन्द गर्न बाध्य भएदेखि नै यस घरानाको प्रतिष्ठामा धक्का लागेको हो। २०७२ असोजको दोस्रो साता नाम चलेका निजी अस्पताल र सरकारका तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीसमेतको टोली नराम्ररी विवादमा मुछिएपछि कारबाही अघि बढाइएको...

अब प्रधानमन्त्रीको उपचार अमेरिकामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उनका निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छिन् । विदेश मामिला सल्लाहकार डा राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा त्यतातिर...

कैदीहरूको गुनासोः ६० रुपैयाँले दैनिकी काट्नै गाह्रो

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले गरेको कारागार अनुगमनमा देशभरका अधिकांश कारागारको अवस्था नाजुक रहेको पाइएको छ । बाँके, बर्दिया, नवलपरासी, चितवन, कञ्चनपुर, प्यूठान र रूपन्देहीलगायतका जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा रहेको पाइएको छ । नवलपरासी–बर्दघाट सुस्ता पूर्वमा कारागार कार्यालय नभएको र सर्लाहीमा कारागार बन्दै गरेकाले कैदीबन्दीलाई सप्तरी र झुम्का कारागारमा पठाउने गरेको पाइएको महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता तथा प्रवक्ता सञ्जीवकुमार...

आजको राशिफल

वि.सं.२०७६ साल कात्तिक २३ गते । शनिबार । ईश्वी सन् २०१९ नोभेम्बर ०९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि द्वादशी,२० घडी ११ पला,दिउसो ०२ बजेर २५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र उत्तरभाद्रपदा,२३ घडी २८ पला,दिउसो ०३ बजेर ४४ मिनेट उप्रान्त रेवती । योग हर्षण,१४...

गर्भावस्थामा व्यायाम आवाश्यक छ ? कस्तो। व्यायाम गर्ने त ?

व्यायाम त्यो व्यवस्थित कर्म हो, जसले शरीरका अंगलाई सन्तुलित ढंगले सक्रिय बनाउन मद्दत गर्छ। व्यायामले मांसपेसी, जोर्नी र शरीरका भित्री अंगहरुलाई चुस्त राख्न सहयोग गर्छ। व्यायामले शारीरिक मात्र होइन, मानसिक रुपले समेत स्वस्थ तुल्याउँछ। व्यायामले शरीर लचिलो बनाउनुका साथै शरीरमा ऊर्जा थप्ने र काम गर्ने फुर्ति दिन्छ। व्यायाम जस्तोसुकै अवस्थामा पनि गर्न सकिन्छ। किनभने व्यायामले कहिल्यै कसैलाई नराम्रो गरेको छैन।...

दिल्ली प्रदुषणको प्रभाव नेपालमा!

काठमाडौं । भारतको नयाँ दिल्ली र आसपासमा फैलिएको प्रदूषित वायुको प्रभाव नेपालमा समेत भित्रिन थालेको छ । नेपालको पश्चिम तराइका भू–भागमा दूषित वायुको प्रभाव पर्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग मातहतको जल तगा मासम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार चितवनदेखि पश्चिमतर्फका तराईका भू–भागमा भारतीय वायुको आंशिक प्रभाव पर्न थालेको छ । उहाँले भन्नुभयो, ‘अहिले भारतीय...

सुकुटे बस दुर्घटनाकी घाइतेको बयान, ‘दूध चुसाउँदै थिएँ, डुबिसकेको रहेछु’

सिन्धुपाल्चोक । ‘चालकले पटकपटक गाडी बिग्रिएको बताउनुभएको थियो। दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा२ख ७२४५ नम्बरको बस पहिलोपटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो। त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो। बिग्रिएको बसलाई चालक र सहचालकले बनाउने प्रयास गरे। म चालकको पछाडि सिटमा बच्चालाई दूध चुसाएर बसिरहेको थिएँ। मेरो बच्चा २ महिनाको मात्रैै थियो।’ –घाइते यात्रु...