टोकियोमा वर्ल्ड टुरिज्म फेस्टिवल फर फ्रेन्डसिप एण्ड ब्युटी सम्पन्न

टोकियो । टोकियोको  निप्पोरीमा  वर्ल्ड टुरिज्म फेस्टिवल फर फ्रेन्डसिप एण्ड ब्युटी सम्पन्न भएको छ  । उक्त प्रतियोगितामा, विभिन्न १० वटा देशका प्रतिस्पर्धीहरु सहभागी रहेका  थिए  ।  ४ दिनसम्म  लंगवुड होटेलमा चलेको प्रतियोगितामा ४ वटा विधामा  प्रतिस्पर्धा  गराईएको थियो । प्रतिस्पर्धामा,मिनि मिस टुरिज्म वर्ल्ड – थाईल्याण्ड, लिट्ल मिस टुरिज्म वर्ल्ड – यूक्रेन,प्रि टिन टुरिज्म वर्ल्ड-थाईल्याण्ड,मिस टिन टुरिज्म –  साउथ अफ्रिकाका प्रतिस्पर्धीहरुले...

प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना भएका थिए । यस क्रममा उनको हेमोडायलासिस गरिएको थियो । प्रधानमन्त्री ओलीको बिहीबार गरिएको डाईलासिस सफल भएको छ । बुधबार पनि प्रधानमन्त्री ओलीले ग्राण्डी अस्पतालमा पुगेर मृर्गौंलाको पहिलो डाइलासिस गराएका थिए । ...

यौन उत्तेजना बढाउन भालुको लिंग काटेर खाने कुख्यात शिकारी पक्राउ

जंगली जनावर भालु मारेर लिंग खाने एक कुख्यात शिकारी पक्राउ परेका छन् । यार्नेन नामले चिनिने ती शिकारीलाई प्रहरीले पक्राउ गरेको हो । लामो समयदेखि फरार रहँदै आएका उनलाई पक्राउ गर्नुलाई ठूलो सफलताका रूपमा हेरिएको छ । भारतको एउटा राष्ट्रिय निकुञ्जमा गुप्तांग काटिएका भाले भालुका शवहरू फेला परेपछि अधिकारीहरूले यस विषयमा अनुसन्धान गरेका थिए । फिरन्ते आदिवासी जनजाति यार्नेनले भालुको लिंग...

टिकटक सर्वाधिक डाउनलोडिंग एप्स, फ़ेसबुक र ट्विटर पछि पर्यो

लोकप्रिय भिडियो मेकिङ तथा शेयरिङ एप टिकटकले लगातार आफ्ना प्रयोगकर्ताको संख्या थपिरहेको छ । यहीँ सफलतालाई निरन्तरता दिने क्रममा टिकटक विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । फेसबुक तथा इन्स्टाग्राम लगायतका चर्चित एपहरुलाई पछि पार्दै टिकट सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको हो । एप एनालिटिक्स प्लाटफर्म सेन्सर टावरको रिपोर्ट अनुसार गत सेप्टेम्बर महिनामा विश्वमा सबैभन्दा धेरै डाउनलोड...

नेपाली विद्यार्थी समाज जापानले तिहार ,नेपाल सम्वत तथा छटपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने

टोकियो । मौलिक कला संस्कृतिको जगेर्ना गर्दै नेपाली विद्यार्थी  समाज जापान (नेसाज) ले भ्रमण वर्ष २०२० सफल पार्न नेपाली मौलिक कला संस्कृतिबारे विदेशी नागरिकलाई जानकारी गराऊने उदेश्यले दिपावलीमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । हिन्दूहरूको महान पर्व दिपावली (तिहार), नेपाल सम्बत तथा छट पर्वको  अवसर पारी नेसाजले यहि अक्टोवर २९ तारिख  जापानको कुमामोतोमा हिन्दूहरूको महान पर्व दिपावाली(तिहारको)को अवसरपारी शुभकामना...

मोबाइल लोकेसनमा रोशनीको कोठामा देखिँदैनन् महरा

काठमाडौं । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले प्रहरीको न्यायिक हिरासतमा छन् । बलात्कार प्रयास गरेको भन्दै शाहीले महराविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा किटानी जोहरी दिएपछि प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाटै असोज १९ गते पक्राउ गरेको थियो । त्यसपछि उनलाई अदालतमा पेश गरिएपनि ठोस जवाफ आइसकेको छैन । यसबीचमा प्रहरीले महरामाथिको अनुसन्धानलाई तीव्रता...

न्याय खोज्दा खोज्दै मारिइन् आमा

रौतहट । बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर मारिएको घटनाको अनुसन्धानमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलम पक्राउ परेलगत्तै दुर्गाभगवती गाउँपालिका–४ छतौना टोलकी रुबी खातुन न्या पाउने आशामा छिन् । उनले २०६४ चैतयता ३४ महिनाको अन्तरमा दाइ ओसी अख्तर र आमा रुक्साना खातुन गुमाइन् । राजनीतकि शक्तिको दबाबमा १२ वर्षसम्म थन्किएको मुद्दाको अनुसन्धान पुनः सुरु भएपछि दाइको सँगै आमाको हत्याको अन्तर्य...

दाइजोमा भालु र सर्प !

काठमाडौं । विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट चलन अझै हटिसकेको छैन । तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको माग गरिन्छ । तर, तराईमै बसोबास गर्ने मुस्लिम समुदायअन्तर्गतको नट जातिले विवाह कर्ममा दाइजोमा भालु र सर्प दिन्छन् । सिरहा सुखीपुर –८ का साविरले छोराहरुलाई पनि भालु नै अंश...

नौबिसे–नागढुंगा सडक मर्मत सुरु

काठमाडौं । सडक डिभिजन कार्यालय चितवनले नौबिसेबाट नागढुंगासम्मको मर्मत थालेको छ । तिहारअघि नै सक्ने गरी मंगलबारबाट काम थालिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले जनाएको छ । दशैंअघि नै सवारी रोकेर कालोपत्रे गर्न खोज्दा जामले समस्या भएपछि काम रोकिएको थियो । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंबाट अनुसार मंगलबारबाट त्रिभुवन राजपथको थानकोटबाट पिपलमोडसम्मको सडक मर्मत सुरु भएको...

प्रहरी तालिम केन्द्रमै ‘बलात्कार प्रयास’

काठमाडौं । निडर भावनासहित प्रहरी जवानको तालिममा उत्रिएकी थिइन् । यही मनोवलले प्रहरी प्रशासनमा काम गर्ने सोच थियो तर त्यस दिन उनको मुहारमा डर र त्रास मात्र झल्किन्थ्यो । प्रहरी अधिकृतले पीडितको मनोविज्ञान खोतलेपछि उनले आफूमाथि तालिम केन्द्रमै जबर्जस्ती करणी प्रयास भएको खुलाइन् । नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा प्रहरी जवानकी प्रशिक्षार्थीले पाँच दिन अघि केन्द्रभित्रै आफूमाथि प्रहरी नायब निरीक्षक...