लोकप्रिय भिडियो मेकिङ तथा शेयरिङ एप टिकटकले लगातार आफ्ना प्रयोगकर्ताको संख्या थपिरहेको छ । यहीँ सफलतालाई निरन्तरता दिने क्रममा टिकटक विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ ।
फेसबुक तथा इन्स्टाग्राम लगायतका चर्चित एपहरुलाई पछि पार्दै टिकट सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको हो ।
एप एनालिटिक्स प्लाटफर्म सेन्सर टावरको रिपोर्ट अनुसार गत सेप्टेम्बर महिनामा विश्वमा सबैभन्दा धेरै डाउनलोड भएका सोसल मिडिया एपमध्ये टिकटक पहिलो नम्बरमा रहेको छ । केवल गुगलको प्लेस्टोरमा मात्र नभै एप्पलको एप स्टोरमा समेत टिकटक नै सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको हो । फेसबुक र इन्स्टाग्राम जस्ता सोसल मिडिया एपहरु डाउनलोड संख्याको आधारमा टिकटक भन्दा पछि परेका छन् ।
रिपोर्ट अनुसार सेप्टेम्बर महिनामा मात्रै टिकटक ६ करोड पटक डाउनलोड भयो । अर्को रोचक तथ्य त के भने यस अवधिमा टिकटक सबैभन्दा धेरै पटक भारतमा डाउनलोड भएको छ । कूल डाउनलोड मध्ये भारतमा झण्डै आधा अर्थात् ४४ प्रतिशत डाउनलोड भएको छ भने अमेरिकाको हिस्सा ८ प्रतिशत रहेको छ ।
दोश्रो स्थानमा रहेको फेसबुकको एप सेप्टेम्बर महिनामा विश्वमा ५ करोड ५ लाख पटक डाउनलोड भयो । फेसबुक पनि यस अवधिमा भारतमा नै सबैभन्दा धेरै पटक डाउनलोड भयो भने । सेप्टेम्बर महिनामा कूल डाउनलोडको २३ प्रतिशत भारतमा भएको छ भने दोश्रो स्थानमा रहेको इण्डोनेसियामा ११ प्रतिशत डाउनलोड भएको छ ।
सबैभन्दा धेरै डाउनलोड हुने एपहरुमध्ये टप फाइभमा इन्स्टाग्राम, लाइकी तथा स्नापच्याट रहेका छन् ।
त्यस्तै हेलो छैटौँ स्थानमा रहँदा ट्वीटर सातौँ, पिन्ट्रेस्ट आठौँ, हागो नबौँ र बिगो लाइभ दशौँ स्थानमा रहेको छ ।
गुगल प्ले स्टोर र एपलको एपस्टोरका टपटेन डाउनलोड भएका एपहरु चाहिँ यस्ता छन्ः
एप स्टोर
- टिकटक
- इन्स्टाग्राम
- फेसबुक
- स्नापच्याट
- ट्वीटर
- पिन्ट्रेस्ट
- विच्याट
- क्यू क्यू
- लिंक्डइन
- डिस्कोर्ड
गुगल प्ले स्टोर
- टिकटक
- फेसबुक
- लाइकी
- इन्स्टाग्राम
- स्नापच्याट
- ह्वेलो
- ह्वागो
- ट्वीटर
- पिन्ट्रेस्ट
- बिगो लाइभ
एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




