प्रतिष्ठित जापानी कम्पनी केडिडिआईमा, एक ग्राहकले गरे २४ हजारपटक गुनासो, अन्तत:उनि पुगे प्रहरी फन्दामा
टोकियो । सम्झनुहोस् तपाईँ कुनै कार्यलयमा ग्राहक सेवा (गुनासो सुन्ने/समाधान गर्ने)विभागमा हुनुहुन्छ । र त्यहाँ एउटै व्यक्तिबाट २४ हजार पटक गुनासोका फोन आयो भने अवस्था कस्तो होला ? सायद, झट्ट सुन्दा यो असम्भव जस्तै लाग्दछ । एउटै व्यक्तिबाट २४ हजार पटक गुनासो ? तर हालसालै जापानको एक प्रमुख मोबाईल फोन सेवा प्रदायक कम्पनी केडिडिआई (au mobile सेवा प्रदायक)को ग्राहक सेवा...
शाहिल खड्काको नयाँ म्युजिक भिडियो जापानमा छायांकन गरिने
टोकियो । ‘त्यो मनमा’ बोलका चर्चित गायक शाहिल खड्काको नयाँ म्युजिक भिडियो जापानमा छायांकन गरिने भएको छ । मिठो आवाज र पृथक शैलीका गीतहरुबाट दर्शक श्रोताका मनमा बस्न सफल शाहिल ,अर्को उत्कृष्ट गित तथा म्युजिक भिडियोको तयारीमा जुटिरहेका छन् । मेलिना राई संगको युगल गायनमा रेकर्डिङको काम सक्किएर, दृश्य छायांकनको तयारीमा रहेको नयाँ गीत शाहिलले, आफ्नो कर्मभूमि जापानमै छायांकन गर्ने बताएका छन्...
श्रम स्वीकृति सेवा काठमाडौँभन्दा बाहिरबाट पनि, करोडौँ बचत
काठमाडौं । सरकारले पुनः श्रम स्वीकृति सेवा काठमाडौँभन्दा बाहिरबाट पनि सुरु गरेको ६ महिनाको अवधिमा ६८ हजार युवाले सेवा उपभोग गरेका छन् । काठमाडौँ केन्द्रित श्रम स्वीकृतिलाई घरपायक विस्तार गर्दा हालसम्म श्रम स्वीकृति लिएका युवाको शुल्क र अतिरिक्त लगायतसहित ६० करोड रुपैयाँभन्दा बढी बचत भएको देखिन्छ । काठमाडौँ आउँदा प्रतियुवा अतिरिक्त खर्च १० हजारले हिसाब गर्दा सो रकम बचत भएको अनुमान...
प्रेस रिभ्यू : बर्खास्त मन्त्रीद्वारा प्रमको रात्रिभोज बहिस्कार, दूतावास जाने डिआइजी छानबिनमा
काठमाडौँ । आज मंसिर ९ गते सोमबार देशका राष्ट्रिय दैनिक पत्रिकाहरुमा प्रधानमन्त्रीको डायलाइसिसको समाचारले प्राथमिकता पाएका छन् । त्यस्तै, मेडिकल कलेजहरुको ठगी, सत्तारुढ दल समावादी पार्टीको सकसलगायत विषयहरुबारे पनि समाचार प्रकाशित छन् । कान्तिपुर दैनिकका अनुसार बर्खास्तीमा परेका मन्त्रीहरुले प्रधानमन्त्रीको रात्रिभोज बहिष्कार गरेका छन् । बलुवाटारमा शनिबार प्रधानमन्त्री ओलीले बहालवाला र हालै बर्खास्तीमा परेका मन्त्रीहरुलाई भोज दिएका थिए । तर,...
बोक्साबोक्सीको आरोपमा परिवार नै गाउँ निकाला
दोलखा । दोलखा बिगु गाउँपालिका–५ स्याँखु गाउँका दम्पती रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ केही दिनदेखि गाउँको घर छोडेर सदरमुकाम चरिकोटको एउटा होटलमा शरणार्थी बनेर बसिरहेका छन्। वडा नम्बर ५ चिलंखा स्याँखु गाउँको भद्र भलाद्मी, युवा र महिला संलग्न स्याँखु टोल सुधार समितिको बैठकले झाँक्री समूहको आग्रहमा रत्नबहादुर दम्पतीलाई बोक्साबोक्सीको आरोपसहित समूहमा नराख्ने भन्दै सामाजिक बहिष्कार गरेपछि उनीहरू गाउँ छोडेर सदरमुकामको...
‘छोराको आसमा ११ पटक सुत्केरी ’
काठमाडौं । ‘छोरा नभए अपुतो भन्ने समाजमा इज्जत जोगाउन ११ पटक सुत्केरी भएँ । तीन सन्तानको सानैमा निधन भयो । अझै छोरा जन्मिएन,’ शुभकालिका गाउँपािलका–३ की जमरा रोकायाले भावुक हुँदै सुनाइन् । छोरा पाउने आसमा ११ चोटी सुत्केरी हुँदा पनि छोरा नजन्मिँदा शुभकालिका गाउँपािलका –३ की जमरा रोकाया समाजबाट अपहेलित हुनुपर्यो । अहिले जमराको १ छोरा जन्मियो, अनि समाजले सफल...
देखिन छाडे सडक बालबालिका
काठमाडौं । ‘बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्नु हुँदैन’ भन्ने अभियानका साथ सञ्चालन गरिएको उद्धार कार्यबाट हालसम्म सडकका एक हजार ११ जना बालबालिकाले सुरक्षित आश्रय पाएका छन् । कतिपय बालबालिका परिवारमै पुनर्मिलन पनि गराइएको छ । हालै सार्वजनिक ‘नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन’का अनुसार गत असार मसान्तसम्म सडक बालबालिका भेटिने राजधानी लगायतका जिल्लाबाट उद्धार गरिएका बालबालिकाको सङ्ख्या हो त्यो, त्यसमध्ये ३०३...
प्रेस रिभ्यू : नेकपाको सहमतिमा राष्ट्रपति साक्षी
काठमाडौँ । आज मंसिर ५ गते बिहीबार आजका राष्ट्रिय दैनिक पत्रिकाहरुमा मन्त्रिपरिषद् पुनर्गठन र नेकपामा नयाँ कार्यविभाजनको समाचारले प्राथमिकता पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् प्रधानमन्त्रीले बुधबार राष्ट्रपति कार्यालयमा बुझाएको नयाँ सूची अनुसार ६ जना मन्त्री र ३ जना राज्यमन्त्री हटाएर उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याएका छन् । घनश्याम भुसाल कृषि मन्त्रालय, बसन्त नेम्वाङलाई भौतिक...
ख्यालख्यालमै सम्बन्ध, हतारमा विच्छेद
लमजुङ । सँगै जिउने कसम खाएर साइनो जोडेका जोडीबीच आपसमा समझदारी हुन नसक्दा क्षणभरमै त्यस्तो साइनो पराइमा परिणत हुनेगर्छ। एउटै रथका दुई पांग्रा भनिएका पति(पत्नीबीच विमेल भएपछि लमजुङमा सम्बन्ध बिच्छेद गर्नेको संख्या वर्षेनी बढ्दै गएको छ। देवानी संहिता ऐन २०७४ अर्थात् नयाँ मुलुकी संहिता कार्यान्वयन भएको पन्ध्र महिनामा साढे दुई सय जनाले सम्बन्ध विच्छेदका मुद्धा दर्ता गरेका छन् । कात्तिक...
नेपालमै पहिलो पटक ‘रेस्ट्रोमेन्यू’ एप्पस संचालनमा,यस्तो छ विशेषता
काठमाडौँ। नेपालमै पहिलो पटक रेस्टुरेन्टहरुको बारेमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले ‘रेष्ट्रो मेनु एप’ सञ्चालनमा आएको छ । स्मार्ट अनलाइन सोलुसन प्रा.लि.ले निर्माण गरेको उक्त एपको एक कार्यक्रमका बीच सोमबार, होटल उद्यमी, लेखक तथा सामाजिक अभियान्ता कर्ण शाक्यले उद्घाटन गरे । एपले रेस्टुरेन्ट संचालकको अब आफ्नो व्यवसाय प्रबर्द्र्धन गर्ने उपयुक्त माध्यम बन्ने र रेस्टुरेन्ट, ग्राहक बीच पुलको काम गर्नुका साथै व्यवसायलाई...

