साँझसँगै काठमाडौँ टिपरको कब्जामा

काठमाडौं । सडक दुर्घटना बढ्न थालेपछि काठमाडौं उपत्यकाभित्र दिउँसो टिपर चलाउन रोक लगाइएको छ। तर पनि टिपरका कारण हुने दुर्घटनामा कमी आएको छैन। ०७५ असारमा गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो टिपर चलाउन नदिन निर्देशन दिएको थियो। गृहको निर्देशनअनुसार अहिले राति ७ बजेदेखि बिहानसम्म ७ बजेसम्म मात्रै रिङरोडभित्र टिपरले प्रवेश पाउँछन्। निर्माण कार्यका लागि उपत्यकाबाहिरबाट रोडा,...

दसैं अग्रिम टिकट बुकिङ असोज ५ बाट, भाडा नबढ्ने

काठमाडौं । हिन्दूहरूको महान् चाड दसैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दसैंको लागि टिकट खुला गर्ने सहमति भएको हो । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारसँगको छलफलबाट आगामी ५ असोजबाट टिकट खुला गर्ने निर्णय भएको बताए । दसैंमा टिकट भाडादर भने नबढ्ने भएको छ...

आजको राशिफल

काठमाडौं । वि.सं.२०७६ साल भाद्र २७ गते । शुक्रबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र शुक्लपक्ष । तिथि चतुर्दशी,०२ घडी ०४ पला,बिहान ०६ बजेर ३८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र शतभिषा,३५ घडी ५४ पला,बेलुकी ०८ बजेर १० मिनेट उप्रान्त पूर्वाभाद्रपदा ।...

बन्द भएको मलेसिया रोजगारी खुल्यो

काठमाडौं । लामो अन्योलतापछि अन्ततः मलेसिया रोजगारी खुला भएको छ । नेपाल र मलेसियाको मन्त्रालयस्तरीय बैठकबाट मलेसिया रोजगार खुला गर्ने सहमति भएको हो । बिहीबार भएको बैठकले तत्काल मलेसिया रोजगारीमा जाने बाटो खुला गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले रातोपाटीलाई बताए । यो सँगै नेपाली कामदार कुनैपनि लागत नतिरी मलेसिया जान पाउनेछन् । कामदार लैजाने...

सेप्टेम्बर १९ मा दोस्रो मैत्रीपूर्ण रनिङ भलिबल प्रतियोगिता हुने, टिम दर्ता सेप्टेम्बर १७ सम्म

टोकियो । नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा जापानमा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ । यहि, सेप्टेम्बर १९ तारिख साईतामा केन स्थित टोडा स्पोर्ट सेन्टरमा आयोजना हुने प्रतियोगिताको टाईसीट सेप्टेम्बर १७ मा वितरण गरिने भएको छ ।नेपाल भलिबल संघ जापान शाखाका अध्यक्ष नबिन गुरूङका अनुसार, उक्त प्रतियोगिताको टिम दर्ताको अन्तिम मिति सेप्टेम्बर १७ को मध्यान्ह १२ बजेसम्म निर्धारण गरिएको छ...

९५ वर्षे जुम्ल्याहा दिदिबहिनीको जीवनशैली, ‘नो सेक्स लट्स अफ बियर !’

लण्डन : बेलायतको एक जुम्ल्याहा दिदिबहिनीबारे धेरैलाई थाहा भइसक्यो । ९५ वर्षीया लिलियान कक्स र डोरिस हबडे जुम्ल्याहा दिदिबहिनी हुन् । यस्तो बुढेशकालमा पनि उनीहरुको जीवनशैली धेरैलाई प्रेरक लाग्छ । उनीहरुको तन्दुरुस्तीबारे धेरैले जिज्ञासा पनि राख्छन् । उनीहरु योगा गर्ने र खानपानमा ध्यान दिएरै लामो समयसम्म तन्दुरुस्त बन्न सकेको बताउँछन् । जीवनको रहस्यबारे कक्स भन्छिन्, ‘लामो उमेर खुसी रहेर बाँच्नुको सामान्य रहस्य...

डेंगुलाई घातक हुनबाट यसरी रोकौं ( डाक्टर्स आर्टिकल)

‘मलाई डेंगुको शंका लागिरहेको थियो। ज्वरोका साथसाथै आँखाको गेडी अति दुख्ने, टाउको दुख्ने, शरीर अति दुख्ने, घाँटी दुख्ने, जोर्नी दुख्ने गरेकोले डाक्टरलाई डेंगुको रगत जाँच गर्न अनुरोध गरेको थिएँ, तर काठमाडौँमा डेंगु नै छैन, त्यसैले जाँच आवश्यक छैन भनेर एन्टिबायोटिक र फ्लेक्सोन दिएर पठाउनुभयो। तर यहाँ जाच गरेको डेंगु पोजिटिभ देखियो,’ एक महिला आफ्ना छोराको समस्याबारे मसँग भन्दै थिइन्।...

आत्महत्याको घटना बढेको बढ्यै, दैनिक १५/१६ जनाले आत्महत्या

प्रहरी प्रधान कार्यालयकाअनुसार आव २०७३/७४ यताका तीन वर्षमा प्रत्येक वर्ष आत्महत्याको दर बढेको बढ्यै छ । २०७३ मा ५ हजार १३१ जनाले आत्महत्या गरेका थिए । आव २०७४/७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरे । त्यो संख्या आव २०७५/७६ मा त्यो संख्इा ५ हजार ७५८ पुग्यो । प्रहरीका अनुसार दैनिक १५ देखि १६ जनाले आत्महत्या गर्ने गरेका छन् ।...

एसिड आक्रमणः कलिलो उमेरको आर्कषण, प्रेम र अस्विकार

काठमाडौं । वीरगञ्जमा शुक्रबार कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि भएको एसिड आक्रममणले चार वर्ष अघि काठमाडौँ, वसन्तुपरमा भएको यस्तै घटना सम्झाई दिएको छ । २०७१ फागुन १२ गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि एक बिहानै जीवन विकले एसिड छ्यापेका थिए । संगीताले प्रेम अस्वीकार गरेको प्रतिशोध साध्न जीवनले एसिड किनेका थिए । यी दुवै घटनाको समानता...

गल्कोट समाजको तीज कार्यक्रम सम्पन्न, यस्तो देखियो तस्बिरमा( फोटो सहित)

टोकियो । गल्कोट समाज जापान टोकियो क्षेत्रीय समिति कान्तोको आयोजना र गल्कोट स्पोर्ट्स कल्व टोकियो,घुम्टे युवा परिवार,गैरे समाजको सह-आयोजनामा नाकानो जेरो हलमा आयोजित”तीज धमाका २०१९” सांगितिक धमाका सम्पन्न भएको छ। क्षेत्रीय समिति टोकियोका अध्यक्ष महेन्द्र साहानीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव दुर्गा बहादुर खत्री र हिमाल कँडेल ले गर्नु भएको थियो भने मुख्य अतिथिका रुपमा गल्कोट समाजका अध्यक्ष दिलु...