नेपाली सुरक्षाकर्मीः विदेशमा अब्बल स्वदेशमा निर्बल !
काठमाडौं, ११ भदौं । नेपाली सुरक्षाकर्मी र सुरक्षा निकायले निर्वाह गरेका सफलता र बहादुरीका उदाहरण पर्याप्त छन् । सैन्यबलमा निकै अब्बल मानिएका मुलुकले समेत नेपाली सुरक्षाकर्मीलाई महत्वपूर्ण जिम्मेवारी दिने गर्छन् । गत जेठ अन्तिम साता सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनबीचको वार्तास्थलको सुरक्षार्थ नेपाली सुरक्षाटोली समेत खटिँदा ठूलै चर्चा भएको थियो । तर...
राति पानी दिउँसो जाम, सडक टाल्ने सकियो काम !
काठमाडौं, ११ भदौं । त्यसै त ट्राफिक जाम हुने संघीय राजधानी काठमाडौंमा केही दिनयता जाम झन् बढेको छ । उपत्यकामा दैनिक ७ लाखभन्दा बढी सवारी साधन कुद्ने गरेका छन । अन्तर्राष्ट्रिय सम्मेलन, समारोह हुँदा काठमाडौंको सडक निर्माण गर्ने र सरफाइ गर्न सरकारलाई भ्याइनभ्याई हुन्छ । अघिपछि खाल्डाखुल्डी हुँदा पनि बेवास्ता गर्ने सरकारले विदेशी राष्ट्रप्रमुख आउँदा रातारात रंगरोगन गर्ने गरेको छ । बहुपक्षीय...
‘यौनकर्मी’ नल्याएको विवादपछि सुरक्षा गार्डको हत्या !
विराटनगर, ११ भदौं । विराटनगर–४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ। हत्यामा संलग्न विराटनगर–४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । भट्टराई विराटनगर महानगरपालिका–२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए । प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम गर्दै आएका...
निर्मलाको बलात्कार र हत्या ‘योजनाबद्ध’ !
कञ्चनपुर, ११ भदौं । कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन् । ‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने ठाउँमा बाटो हिँड्ने एकजना व्यक्तिले जम्काभेट हुँदा बालिकालाई बलात्कार गरेर हत्या गर्नै सक्तैन,’ उनी भन्छन्, ‘निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको हाम्रो ठम्याइ छ ।’ निर्मला बलात्कार र हत्याको एक महिनापछि घटनाबारे अनुसन्धान गर्न...
रक्षाबन्धनकै दिन दिदिको चित्कारः निर्मलाले न्याय पाएको भए मेरो भाइले ज्यान गुमाउनुपर्ने थिएन…
महेन्द्रनगर, ११ भदौं । भीमदत्त नगरपालिका–१८ की प्रियंका खुना र पूजा खुना आइतबार बिहान भाइ सन्नीको शव हेरेर टोलाइरहेका थिए । शुक्रबार बेलुकी प्रहरीको गोलीबाट मारिएका सन्नीको शव तीन दिनदेखि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । महेन्द्रनगरमा जारी कफ्र्युका कारण घरघरपरिवारले शव हेर्न पाएका थिएनन् । आइतबार बिहानै पाँच घन्टाका लागि कफ्र्यु खुकुलो पारिएका बेला प्रियंका र पूजा दिदीबहिनी...
दिपक बज्राचार्य तथा रिदम ब्याण्ड ले छुसकमा कोरिया तताउने, रिदम लाइभ कन्सर्ट आयोजना हुदै
“प्रवाशमा नेपाली एकता, आजको आवश्यकता सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नारा बोकेर धादिङ र काभ्रे जिल्लाको बिकट क्षेत्रमा एम्बुलेन्स सहयोगार्थ रिदम लाइभ कन्सर्ट तथा साँस्कृतिक धमाका कार्यक्रम आयोजना हुने भएको छ ।कोरियामा पहिलोपटक संयुक्त रूपमा काभ्रे सम्पर्क समिती र धादिङ समाजको आयोजनामा यस कार्यक्रम आयोजना हुन लागेको हो।अगस्त २६ तारीख आईतबार दुबै संस्थाले संयुक्त एक पत्रकार सम्मलेन गरी...
कुखुरा नपाल्ने गाउँ !
मकवानपुर, १० भदौं । हिमाल, पहाड होस् वा तराई, अधिकांशले कुखुरा पाल्ने गर्छन् । थोरैले व्यावसायिक र धेरैले परम्परागत ढंगले कुखुरा पालिरहेकै छन् । तर मकवानपुरको उत्तरी क्षेत्रमा यस्ता गाउँ छन् जहाँ कुखुरा पाल्ने त कुरै छाडौं, छुन पनि छुँदैनन् । मासु र अन्डा पनि खाँदैनन् । कुुखुराको साटो हाँस पाल्छन् । थाहा नगरपालिका वडा १ र १० का कुन्छाल...
‘प्रहरीले भाग्न भन्यो, अनि सीधै छातीमा गोली ठोक्यो’
कञ्चनपुर, १० भदौं । शुक्रबार दिउँसो ३ बजे भीमदत्त नगरपालिका १८ भगतपुर शुभकामना टोलका साथी उमेश खुनाका साथी सन्नी खुना काम गरेबापतको आफूले पाउनुपर्ने पैसा माग्न भनी निस्किए । उनीहरु बाटोभरि रक्षाबन्धनमा दिदीहरुसँग राखी बाँधी माग्ने र उनीहरुलाई मिठा परिकार खुवाउने कुरा गर्दै ठेकेदारकहाँ पुगे उमेश र सन्नी घरमा मार्बल बिछ्याउने मिस्त्रीको हेल्परका रुपमा काम गर्थे । ठेकेदारको घरमा उनलाई नभेटेपछि...
अनायासै लासको प्रसंग !
काठमाडौं, १० भदौं । ११ बजे निर्मला साईकल चढेर रोशनीको घरतर्फ लाग्छिन् । निर्मलाको घरभन्दा करिब २ किमि टाढा छ रोशनीको घर । उनी साँझसमम पनि घर फर्किइनन् । छोरी खोज्दै आमा रोशनीको घर पुगिन् । उनले गेटबाटै रोशनीलाई बोलाईन् । तर, दिदी बाहिर आइन् । निर्मलाबारे सोध्दा तिम्री छोरी त २ बजे नै यहाँबाट हिँडेकी हुन् । अम्बा पनि...
गाउँले भेलामै कुटिइन् महिला
सिरहा, १० भदौं । सिरहाको धनगढीमाई नगरपालिका–३ कुर्वा हनुमाननगरमा ‘गाउँलेले गरेको निर्णय नमानेको’ भन्दै ४८ वर्षीया लक्ष्मीकुमारी महतोलाई निर्घात कुटिएको छ । कान्छो छोराले युवतीमाथि ‘नराम्रो नजर लगाएको’ जरिवाना झन्डै ३० लाख तिर्न अस्वीकार गर्दा उनी कुटिएकी हुन् । पीडित लक्ष्मीका कान्छा छोरा १९ वर्षीय सुशीलकुमारले स्थानीय युवतीमाथि ‘नराम्रो नजर’ लगाएको भन्दै सजाय तोक्न गाउँलेले ४ भदौमा भेला डाकेका थिए...

