काठमाडौंको बानेश्वरबाट १५ बर्षीया किशोरी बेपत्ता
काठमाडौं, १५ भदौं । बानेश्वर मिलनचोक देवकोटा मार्गमार्गबाट १५ बर्षीया किशोरी निक्की पराजुली हराएकी छन् । गत साउन २८ गते सोमबार साँझ साढे सात बजेतिर देवकोटा मार्गस्थित घरबाट बाहिर निस्किएकी थिइन् । उनी भ्याली भ्यू बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत छिन् । ‘छोरी आफ्नै कोठमा बसिरहेकी थिइन् । हामी अर्को कोठामा बसिरहेका थियौँ’, निक्कीका बुबा निलकण्ठ पराजुलीले भने, ‘पछि हेर्दा...
निर्मला हत्या प्रकरणः प्रहरीले नै प्रमाण मासेको आशंका !
कञ्चनपुर, १५ भदौं । भीमदत्त २ उल्टाखाकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुखसहितले प्रमाण मेटाउन लागेको स्थानीयले आशंका गरेका छन् । घटनास्थलमाा शवसँगै भेटिएको निर्मलाको सुरुवाल प्रहरीले नै धोएर निचोरेको, घटनास्थलको सुरक्षा नगरेको, निर्मला पढ्न गएको बम परिवारको आँगनको अम्बाको रुख काटिएको र घरभित्र रंगरोगन गरिएको विषय शंकास्पद रहेको उनीहरु बताउँछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ । शव...
१५ दिनमा दुई बालिकाको बलात्कारपछि हत्या, साउनमा मात्रै सात बलात्कार !
कञ्चनपुर १४ भदौं । कञ्चनपुरमा १५ दिनको अन्तरमा दुई बालिकाको बलात्कारपछि हत्या भएको छ । २६ असारमा घरबाट किताब किन्न भनेर हिँडेकी कृष्णपुर नगरपालिका– ८ की १७ वर्षीया कविता विष्टको बलात्कारपछि हत्या भएको १५ दिनपछि नै १० साउनमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो ।, यस वर्षको साउनमा मात्रै कञ्चनपुरमा बलात्कारका सात घटना भएका छन् । जिल्ला प्रहरी...
कञ्चनपुरमै अर्की बालिकाको बलात्कारपछि हत्या !
कञ्चनपुर, १४ भदौं । कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ । जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाएको कविताको परिवारले बताएको छ । छोरी हराएको दिन २६ असारको दिउँसो मदन गिरी कवितासँगै रहेको परिवारले थाहा पाए । गिरीविरुद्ध इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
निर्मला हत्या प्रकरणमा अर्की किशोरीलाई पनि यातना दिएको खुलासा
कञ्चनपुर, १३ भदौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले स्थानीय १७ वर्षीया किशोरीलाई पनि पक्राउ गरेर चरम मानसिक तथा शारीरिक यातना दिएको खुलेको छ । ज्योति बहुमुखी क्याम्पसमा १२ कक्षामा अध्ययनरत हेमन्ती भट्टलाई प्रहरीले गिरफ्तार गरेको थियो । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मलाको बलात्कार तथा हत्या आरोपमा जीवन घर्तीमगर र दीपक नेगी पक्राउ परेको...
डेढ महिनामा ३३ बलात्कार
नेपालगन्ज, १३ भदौं । प्रदेश ५ मा बलात्कारका घटना डरलाग्दो रुपमा बढेका छन् । गत साउन यता यो प्रदेशका १२ जिल्लामा जबरजस्ती करणीका ३३ वटा घटना भएका छन् । प्रदेश सभासद कृष्णा केसी बलात्कार सामाजिक विकृतिका रुपमा देखिएको बताउँछिन् । जसलाई अशिक्षा, बेरोजगारीजस्ता समस्याले प्रोत्साहन गरिरहेको छ । उनले भनिन्, घटनालाई ढाकछोप गर्नुहुन्न भन्ने मान्यता बढेको छ । यो राम्रो पक्ष...
निर्मला हत्याः किन शंकाको घेरामा छन् बम दिदिबहिनी ?
कञ्चनपुर, १२ भदौं । रोशनीको प्रायः सधै जसो निर्मलाको घरमा आउने भइरहन्थ्यो, तर निर्मला कमै मात्रै रोशनीको घर जान्थीन त्यहीपनि साथीहरुको साथमा । साउन ९ गते निर्मलालाई बोलाउन रोशनी उनको घरमै पुगेकी थिईन् । घर पुगेकी उनले निर्मलालाई चटपटेको २० रुपैयाँ दिन बाँकी थियो । ‘भोली मेरै घरमा आउनु चटपटेको पैसा पनि दिनुछ, संगै बसेर होमवर्क गरौंला’ साउन ९ गते...
निर्मला हत्या प्रकरणः आफन्त जोगाउन मोडियो घट्ना ! ‘राहत होइन, दोषी पत्ता लगाउ’
कञ्चनपुर, १२ भदौं । निर्मला पन्त पढ्न गएर बेपत्ता भएको रोशनी बम र बबिता बमको घरबाट अनुसन्धान गर्नुपर्छ भनेर प्रहरीलाई कसैले भनिराख्नुपर्ने विषय होइन । तर तत्कालीन प्रहरी उपरीक्षक डिल्ली बिष्टको टोली मात्र होइन केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक अंकुर जोशीको टोलीले पनि निर्मलाका आफन्त र स्थानीयको आग्रहअनुसार घरबाट अनुसन्धान गर्न चासो दिएनन् । साउन ११ गतेदेखि स्थानीयको...
आमाको काखबाटै अपह्रत आठमहिने शिशुको हत्या !
काठमाडौं, १२ भदौं । खेलाउने बहानामा आमको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हत्या भएको छ । औरही नगरपालिका — १ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हतया भएको प्रहरीले जनाएको छ । आईतबार साँझ साढे ६ बजे खेलाउने बहनामा अपरिचित एक युवकले आमा इन्दे्रश चौधरीको काखमा रहेकी सोनालीलाई अपहरण गरेका थिए । भगहा नगरपालिकाअन्र्तगत मेघनाथ गोरहन्नाको अंकुश नदी पश्चिममा रहेको फेकु...
काम नभएपनि बसीबसी भत्ता !
काठमाडौं, १२ भदौं । के तपाई बेरोजगार हुनुहुन्छ ? सीप भए पनि काम नपाएर दिनभर कतै बरालिनुभएको छ ? त्यसो भए पनि चिन्ता नमान्नुहोस् । सरकारले तपाईँलाई बेरोजगार भत्ता दिनेछ । संविधानको धारा ३३ मा ‘रोजगारीको हक’सम्वन्धी व्यवस्था छ । यो मौलिक हक हो, संविधानमा ३१ प्रकारका मौलिक हक उल्लेख छन् । यस धाराको उपधारा (१) मा भनिएको छ– ‘प्रत्येक...

