छोरो नजन्माएको भन्दै बोक्सी आरोपमा मलमुत्र खुवाइयो
बर्दिबास : सर्लाही लालबन्दी नगरपालिका-६ की दुर्गा देवी गौतमको १५ वर्षअघि बाराको गढीमाई नगरपालिका-१६ का पुरुषोत्तम गौतमसँग विवाह भयो। दुर्गाले जेठी छोरीको रुपमा पुष्पालाई जन्म दिइन्। दुर्गाको परिवारले अर्को सन्तान छोरो होस् भनेर दुर्गाबाट अपेक्षा गरे। तर, दुर्गाको कोखबाट माइली छोरीको रुपमा पूजा जन्मिन्। तेस्रो पटक फेरि दुर्गा गर्भवती भइन्। पहिले जस्तै छोरो जन्मियोस भनेर परिवारजनले उनबाट आशा लिए।...
दुई महिलाको हत्यामा संलग्न सन्त पक्राउ
भीमदत्तनगर – कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भीम वस्तीका ६४ वर्षीय वृद्धा मानमती धामीको हत्यामा संलग्न ६६ वर्षीय रामलाल राना (सन्त) पक्राउ परेका छन्। गत बिहीबार अभियुक्त रानाले भीम वस्तीकी वृद्धा मानमती धामीलाई जंगलमा बाख्रा चराइरहँदा घरेलु हतियार प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्। वृद्धाको शव शंकास्पद अवस्थामा लालझाडी राष्ट्रिय वनमा भेटिएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकायाको...
खैरो हेरोइनसहित झापामा एक पक्राउ
बिर्तामोड : झापाको मेचीनगर नगरपालिकाबाट एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाको टोलीले १ ग्राम २ सय मिली ग्राम खैरो हेरोइनसहित कमल गाउँपालिका ६ का संयोग राईलाई पक्राउ गरेको हो। राईलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले बताएको छ।पछिल्लो समय झापाबाट खैरो हेरोइनसहित पक्राउ पर्ने युवाको संख्यामा वृद्धि भइरहेको छ। यता इलाका प्रहरी कार्यालय...
सिडिओले झुटा मुद्दा लगाएको भन्दै व्यवसायीले गरे नारावाजी र धर्ना
बझाङ– झुठो आरोप लगाएर यातायात व्यवसायीलाई सार्वजनिक अपराधको मुद्धा दर्ता गरेको भन्दै बझाङका यातायात व्यवसायीहरु सिडिओविरुद्ध आन्दोलित बनेका छन् । बसपार्कमा वर्कसप सञ्चालन गर्दै आएका व्यवसायी राजमल जाग्रीललाई सिडिओ धर्मानन्द जोशीले सार्वजनिक अपराधको मुद्दा चलाएपछि यातायात व्यवसायी आन्दोलित भएका हुन् । उनीहरुले बुधबार जिल्ला प्रशासन कार्यालयको मुल गेटमा सिडिओ जोशीविरुद्ध प्रदर्शन गर्दै नाराबाजी समेत गरे । सिडिओ जोशीले राजु अटो वर्कसपको नाममा...
श्रीदेवीको अन्तिम बिदाई ३ :३० मा (फोटो फिचर )
एजेन्सी । बलिउड अभिनेत्री श्रीदेवीको हृदयघातका कारण दुवईमा मृत्यु भएको थियो । श्रीदेवी, पति बोनी कपूर र कान्छी छोरी खुशीको साथमा आईतबार दुबईमा मोहित मारवाहको बिवाहमा सहभागी हुनको लागि पुगेकी थिईन् । मंगलबार साँझ श्रीदेवीको पार्थिव शरीर मुम्बई ल्याएपछि अहिले त्यहाँ उनको अन्तिम श्रद्धान्जली भईरहेको छ । उनको अचानक मृत्युको कारणले बलिउड सहित अन्य ठाउँको फ्यानहरुमा गहिरो चोट परेका...
थकाली समुदायको महान पर्व तोरन्ल सुरु
काठमाडौं, फागुन १६ । थकाली समुदायको महान पर्व तोरन्ल आजबाट सुरु भएको छ । हरेक वर्ष फागु पूर्णिमालाई वीचमा पारेर तीन दिनसम्म देश विदेशमा रहेको थकाली समुदायले धुमधामका साथ मनाउने गर्दछन् । पर्वका अवसरमा थकाली सेवा समिति नेपालले काठमाडौंको बालाजुमा तोरन्ल विशेष कार्यक्रमको आयोजना गरेको छ । यस पर्वमा विशेषगरी पुरुष समुदायले धनुषवाण र महिलाले कौडी खेल्ने गर्दछन् । थकालीहरुले यो पर्व...
डीएसपी पत्नी छोरासहित घर निकाला !
काठमाडौं । काखमा तीन वर्षका छोरा । पतिबाट घर निकालिएपछि न्यायका लागि जताततै उजुरी । तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता वली बोहराले न्याय पाइनन् । कान्तिपर दैनिकमा समाचार छ । उनका पति देवबहादुर बोहरा सशस्त्र प्रहरीका डिएसपी हुन् । गीताले आफूमाथि भइरहेको हिंसाबिरुद्व सशस्त्र प्रहरी मुख्यालय, नेपाल प्रहरीको महिला सेल, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, स्थानीय...
यस्ता महिलाहरु डिभोर्सका लागि अदातल धाउछन् !
काठमाडौं । महिला हिंसा र घरेलु हिंसाका कारण सम्बन्धविच्छेद गराइमाग्ने महिला धेरै भएपनि अंशका लागि सम्बन्धविच्छेद गर्ने र लोग्नेसँग बस्न नसकेर सम्बन्धविच्छेद गर्न खोज्ने, अर्का पुरुषसँग बस्ने योजनासहित पनि महिलाले सम्बन्धविच्छेदका लागि निवेदन दिने गरेको कानुन व्यवसायीको भनाइ छ । केही बर्षयता दार्चुलामा सम्बन्धविच्छेद (डिभोर्स) का घटना बढ्दै गएको छ । आर्थिक बर्ष २०७२/७३ मा सम्बन्धविच्छेदका लागि ९ मुद्दा जिल्ला...
श्रीदेवीको मृत्यु ‘दुर्घटनावश पानीमा डुबेर’
चर्चित भारतीय अभिनेत्री श्रीदेवी कपूरको मृत्यु दुर्घटनावश पानीमा डुबेर भएको दुबईमा गरिएको विधिविज्ञान परीक्षणमा देखिएको छ। यसअघि उनको मृत्युको कारण हृदयाघात भएको बताइएको थियो। सपरिवार एउटा विवाह समारोहमा सहभागी हुन दुबई गएको बेला शनिवार उनको मृत्यु भएको हो। पाँच दशकको अवधिमा श्रीदेवीले झन्डै ३०० वटा चलचित्रमा अभिनय गरेकी थिइन्। तीमध्ये मिस्टर इन्डिया, चाँदनी, चालबाज र सदमा चर्चित छन्। बलिवूड अभिनेत्री श्रीदेवीको निधन बलिवूडका हस्तिहरू,...
नरसंहार चलिरहँदा अमेरिका के चाहन्छ सिरियामा?
डेनभर, संयुक्त राज्य अमेरिका– सिरियाको अवस्थामा देखिएको जटिलताले यहाँको संकट समाधान गर्ने विश्व क्षमतालाई निकै पछि पारेको छ । बढ्दो सङ्ख्यामा रहेका खेलाडीहरूका कारण छिटोछिटो परिवर्तन हुने गतिविधि र निरन्तर परिवर्तन भइरहने युद्धपङ्क्तिले सिरियालाई नराम्रो दलदलमा पारेको छ। छ महिना पहिले सिरिया द्वन्द्वमा दुई प्रष्ट प्रवृति रहेको थियो । रसिया, इरान, र हेजबुल्लाह समूहको सहयोगप्राप्त राष्ट्रपति बसर अल–असदपक्ष विजयको बाटोमा...

