यहाँ बन्दैछ विश्वकै अग्लो काठे भवन, पानीसरी बगाइँदैछ पैसा

जापानको एक कम्पनीले सन् २०४१ मा आफ्नो स्थापनाको साढे तिनसय वर्ष पूरा हुने उपलक्ष्यमा विश्वकै सबैभन्दा अग्लो काठको भवन बनाउने तयारी गरिरहेको छ । सुमितोमो फरेस्ट्रीका अनुसार ७० तलाको उक्त ध्घछण् नामक टावरको १० प्रतिशत मात्र हिस्सा स्टिलको हुनेछ । यसमा १ लाख ८० हजार घनमिटर स्थानीय काठ प्रयोग हुनेछ । यो गगनचुम्बी भवनमा ८ हजार कोठा हुनेछन् र हरेक तलाको...

किन रोकियो आयुष्मान र प्रियंकाकाे इन्गेजमेन्ट ? ,

नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी प्रेम सम्बन्धमा रहँदै आएको अधिकांश जानकार नै छ । प्राय सार्वजनिक कार्यक्रममा सधैसँगे देखिँदै आएको छ । फुर्सदको समयमा पनि सधैँ सँगै देखिँदै आएका छन् । केही समय देखी यता प्रेम सम्बन्धमा रहेको दुईबीच विवाहमा परिणत गर्ने बताउँदा आएका छन् । कहिले बिहे गर्ने भन्ने चाहिँ सार्वजनिक गरेका छैनन् । यो जोडी...

नायिका श्रीदेवीको मृत्यु, दुबईमा फेरिन् अन्तिम सास

बलिउड नायिका श्रीदेवीको हृदयघातका कारण मृत्यु भएको छ । ५४ वर्षीया उनी श्रीमान् बोनी कपुर र कान्छी छोरीसँग आइतबार विवाह कार्यक्रममा सहभागी हुन दुबई पुगेकी थिइन् । श्रीदेवीको अचानक मृत्युको खबरले बलिउड जगतका प्रसंशक स्तब्ध भएका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । हिन्दी सिनेमा जगतमा श्रीदेवीको निकै ठूलो योगदान छ । सन् १९६३ तमिलनाडुको शिवकाशीमा जन्मेकी श्रीदेवीले...

सिरिया युद्धको एउटा भाइरल तस्बिर : हवाई आक्रमण हुँदा बहिनीलाई जोगाउँदै बालक

काठमाडौं : विश्वमा युद्धका दर्दनाक तस्बिर सार्वजनिक हुन्छन् । सिरियाको एक तस्बिर भने यत्तिबेला भाइरहल भइरहेको छ । सिरियामा हवाई आक्रमण भइरहँदा आफ्नी बहिनीलाई जोगाउन खोज्दै गरेको अवस्थामा बालकले बहिनीलाई जोगाउने प्रयास गरेको तस्बिरमा देखिन्छ । त्यहाँको राजनीतिक शक्तिले क्रुरता प्रदर्शन गर्दा लाखौँ बालबालिका प्रभावित भइरहेका छन् । ...

कसले फाल्यो भर्खरै जन्मेको शिशु पोखरीमा ?

बुधबार जनकपुर उपमहानगरपालिका –८ मा रहेको पागवती पोखरीमा नवजात शिशुको शव फेला परेको हो । कसैले जन्मिनेबित्तिकै शिशुको हत्या गरेर शव पोखरीमा फालेको हुन सक्ने प्रहरीको आशंका छ । कपडामा बेरेर फालेको शिशुको शव पोखरीमा तैरिरहेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । पछिल्लो समय जनकपुरलगायत तराईको जिल्लामा अनैतिक सम्बन्धबाट जन्मेको शिशुलाई जिउँदै वा हत्या गरेर फाल्ने क्रम बढेको...

बुबाले काट्ने धम्की दिएपछि बालकको बिचल्ली

बैतडीको दशरथचन्द नगरपालिका–८ डुङराका १३ वर्षीय रञ्जन भट्ट कक्षा ८ मा अध्ययन गर्छन् । तर, उनी आफ्नै बुबाबाट दिनरात पिटाइ खान विवश छन् । रञ्जन डेढ वर्षको छँदै उनका बाबु मनोज भट्ट प्रहरीको जागिर छोडेर घर बसे र उनकी आफ्नी श्रीमती (रञ्जनकी आमा) दीपालाई घरबाट निकाले । तर, छोरा रञ्जनलाई आफू सँगै राखे, रातदिन मदिरा सेवन गर्ने मनोजले केही वर्षअघि आफ्ना...

यसरी भयो मनोज पुनको इन्काउन्टर

बुटवल : हत्या र असुलीका फरार अभियुक्त चर्चित गुन्डा नाइके मनोज पुनको प्रहरी मुठभेडमा बुधबार बिहान मृत्यु भएको छ। रुपन्देहीको देवदह नगरपालिका–४, भवानीपुरको सानो पुलछेउमा पुनसँगै सोमबहादुर आलेको मृत्यु भएको हो। पाल्पा कारगारमा पाँच वर्ष कैद भुक्तान गरी पुनः अपराधमै फर्किएका आले पुन समूहकै सार्पसुटर हुन्। प्रहरीले यी दुई अभियुक्तको मुठभेडमा मृत्यु भएको दाबी गरेको छ। तर, पुनलाई खोज्न भारतको...

खुला दिसामुक्त वडाको कार्यालयमै छैन चर्पी

सिरहा : सिरहा नगरपालिका–१४ स्थ्ति वडा कार्यालयमा चर्पी नुहँदा स्थानीय खुला शौच गर्न बाध्य छन्। ०७३ कात्तिक १ मा यस वडालाई ‘खुला दिसामुक्त वडा’ घोषणा गरिएको थियो। ‘हामी सबैले आफ्नो घरमा चर्पी बनायौं। प्रयोग पनि थाल्यौं। तर, वडा कार्यालयमा सेवा लिन आउँदा बाहिरै शौच गर्नुपर्छ,’ स्थानीय लक्ष्मी पासवानले भने। स्थानीयले वडा कार्यालयमा चर्पी निर्माण गर्न माग गरेका छन्। स्थानीय उपेन्द्र मण्डलले...

डा.गोविन्द केसीको जन्ममितिबारे खुल्यो अर्को नयाँ रहस्य (नागरिकताको तस्बीरसहित)

काठमाडौं– प्रध्यापक डा.गोविन्द केसीको जन्ममिति विवादका विषयमा अर्को नयाँ रहस्य खुलेको छ । डा. केसीले यसअघि मेडिकल काउन्सिलमा पेस गरेको नागरिकता प्रमाणपत्रका विषयमा अर्को रहस्य खुलेको हो । डा. केसीले काउन्सिलमा पेश गरेको नागरिकतामा अर्कै जन्ममिति भएको पाइएको छ । उच्च श्रोतका अनुसार डा. केसीले काउन्सिलमा पेश गरेको नागरिकतामा उनको जन्ममिति अठार वर्ष लेखिएको छ भने पुरा जन्ममिति खुलेको...

चटनी खानु स्वास्थ्यका लागि फाईदा, कुन चटनीबाट के फाईदा ? हेर्नुहोस्,

अधिकांश नेपालीहरुको चटनी खाने बानी हुन्छ । रोटीसँग त्यती धेरैले नखाने भए पनि भातसँग सागतरकारीको सट्टा चटनी खाने गर्दछन् । चटनी खाने सबैको उदेश्य हो खानाको स्वाद बढोस र खाना मिठो लागोस् । तर तटनी स्वादको लागि मात्र नभई यसले औषधीय गुण पनि दिने गर्दछ । यसमा कैयौँ औषधीय गुण हुन्छन् । स्वामी प्रकाशले चटनीको औषधीय गुणबारे यसरी बताएका...