कन्डम प्रयोग गरे/नगरेको बुढीऔंलाबाटै थाहा पाइने

एजेन्सी – अब कुनै पुरुषले कन्डम प्रयोग गरे/नगरेको उसको बुढीऔंलाको छापबाटै थाहा पाइने भएको छ । कन्डम प्रयोग गरे/नगरेको पत्ता लगाउने फिंगरप्रिन्टको नयाँ प्रविधि विकास गर्न १ करोड २२ लाख रुपैयाँ लगानी गरिएको छ । यो प्रविधिको सहायताबाट कन्डम छोएको वा प्रयोग गरेकाहरुले कुन ब्रान्डको कन्डम छोएको हो वा प्रयोग गरेको भन्ने समेत पत्ता लगाउन सकिन्छ । फिंगरप्रिन्टको यो नयाँ प्रविधिको...

कतै तपाईले पनि तौल घटाउने नाममा यस्ता गल्ति त गरिरहनुभएको छैन ?

जिरो क्यालोरी डाइट शरिरको फ्याट खर्च गर्न शरिरलाई असंतृप्त फ्याटको आवश्यक पर्छ । तौल घटाउने नाममा तपाईं कृत्रिम गुलियो र पेय पदार्थ पिउन सक्नुहुन्छ । जुन तपार्इंको स्वास्थ्यको लागिहानिकारक हुन सक्छ । औषधी तथा पिल्स सजिलै तौल घटाउन कहिल्यकाहिँ हामीले औषधी तथा पिल्स खाने गर्छौ । तर, यसले तपाईको स्वास्थ्यमा गम्भीर हानी गर्छ । सन्तुलित भोजन र व्यायामसँगै पूरक पोषणयुक्त खानेकुरा पनि...

यमपञ्चको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्धनको पूजाआजा गरी मनाईदै

रासस काठमाडौँ – यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र...

यमपञ्चकको तेस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पुजा गरी मनाईदै

२ कात्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी,...

यस कारण लगाऊँदा रहेछन् युवतीहरु ब्रा

एजेन्सी।  प्राय संसारका सबै महिला/युवतीहरु ब्रा लगाउने गरेका छन्। तर उनीहरु किन ब्रा लगाउँछन् भन्‍ने कुरा निक्कै रहस्मय भने छैनन्। यी सामान्यता कुराहरु नै छन्।महिलाहरुले ब्रा लगाउँदा उनीहरुलाई ईरबाट निस्कदाँ आफूलाई कम्फर्टेबल हुने गरेको एक अध्ययनले देखाएको छ। तर उनीहरुले ब्रा खोल्‍ने बित्तिक्कै पनि त्यस्तै खुल्ला अनि स्वतन्त्र अनुभूति गर्ने गरेको अनुसन्धानले देखाएको छ। घरभित्र बस्दा ब्रा खोलेर हिड्न, कुद्‍न...

डा. केसीले तोडे अनशन, यस्तो १० बुँदे सहमति भयो (बुदा सहित)

कार्तिक १, २०७४ । प्रा.डा. गोविन्द केसीले सरकारसँग १० बुँदे सहमति भएपछि बुधबार दुई साता लामो १३ औं आमरण अनशन तोडेका छन् । आफ्नो मागबमोजिम राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्यादेशमार्फत जारी गर्न कात्तिक ६ गतेको मन्त्रिपरिषद् बैठकबाट सिफारिस गर्न सरकार सहमत भएकाले हाड भाँच्चिएकी १० वर्षीया बालिका रोजिना तामाङको हातबाट मह–पानी पिएर केसीले अनशन तोडेका हुन् । सरकारले गरेको सहमतिअनुसार...

छ प्याराग्लाइडर फेवातालमा खसे

कास्की, ३० असोज । कास्कीको सराङकोटबाट उडेका यात्रुसहितका छवटा प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेका छन् । ग्लाइडरसहित फेवातालमा खसेका पाँचजना यात्रु र छ जना पाइलट सकुशल छन् । पाँचवटा टेण्डम फ्लाइट र एउटा सोलो फ्लाइटको प्याराग्लाइडर फेवातालमा खसेका हुन् । दिउँसो करिव १ बजे सराङकोटबाट उडेको केहि समयपछि नै तीव्र गतिको हावाका कारण प्याराग्लाइडिङमा समस्या आएको...

निर्माण व्यवसायी शरद गौचन शहिद घोषित

काठमाडौं, २७ असोज । सरकारले गोल हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई शहिद घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गौचनलाई शहिद घोषणा गरेको हो । अज्ञात समूहले २३ असोजमा गोली हानेर गौचनको हत्या गरेको थियो । तर हालसम्म पनि गौचनको हत्यामा संलग्नलाई पहिचान गर्न र पक्रन सकेको छैन । सरकारले शहीद घोषणा गर्ने प्रक्रिया अघि...

डा. केसीको माग सम्बोधन गर्न सरकार तयार !

काठमाडौं, २५ असोज । अन्ततः सरकार आमरण अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न तयार देखिएको छ । तर, संसदमा विचाराधीन चिकित्सा शिक्षा विधयेक पास गर्ने नगर्ने विषय भने सरकारको नभएर एमाले र माओवादी केन्द्रको कोर्टमा रहेको सरकारी पक्षको तर्क छ । डा. केसी सात दिनदेखि आमरण अनसनमा छन् । उनले आफ्नो सुझाव र माथेमा कार्यदलको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक पास...

शरद गौचनलाई शहीद घोषणा गर्न माग गर्दै राजधानीमा प्रदर्शन

काठमाडौं, २५ असोज । वानेश्वरको खरिबोटमा गोली हानी हत्या गरिएका निर्माण व्यवसायी शरदकुमार गौचनलाई शहीद घोषणा गर्न माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ । गौचनका परिवार र निर्माण व्यवसायीहरुले सरकारसँग शहीद घोषणा गर्न माग गर्दै बुधबार विजुलित बजारदेखि नयाँवानेश्वर चोकसम्म प्रदर्शन गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष समेत रहेका गौचनको हत्यारा पत्ता लगाउन छानविन समिति गठन गर्न समेत...