चुनावलाई ९८ हजार म्यादी प्रहरी भर्ना गरिने

काठमाडौं, २४ असोज । सरकारले १० र २१ मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्ने भएको छ । मन्त्रिपरिषद् सोमबार बसेको बैठकले निर्वाचनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीलेमात्र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नसक्ने निष्कर्षसहति सरकारले म्यादी प्रहरी भर्ना...

अमिताभ बच्चनलाई भगवान मान्छन् यहाँ, उनको जुत्ताको समेत पुजा गरिन्छ

संसारमा जो कोहीले पनि भगवानको मन्दिर त देखेका छन् तर भारतमा एउटा मन्दिर रहेको छ, जहाँ भगवानको नभई भारतीय सुपरस्टार अमिताभ वच्चनको पुजा गर्ने गरिन्छ । यो विश्वमा अमिताभ वच्चनको एक मात्र मन्दिर रहेको बताइएको छ । कलकताको श्रीधर राय रोडमा रहेको उक्त मन्दिरमा ६ मिनेटको फिल्मी आरती गाएर अमिताभको फोटो र उनको जुत्ताको पूजा गर्ने गरिन्छ । उनले फिल्म...

हिउँदमा लोडसेडिङ हुन सक्ने

काठमाडौं, २० असोज । धनुषा ढल्केवरमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सव स्टेसन निर्धारित समयमा सम्पन्न नभए आउँदो हिउँदमा लोडसेडिङ हुन सक्ने संकेत देखिएको छ । ढल्केवर सव स्टेसन निर्माण सम्पन्न नभएपछि आगामी हिउँदको लोडसेडिङलाई दृष्टिगत गरी भारतबाट ल्याउने भनिएको थप ५५ मेगावाट बिजुली नेपाल भित्रिन नसक्ने अबस्थाले लोडसेडिङ हुन सक्ने संकेत देखा परेको गोरखापत्र दैनिकमा समाचार छ । मुजफफपुर–ढल्केवर प्रशारण लाइनबाट...

बेनी–जोमसोम–कोरल्ला सडक अवरुद्ध हुँदा हजारौं तीर्थयात्री अलपत्र

फलेवास, ६ असोज । मुस्ताङ जिल्ला जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित काभ्रेभिरमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो । गत बुधबार दिउँसोदेखि लगातार परेको वर्षाका कारण सडक अवरुद्ध बनेपछि हजारौं तीर्थयात्री अलपत्र परेका छन् । खासगरी सोह्रश्राद्धमा कागबेनीमा पितृश्राद्ध गर्नका लागि गएका बढी मात्रामा अलपत्र परेका हुन् । पहिरो...

सुनसान बन्यो रानीमहल

पाल्पा, १ असोज ।  तानसेन नगरपालिकाको बौघागुम्बास्थित ‘नेपालको ताजमहल’मा पर्यटक आगमनमा कमी भएपछि सुनसान बनेको छ । आन्तरिक तथा बाह्य पर्यटक आगमनमा कमी भएपछि रानीमहल अहिले सुनसान बनेको छ । वर्षा र सडक बिग्रीएका कारण ताजमहलसम्म आउने पर्यटकको संख्यामा ज्यादै कमी आएको हो । कालीगण्डकी नदीको भिरालो चट्टानमा अवस्थित ताजमहल हेर्नलायकको पर्यटकीयस्थल हो । ऐतिहासिक पुरातात्विक हिसाबले महत्वपूर्ण मानिएको ताजमहल पर्यटक...

सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

बैतडी, १ असोज  । सुदूरपश्चिमभरी आज बूढी पोल्ने पर्व मनाइँदैछ ।  विजय उत्सवका रुपमा मनाइने यस पर्वमा बूढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । पुराणअनुसार कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी गोठालाले पुतनाको शव दहन गरेको कथन रहेको पं दयाकृष्ण पन्तले बताए । द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी पुतनालाई कृष्णले दूध चुसी मारेको र...

यसरी चिन्नुस् स्वस्थ खसी !

काठमाडौं, ३० भदौ । नेपालीहरुको सबैभन्दा ठुलो पर्व दशै नजिकिदैछ । दशैंमा अत्यधिक मात्रामा खसीबोका, भेडाच्याङ्ग्रा, राँगा लगायतका चौपाया खपत हुन्छ । मासु उपभोग गरिने चौपायाको खरिद –विक्रीका कारोबार धेरै हुने भए पनि कस्ता चौपायाका मासु उपभोगजन्य हुन्छन् भन्ने जानकारी अधिकांश उपभोक्तालाई रहेको पाइन्न । रोगी चौपाया, गुणस्तरहिन मासुको उपभोगका कारण धेरै रोगहरू निम्तिन पनि सक्छन् । त्यसैले दशैंमा...

पोखरा,भरतपुर र भैरहवा हवाईमार्गबाट जोडियो

पोखरा, ३० भदौं । तीन पर्यटकीय शहर पोखरा, भरतपुर र भैरहवा हवाईमार्गबाट जोडिएका छन् । बुद्ध एयरले काठमाडौं बाहिरबाट बाहिरकै बिमानस्थलका लागि शुक्रबार पहिलोपटक पोखरा–भरतपुर र पोखरा–भैरहवामा उडान थालेसंगै तीन पर्यटकीय नगरी शहर हवाई मार्गबाट जोडिन पुगेको हो । बुद्ध एयरले पहिलो उडान पोखरा–भरतपुर गरेको थियो । भरतपुरबाट पोखरा फर्किएर उक्त जहाज फेरि भैरहवाका लागि उडेको थियो । पोखराबाट भरतपुर पुग्न...

सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता

दाङ, २९ भदौं । दाङ उपमहानगरपालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप पाँच हजार दिने भएको छ । मातृृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि सुनौलो हजार दिनका आमामा लगानी कार्यक्रम ल्याएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम साउन १ गतेदेखि तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा लागू हुनेछ । गर्भवती...

राजधानीमा अचाक्ली धुँवाधुलो

काठमाडौं, २८ भदौ । अक्सिजन लिन सुरु गरेपछि कपनका रिदम सिटौला बर्रर रुन थाले । रुवाइ नथामिएपछि आमा मन्दिरा आत्तिदै उनलाई सम्हाल्न तल्लीन थिइन् । उपत्यकाको धुवाँधुलोका कारण दुई वर्षमै रिदमको छाती खराब भएको छ । खानापान, सुताइ र बसाइमा ध्यान दिइरहे पनि छोरा पटक–पटक बिरामी पर्दा मन्दिरालाई पर्नु चोट परेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ...