काठमाडौँ हुँदै लुम्बिनीसम्म चिनियाँ रेल

काठमाडौं, २३ भदौं । उत्तरी छिमेकी देश चीनले विगतमा भएको समझदारीअनुसार ल्हासा–काठमाडौँ र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणका लागि प्रक्रिया थप अघि बढाउको छ । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग बिहीबार बेइजिङमा त्यहाँका प्रधानमन्त्री ली खछ्याङसहित उच्चस्तरीय अधिकारीसँगको भेटमा चीनले उक्त समझदारी अघि बढाएको हो । परराष्ट्रमन्त्री महराले चीनको ‘एक क्षेत्र, एक मार्ग’को कार्यक्रमका बारेमा आफूले नेपालका सबै प्रमुख दलका...

पहिरोले १२ दिनदेखि यातायात अवरुद्ध

जाजरकोट, २२ भदौ । यहाँको भेरी नगरपालिका–३ न्युरोडमा पहिरो जाँदा १२ दिनदेखि यातायात अवरुद्ध छ ।  पहिरोले जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खण्ड भत्किएको छ । यातायात अवरुद्ध हुँदा यात्रु खलंगादेखि रिम्नासम्म चार पाँच घण्टा पैदल हिँड्न बाध्य छन् । दैनिक उपभोग्य वस्तु ओसारपसारमा पनि समस्या छ । पहिरोले पैदल यात्रीलाई आउजाउमा समेत जोखिम भएको छ । केन्द्रीय विद्युत् लाइन प्रसारणमा बाधा...

अपहरणमा परेकी बालिकाको सकुशल उद्धार

मलेखु, २२ भदौ । पोखराको चिप्लेढुङ्गाबाट अपहरण गरिल्याइएको एक बालिकालाई प्रहरीले उद्धार गरेको छ । धादिङस्थित पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका खेस्टेबाट एक दुई वर्षीया बालिकालाई उद्धार गरिएको सिम्लेस्थित प्रहरी प्रहरी सहायक निरीक्षक सिम जिसीले बताउनुभयो । धादिङको धुनीबेसी नगरपालिका धार्के निवासी २७ वर्षीय सन्तोष सापकोटाले एक शिशु बोकेर सडक क्षेत्रमा हिँडिरहेको अवस्थामा फेला पारेपछि बजारवासीले प्रहरीलाई खबर गरेका थिए । आरोपी सापकोटालाई...

बाढीपीडितको गुनासोः ज्यान त बाँच्यो गासँबास छैन

पोखरा, २० भदौ । नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद बन्यो । चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन अब कसरी बाँच्ने हो भन्दै पीडा व्यक्त गर्न थालेका छन् । काठको खम्बा र बाँसको कपेटाले बारेर माटोले पोतेर बनाइएका अधिकांश घरमा बाढी पसेर...

टिमुर लोप हुँदै

पाल्पा, २० भदौ । महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुर लोप हुन थालेको छ । संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा वर्षेनी टिमुर लोप हुने थालेको हो । जथाभावी रुपमा हाँगा काटेर फल टिप्दा लोप हुने खतरा बढेको हो । यसको संरक्षणको अभियान सञ्चालन हुन सकेको छैन । आम्दानी मनग्य हुनथालेपछि किसान टिमुरतर्फ आकर्षित हुन थालेका छन् । निजी वनमा भन्दा सामुदायिक...

चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा

काठमाडौँ, १६ भदौ । नजिकिँदै गरेका पर्व वडा दशैँ, तिहार तथा छठमा सहुलियत दरमा दैनिक उपभोगका वस्तु सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् । आपूर्ति मन्त्रालयअन्तर्गतका चार निकाय साल्ट ट्रेडिङ कर्पाेरेशन, नेपाल खाद्य संस्थान, नेशनल टे«डिङ कर्पाेरेशन र दुग्ध विकास संस्थानले आजदेखि संयुक्तरुपमा सुपथ मूल्यका पसल उपत्यकाभित्र विभिन्न आठ स्थानबाट सञ्चालनमा ल्याएका हुन् । कालिमाटी, टेकु, सतुंगल,...

दशैंको लागि टिकट २२ गतेदेखि खुल्ने

काठमाडौं, १६ भदौ । यातायात व्यवस्था विभागले दशैंको लागि घर जाने यात्रुहरुको लागि अग्रिम टिकट बुकिङ भदौ २२ गतेदेखि खुला गर्ने निर्णय गरेको छ । लामो दुरीका लागि २२ गतेदेखि नै टिकट खुला हुने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । उनका अनुसार यो वर्ष दशैंमा करिब २५ लाख यात्रु काठमाडौंबाट बाहिरिने अनुमान छ । त्यसका...

छोराको लोभले सन्तानको भीड !

पाल्पा, १३ भदौ । रम्भा गाउँपालिका १, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग सुमित्रा विकको विवाह गरिदिए । विवाहपछि नरबहादुर, श्रीमती, उनका ससुराका साथ भारत गएको मात्र सुमित्रालाई सम्झना छ । सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । अहिलेसम्म एक छोरा, १२ छोरी, ३८ नातिनातिना र ११ पनाति पनातिना छन्...

पर्वतमा भाइरल ज्वरोका बिरामी बढे

पर्वत, १२ भदौ । केही दिनयता जिल्ला अस्पताल पर्वतमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । अहिले जिल्ला अस्पताल पर्वतमा दैनिक १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत दुई सातादेखि अस्पताल आउने बिरामीको संख्यामा तेब्बरले वृद्धि भएको छ । अस्पताल आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी...

सेप्टेम्बर २ तारिख,टोकियोमा नि:शुल्क स्वास्थ्य परामर्श तथा जागरुकता कार्यक्रम हुने

टोकियो । आगमी शनिबार,सेप्टेम्बर २ तारिख टोकियोको शिनओकुबोमा निशुल्क स्वास्थ्य परामर्श तथा जागरुकता कार्यक्रम हुनेभएको छ । भेट्नुहोस् ,सोध्नुहोस् र सिक्नुहोस् भन्ने मुलभावका साथ जापानमा रहेका नेपालीहरुलाई स्वस्थ जीवनयापन र स्वास्थ्य समस्याहरुको समाधानमा सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम ओकुबो कादो बिल्डिङमा, दिउँसो ३ बजेबाट सुरु हुने जनाईएको छ । परामर्श विशेष कार्यक्रममा, बिगत लामो...