१९ वर्षीया सुत्केरीको उपचारको क्रममा मृत्यु, आफन्तको असन्तुष्टिले शव अस्पतालमै
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–६ सिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक)को उपचारका क्रममा गएराति फिदिमस्थित गणेशमान सिंह सामुदायिक अस्पतालमा मृत्यु भएको छ । शुक्रबार राति अस्पतालमा भर्ना भएकी तुम्रोकले शनिबार बिहान ८ बजे बच्चा जन्माइएकी थिइन् । सामान्य स्वास्थ्य अवस्था रहेकी उनको गए राति २ः३० बजे मृत्यु भएको हो । शनिबार दिनभर सामान्य अवस्थामा रहेकी तुम्रोकको राति रगतको मात्रा कम...
श्रीमानविरुद्ध जबरजस्ती करणीको उजुरी
बुटवल । रुपन्देहीको तिलोत्तमा–१७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले आफ्नै श्रीमान मोहन चौधरीविरूद्ध जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी छन् । मोहनले साउन १५ गतेदेखि पटक–पटक आफूमाथि जबरजस्ती करणी र कुटपिट गरेको भन्दै कारबाहीको माग गरेकी छन् । गत साउन १४ गते राति मदिरा पिएर आएका मोहनले कुटपिट गरेको जोहेरीमा उल्लेख छ । श्रीमानले घरखर्च नदिने, यातना...
काठमाडौंको काभ्रेस्थलीमा श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या
काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारको चार जना मृत भेटिएको घटनामा हत्यापछि आत्महत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालस्थित घरमा दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिक मृत भेटिएका थिए । सैनिक स्कुलमा कक्षा ५ मा अध्ययनरत आशिका सोमबार बिहान स्कुल जान बस चढ्न नआएपछि छिमेकीले...
काठमाडौंमा टिपरभित्रै किशोरी बलात्काृत, फरार चालक पक्राउ
काठमाडौं । दोलखाबाट काठमाडौं आएकी एक किशोरी टिपरभित्रै बलात्कृत भएकी छन्। १७ वर्षीया किशोरीलाई दोलखा गौरीशंकर गाउँपालिका ८ का ३२ वर्षीय ज्ञान बहादुर नेपालीले बलात्कार गरेको जाहेरी परेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। गत शुक्रबार दोलखाबाट टिपरमा आएकी किशोरीलाई टिपर चालकले थानकोट पुर्याएर राति करिव १० बजे टिपरभित्रै बलात्कार गरेका हुन्। किशोरी काठमाडौंको गौशालामा बसेर पढ्दै काम...
मोरङमा श्रीमती र भाउजूमाथि खुकुरी प्रहार
मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–६ का एक पुरुषले आइतबार राति श्रीमती र भाउजूलाई खुकुरी प्रहार गरी घाइते घाइते बनाएका छन्। आइतबार राति साढे ९ बजेतिर ३८ वर्षीय आकाश लिम्बूले श्रीमती ३२ वर्षीया रोजिना लिम्बू र भाउजू ३७ वर्षीया मनमाया लिम्बूलाई खुकुरी प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरीका डिएसपी राजन कार्कीका अनुसार घाइते दुवै जनाको हात, खुट्टा शरीरका विभिन्न भागमा...
प्रवासी नेपाली मञ्च जापान तोहोकु क्षेत्रको अधिवेशन सम्पन्न,अनिल गिरी अध्यक्षमा चयन
जापान । प्रवासी नेपाली मञ्च जापान तोहोकु क्षेत्रीय कमिटि को प्रथम अधिवेशन सम्पन्न भएको छ।आइतबार, स्थित तोहुकुमा सम्पन्न प्रथम अधिवेशनबाट १९ सदस्यीय क्षेत्रीय कमिटी चयन गरिएको छ । प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटि सचिवालय सदस्य तथा पूर्बी एसिया ईन्चार्ज भक्त गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनमा बिशेष अतिथि प्रवासी नेपाली मंच पूर्बी एसिया कमिटि अध्यक्ष डा.सरोज कडेल, प्रवासी नेपाली मंच...
राउटे युवतीलाई यौन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद, दुई लाख जरिवाना
सुर्खेत । सुर्खेत जिल्ला अदालतले राउटे युवतीलाई यौन दुर्व्यवहार गर्नेलाई कैद र जरिवाना तोकेको छ। जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार गरेको फैसलामा राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात–सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको छ । यस्तै यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको छ...
सल्यानमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
सल्यान । सल्यानमा १४ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। जाजरकोटको भेरी नगरपालिका वडा नंम्वर २ का २२ वर्षीय रमेश भण्डारी र १९ वर्षीय डिल्ली बस्नेत पक्राउ परेका हुन्। रमेश र डिल्लीले गत असार २२ गते राति सल्यान जिल्लाको कुमाख गाँउपालिका वडा नं १ शान्तिबजारस्थित ठूली आमाको घरमा सुत्न गएकी १४ वर्षीया बालिकालाई मध्यरातमा...
संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न चार जनालाई आजीवन कारावासको सजाय
काठमाडौं । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चारजनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चारजनालाई आजीवन कारावास सजाय सुनाइएको हो । जिल्ला अदालतका श्रेस्तेदार केदार गौतमका अनुसार बालिग नभइसकेका कारण हत्यामा संलग्न १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुईतिहाइ अर्थात करिब १६ वर्ष मात्र कारावासको फैसला भएको छ । २०७८...
जापान लैजान्छु भन्दै,सम्पत्तीका लागि पटक-पटक बिहे गर्दै हिँडेको अभियोग लागेकी युवतीलाई जेल पठाईयो
काठमाडौ। सम्पत्तीको लागि पटक/पटक जापान लैजान्छु भन्दै बिहे गर्ने (हनि ट्रयापको )अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सोमबार थुनछेक प्रयोजनका लागि भएको सुनुवाइपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश...

