फोरेक्स जापानद्वारा नारिता नेपाल फुटबल क्लबलाई एक वर्षको लागि स्पोन्सर,अब “फोरेक्स नारिता नेपाल”नाम रहने

टोकियो/जापान।जापानको व्यस्थतामा पनि खेलकुदलाई प्रवर्द्धन गर्दै,फूटबल खेलमा संगठित भएका नेपाली युवाहरुको फूटबल समूह नारिता नेपाल फुटबल क्लबलाई जापानमा लामो समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको फोरेक्स जापानले १ वर्षका लागि स्पोन्सर गरेको छ । फोरेक्स जापानले आफ्नो व्यवसायिक सेवासंगै संस्थागत सामाजिक उत्तरदायित्व पनि पुरा गर्दै जापानस्थित विभिन्न नेपाली समुदायका अधिकांस सामाजिक कार्यहरुमा सहयात्रा गर्दै आएको छ । यसैक्रममा खेलकुदमा अगाडी...

प्रेमिकालाई जंगलमा लगेर हत्या गर्ने अभियुक्त दुई वर्षपछि पक्राउ

बुटवल । आफ्नी प्रेमिकालाई जंगलमा लगेर हत्या गर्ने अभियुक्तलाई रुपन्देही प्रहरीले हत्याको झन्डै २ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले अभियुक्त कपिलवस्तुको शिवराज नगरपालिका ­–७ का ३६ वर्षीय काशिराम मुराउलाई पक्राउ गरी ज्यान सन्बन्धी कसुर मुद्दामा अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार भदौ १६ मा पक्राउ परेका उनलाई प्रारम्भिक अनुसन्धानपछि ७ दिनको म्याद लिएर थप अनुसन्धानमा राखिएको...

पोखरामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या पश्चात् आत्महत्याको प्रयास

पोखरा। पोखराको छिनेडाँडामा खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। पोखरा महानगरपालिका वडा नं –१४ छिनेडाँडा राधाकृष्ण मार्गस्थित घरायसी विवादमा ४६ वर्षीय श्रीमान लोक बहादुर गुरुङले आफ्नै श्रीमती ४४ वर्षीया विमला गुरुङलाई टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीले विमलालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगेकोमा उनको अन्दाजी बिहान ११ बजे मृत्यु भएको हो। घटनामा...

कावासाकीमा तीज धमाका कार्यक्रम सम्पन्न

कावासाकी/जापान। नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा नवलपुर समाज-जापानले “तीज धमाका” विशेष सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ। नेपालका चर्चित तथा जापानमा रहेर सांगीतिक कर्म गर्दै आएका गायक-गायिकाको साथमा आयोजना गरिएको कार्यक्रम अपेक्षा गरिए भन्दा बढी उपस्थितिले भव्य अनि सफल भएको कार्यक्रम संयोजक प्रेमप्रसाद कँडेलले बताए । सो कार्यक्रममा नेपाली लोकसंगीतका पूराना अनि लोकप्रिय गायक-गायिका बद्री पंगेनी र सम्झना...

निहारिकाले तोडिन् अनशन

काठमाडौं । कुमारी आमाको रुपमा आफूलाई परिचित गराउने निहारिका राजपुत ‘सोनाली’ले अनशन तोडेकी छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमतिपछि उनले अनशन तोडेकी हुन् । सहमतिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र निहारिकाले हस्तक्षर गरेका छन् । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले रोहवरका रुपमा हस्ताक्षर गरेका छन् । राजपुतले २७ साउन २०७९ मा...

बलात्कार मुद्दामा फसाउने धम्की दिई १२ लाख असुल्ने एक पुरुषसहित चार महिला पक्राउ

दाङ । बलात्कार मुद्दामा फसाउने धम्की दिइ १२ लाख रुपैयाँ असुलेको आरोपमा दाङका एक पुरुषसहित चार जना महिलाको समूहलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले घटनाबारे जानकारी दिन बिहीवार गरेको पत्रकार सम्मेलनमा घोराही उपमहानगरपालिका १० नारायणपुरमा सुनचाँदी व्यवसाय गर्दै आइरहेका दिनेश घर्ती मगरलाई धम्की दिइ रकम असुली गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको जनाएको...

घरबेटीले गरे १६ वर्षीय बालिकामाथि करणी , बालिका गर्भवती रहेको खुलासा

धरान । धरानमा बालिका करणी गरेका आरोपमा एक जना पक्राउ परेका छन् । फरक क्षमता भएकी बालिकालाई करणी गरेको आरोमा ८ नम्बर वडास्थित गुराँस चोकनजिकै ५२ वर्षीय व्यक्ति पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । कार्यालयका अनुसार करिब २ महिनाअघि करणी गरेका भन्दै बालिकाले दिएको उजुरीका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । आरोपी उक्त पुरुष...

कलिलैमा विवाह, उमेर बढ्दै गएपछि ‘डिभोर्स’

काठमाडौं । इलाम सदरमुकामको एक विद्यालयमा कक्षा ८ पढ्दै गरेकी किशोरीले ‘घिमिरे’ थरका युवासँग विवाह गरिन् । १४ वर्ष टेकेकी उनको विवाह पनि दुई महिना टिक्न सकेन । प्रेमविवाह गरेकी सम्झना अहिले माइतघरमै फर्केर विद्यालय परिवर्तन गरेर ८ कक्षामै पढ्न थालेकी छन् । सन्दकपुर गाउँपालिकाकी एक किशोरीले १६ वर्षको उमेरमा विवाह गरिन् । स्थानीय युवासँग विवाह गरेकोे एक वर्ष नबित्दै...

महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग

तनहुँ । तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो । सेनेटरी प्याड नहुँदा महिला कैदीबन्दीलाई समस्या हुँदै आएको गुनासो आएपछि सञ्जालले प्याड सहयोग गरेको हो । सञ्जालकी अध्यक्ष कल्पना पोख्रेल, उपाध्यक्ष वसुन्धरा घर्ती, सचिव अञ्जना तिमिल्सिनाले महिला कैदीबन्दीका चौकीदार मनुमाया सुनारलाई सेनेटरी...

घरायसी विवादमा श्रीमतीको आक्रमणबाट श्रीमानको मृत्यु

काठमाडौं । पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा ५६ वर्षीय टीकाराम विकको जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने टीकाराम विवादपछि झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको छ । घरायसी झगडा हुँदा ५४ वर्षीय विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन् । आक्रमणबाट टाउकामा चोट लागेका टीकारामको मङ्गलबार घरभित्र शव भेटिएको हो । घटनामा संलग्न रहेको आशङ्कामा श्रीमती...