अब दोहोरी साँझ र नाइट क्लब पनि खुल्ने

काठमाडौं । पर्यटन व्यवसायको क्षेत्र क्रमिक रुपमा खुल्दै गएको बेला रात्रिकालिन मनोरञ्जन पर्यटन व्यवसाय पनि अब खुल्ने भएको छ । रात्रीकालिन सेवा सञ्चालनका लागि व्यवसायीहरुले माग गरिरहेका बेला सरकारले नाइट क्लब, दोहोरी साँझ, बार लगायतका रात्रीकालिन मनोरञ्जनका क्षेत्रहरु खोल्ने भएको हो । यस्तो सेवा आउदो साताबाटै खुल्ला गर्ने सरकारले तयारी गरेको छ । रात्रीकालिन सेवा पुनः चालनका लागि नेपाल पर्यटन...

आफ्नै १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गर्ने बाबु पक्राउ

उदयपुर । उदयपुर जिल्लाaको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो । प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि बिहीबार उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको उदयपुर जिल्लाका प्रहरी प्रमुख प्रहरी...

हट्दै गयो विवाह नगरी बच्चा जन्माउने चलन

हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीनवटै बस्तीमा पहिलेदेखि चलिआएको न्येलु प्रथा अब बिस्तारै घट्न थालेको छ । विवाह नगरे पनि महिलाले बच्चा जन्माउने र त्यस्ता महिलालाई उनीहरूका बाबुले नै घरबासको बस्दोबस्त गरिदिने प्रथालाई हुम्लामा न्येलु प्रथाका रूपमा चिनिन्छ । कानुनले वर्जित गरेको तर समाजमा विगतमा चलिआएको यो प्रथालाई कतिपयले कुप्रथा पनि भन्ने गर्छन् । पछिल्लो समय युवामा...

तालबाराही मन्दिर नौ महिनापछि खुल्यो

पोखरा । फेवाताल बीचमाअवस्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल ताल बाराही मन्दिर पुनः खुला गरिएको छ। कोभिड– १९ का कारण गत चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणका लागि आजदेखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए। “लामो समय बन्द भयो, बन्दाबन्दी खुलेपछि आन्तरिक पर्यटक आए पनि मन्दिर खुला नभएपछि त्यसै फर्कने गरेका थिए, अब मन्दिर खुला गरेका...

भोलिदेखि जोर–बिजोरको नियम नलाग्ने

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि शुक्रबारदेखि सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हट्ने भएको छ । जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बिहीबार बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर–बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकाल्दै जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा...

जापानका ‘ट्वीटर किलर’ लाई मृत्युदण्डको सजाय

एजेन्सी । सोसल मिडिया प्लेटफर्म ट्वीटरमार्फत् सम्पर्क गरेपछि ९ जनाको हत्या गर्ने एक व्यक्तिलाई जापानमा मृत्युदण्डको सजाय दिइएको छ । यो हाई–प्रोफाइल घटनाले पूरा जापानलाई हल्लाएको छ । ‘ट्वीटर किलर’ नामबाट चर्चित टाकाहिरो शिराइसीलाई सन् २०१७ मा पक्राउ गरिएको थियो । त्यतिबेला उनको फ्ल्याटबाट मानव शरीरको अंग बरामद गरिएको थियो । सोधपुछमा ३० वर्षका टाकाहिरोले आफूले हत्या गरेको र पीडितको...

पशुपतिमा आज क्षमा पूजा, भोलिदेखि खुल्ने

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द काठमाडौंको पशुपतिनाथ मन्दिर भोलि (बुधबार) बाट खुल्ने भएको छ । आज बिहान क्षमा पूजा गरी बुधबारदेखि दर्शनार्थीहरुका लागि मन्दिर खुल्ला गरिने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए । पहिलो चरणमा पश्चिम ढोकाबाट दर्शनार्थीहरुलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइने छ । दर्शनार्थीहरुले अनिवार्य मास्क...

७२ वर्षको उमेरमा सम्बन्ध विच्छेद

गुल्मी । गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका एक वृद्ध दम्पत्तीले सम्बन्ध विच्छेद गरेका छन् । ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा सम्बन्ध विच्छेद गरेका हुन् । आफ्ना पहिलो श्रीमानको २०५२ मृत्यु भएपछि बाटुलीले तीलबहादुरसँग दोस्रो बिहे गरेका थिए । सामान्य मनमुटावका कारण घरमा सधैँ भरि झगडा गरेर बस्नुभन्दा बाच्दासम्म शान्तिसँग बस्न पाइयोस भनेर सम्बन्ध...

कैलालीमा जन्ती चढेको गाडी दुर्घटना: बेहुला बेहुलीसहित १३ जना घाइते

धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् । बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा...

आफन्तबाटै छोरीचेली असुरक्षित, समुदाय आतंकित

काठमाडौं । प्रदेश २ का दुई जिल्लामा बाबुबाटै ‘कन्ट्र्याक्ट किलर’ (भाडाका हत्यारा) मार्फत छोरीको हत्या गरेको र बाबुबाटै छोरीको बलात्कार भएको घटना सार्वजनिक भएसँगै कोर मधेसका बासिन्दा आतंकित भएका छन्। यस्ता घटना बढ्दै जाँदा मधेसी समाज खलबलिँदै गएको पुष्टि भएको विश्लेषण गर्न थालिएको छ। रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाका रामअयोध्या साहले गाउँकै सोसिन्द्रकुमार भगतसँग भएको प्रेम स्विकार्न नसकेपछि भाडाका हत्यारा प्रयोग...