श्रीमतीसँग रक्सी खाएको देखेपछि युवकमाथि खुकुरी प्रहार

काठमाडौं । बुढानीलकण्ठमा आफ्नो श्रीमतीसँग अर्के पुरुषले रक्सी खाइरहेको भेटेपछि एक पुरुषले उक्त व्यक्तिमाथि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट सिन्धुपाल्चोक चौतारा–४ घर भइ बुढानिलकण्ठ नगरपालिका–५ बस्दै आएका ३५ वर्षीय राजकुमार तामाङ गम्भीर घाइते भएका छन् । बाँसबारी अस्पतालमा प्रारम्भिक उपचारपछि हाल उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको छ । तामाङलाई खुकुरी प्रहार गर्ने बुढानीलकण्ठ –३, नयाँ चोक बस्ने...

कश्मीर हमलामा एक नेपालीको मृत्यु

तुलसीपुर । भारतीय सेनामा कार्यरत दाङ तुलसीपुर निवासी एक युवाको भारतको जम्मु कश्मीरमा आतंकारी हमलामा परि मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंम्वर ९ बेलुवाका ३० बर्षीय प्रेम केसीको शुक्रवार बिहान आतंकारी हमला परि मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । शुक्रवार विहान ५ बजेतिर केसीको समूहमाथि आतंककारी हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएकोे...

रुकुम घट्नाका पाँच जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौं । उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्येका पाँच जनालाई धरौटीमा छाड्न आदेश दिएका छन् । मुख्य न्यायाधिश नहकुल सुवेदीको एकल इजलासले बिहीबार घटनाका ३४ जना अभियुक्तमध्ये भिमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनको हकमा जनही १–१ लाख रुपैया धरौटी माग गर्दै छाड्न आदेश...

मिलापत्रमै बलात्कार घटना

काठमाडौं । बझाङ मस्टा गाउँपालिका–२ की १४ वर्षीया बालिकालाई घट्टमा गएका बेला साउन २९ गते साँझ १८ वर्षीय राजेन्द बोहराले बलात्कार गरे । गर्भ रहे स्विकार्ने सर्तमा गाउँमै उक्त घटनामा मिलापत्र गराइयो । बोहराले बलात्कार गरेबापत जरिवानास्वरूप ती बालिकाको खुट्टामा ५ सयको नोट राखेर ढोगे । मिलापत्र भएको डेढ साता नबित्दै बोहराले १२ वर्षीया सम्झना कामीलाई बलात्कार गरे । उनले...

गोठमा काम गरिरहेकी महिलामाथि सामूहिक बलात्कार

कैलाली । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ खैरोडामा ३० वर्षकी महिलामाथि सामूहिक बलात्कार बुधबार राति एक महिलामाथि सामूहिक बलात्कार भएको छ । मेला हेरेर फर्किएका युवाहरुले ३० वर्षकी महिलामाथि सामूहिक बलात्कार गरेको उजुरी परेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । ‘मेला हेरेर फर्किएका २ पुरुषले गोठमा काम गरिरहेकी महिलामाथि बलात्कार गरेको भन्ने उजुरी आएको छ’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान...

कोरोना जोखिमले बेशी झरेनन् मुस्ताङी

बेनी । विगत वर्षहरूमा कात्तिकको सुरुवातसँगै जाडो छल्न न्यानो क्षेत्रतर्फ लाग्ने मुस्ताङीहरू यस वर्ष भने मङ्सिरको पहिलो साता बितिसक्दा पनि तल झरेका छैनन् । जाडो याममा हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेक पूरै खाली हुने र तल्लो भेकमा पनि न्यून मात्रामा मानिस बस्ने गरेको विगतलाई यस वर्ष कोरोना भाइरस (कोभिड–१९)ले पूरै फेरिदिएको छ । विगतमा कात्तिकदेखि बेँसी झर्न थालेका मुस्ताङी फागुनमा...

अब बलात्कार घटनामा मिलापत्र गरे कडा सजाय

काठमाडौं । अब बलात्कारका घटनामा मिलापत्र गराउने व्यक्तिले पनि कानुनी सजाय पाउने भएका छन् । जनप्रतिनिधि तथा पञ्चायती बसेर बलात्कार घटनामा मिलापत्र गराएको भन्दै विरोध भइरहेका बेला सरकारले कडा सजायसहितको नयाँ कानुनी व्यवस्था गर्न लागेको हो। मन्त्रिपरिषद्ले आइतबार केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत मुलुकी अपराध संहिता, मुलुकी अपराध कार्यविधि र ज्येष्ठ नागरिक ऐनमा रहेका बलात्कारसम्बन्धी व्यवस्था संशोधन गर्दै अध्यादेश ल्याएको...

आज छठ पर्व सन्ध्याकालीन अर्घ दिई मनाइदै

काठमाडां । आज शुद्धता, सद्भाव र आस्थाको छठ पर्व हर्षोल्लासका साथ मनाइदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज साँझ कुण्ड, पोखरी र तलाउमा रहेर दुवै हत्केलाले विभिन्न सामग्री अस्ताउन लागेको सूर्यलाई अर्घ दिई मनाउने चलन छ । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा...

आज लक्ष्मीपूजा

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइए पनि शनिबार बिहान चतुर्दशी र दिउँसोपछि रातभर औंसी तिथि छ । जसका कारण कुकुर पूजा बिहान गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ । आइतबार बिहान औसीतिथि भएपनि बिहान ११ बजेर...

दोस्रो ठूलो चाड तिहार सुरु, आज कागको पूजा गरिँदै

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कागको पूजा गरी काग तिहार मनाइँदै छ । यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने विश्वासका साथ कागको पूजा गर्ने चलन रहि आएको छ । यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि नै सुरु भए पनि काग तिहार...