कलंकीमा ट्रक ठोक्किदा तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कंलकीस्थित मकालु पेट्रोल पम्प अगाडि कुखुरा बोक्ने गाडी रोकिरहेको ट्रकमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । बिहीबार बिहान पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी ठोक्किँदा सोही कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको हो । महानगरीय...

अझै दिइएन आमाको नामबाट नागरिकता

काठमाडौं । महोत्तरीका ३२ वर्षीय अर्जुन शाहलाई ०७४ सालमा सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन आदेश दिएको थियो। तर, शाहले अझै नागरिकता पाउन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालयमा अदालतको आदेश लिएर पटक–पटक जाँदा पनि नागरिकता नपाएको उनी बताउँछन्। ‘जति पटक जान्छु, कानुन नबनेसम्म दिन सकिँदैन भनेर फर्काउँछन्’, उनी भन्छन्, ‘२०६९ मा मुद्दा हालें, २०७४ मा नागरिकता दिनू भनेर सर्वोच्चले...

धादिङमा श्रीमती जलाउने श्रीमान् पक्राउ

धादिङ । नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ । घरमा बसीरहेकी श्रीमतीलाई तेल तताएर शरीरमा खन्याएपछि पुजा सख्त घाइते भएकी छिन् । तातो तेलले पोलेर टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ । घाइतेको किर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र...

बादलको घुम्टो र सूर्योदय हेर्न मानहुँकोटमा आन्तरिक पर्यटकको घुइचो

दमौली । पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ । चितवनका मनिष थापाले सामाजिक सञ्जालमा एकदमै चर्चा भएपछि बिहानै मानहुँकोट...

कोरोना संक्रमितको शव उत्खनन गरेर अत्येष्टि

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएका अर्घाखाँचीका एक व्यक्तिको साढे चार महिनापछि शव उत्खनन् गरी अन्त्येष्टि गरिएको छ । मालारानी गाउँपालिका–४ का ३० वर्षीय बाबुराम खनालले आफ्ना ५८ वर्षीय बुबा यमलाल खनालको शव उत्खनन् गरी अन्त्येष्टि गरेका हुन् । बाबुरामका बुबा यमलालको २८ जेठमा मृत्यु भएको थियो । मृत्युपछि गरिएको कोरोना परीक्षणको नतिजा जेठ ३० गते आउँदा यमलालमा कोरोना संक्रमण...

जापानी अनौठो परम्परा,जहाँ चिसो पानी खन्याएर पुन्य कमाईन्छ (फोटो फिचर)

टोकियो । हरेक मुलुकमा रहेका विभिन्न जाति/ धर्मावलम्वी तथा  सम्प्रदायहरु  आ-आफ्नै परम्परा एवं मुल्यमान्यताहरुमा चलेका हुन्छन् । अन्य मुलुकमा जस्तै जापानमा पनी विभिन्न प्रकार सम्प्रदायहरु छन्,जो फरक -फरक मुल्यमान्यता र आश्थाहरु अंगीकार गरी छुट्टै पहिचानका साथ रहेका छन् ।  जापानका विभिन्न सम्प्रदाय मध्ये,  उल्लेख गर्न लायक एक हो सिन्तो  धर्मावलम्वीहरु । जुन सम्प्रदायका आश्थाहरु अन्य भन्दा निकै पृथक र विशिष्ट...

र्‍यापर भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ। भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए। भिटेनले यसपटक ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेका थिए। यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ...

जापानका यि केहि यस्ता कुरा जो अधिकांस विदेशीले मनैदेखि घृणा गर्दछन् ( तस्बिर सहित)

तपाई यदि जापामा हुनुहुन्छ भने, अवश्य पनि यहाँ मन पर्ने चिजहरु धेरै छन् । यहाँको विकास, बजार,वैज्ञानिक आविष्कार, अतिथि सत्कार, खानको परिकार आदि । तर अलि गहिरिएर हेर्नुभयो भने, केहि यस्ता पाटाहरु पनि छन् कि जो साच्चै तपाईलाई मन नपर्न नि सक्छ । आउनुस् आज तपाईलाई त्यि जापानका मन नपर्ने पाटोहरुको जानकारी गराउँने छौँ । १.रामेन ( जापानी नुडल्स) पसलको...

कोरोनाका बाबजुद दसैंको रौनक: आज फूलपाती

काठमाडौं । कोरोना महामारीका बीच दसैंको रौनक छाएको छ । सुरक्षा विधि अपनाउँदै नेपालीहरू दसै पर्वलाई हर्षोल्लासका साथ मनाउन जुटेका छन् । आज फुलपाती हो । दसैंघर, कोत तथा घरघरमा फूलपाती भित्र्याएर फूलपातीलाई विशेष बनाउने गरिन्छ । नवरात्रको सातौं दिन यो पर्व मनाउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका...

छ महिनामा एक हजार ६७३ महिला हिंसाका घटना, २२ प्रतिशत बलात्कार

काठमाडौं । गत छ महिनाको अवधिमा देशभर एक हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) को अभिलेखमा यीमध्ये ९० प्रतिशत घटना प्रभावितको आफ्नै समुदाय र परिवारमा भएको छ । उक्त तथ्याङ्कका आधारमा सो अवधिमा ४४ सामूहिक बलात्कारसहित ३६७ वटा (२२ प्रतिशत) बलात्कारको घटना छ ।...