नेपाल जापान एजुकेशनल सपोर्ट क्लबले नगद १५ लाख येन कोरोना राहत वितरण गर्ने
नागोया/जापान। नेपाल जापान एजुकेशनल सपोर्ट क्लबले कोरोनाको महामारीको यो जटिल परिस्थितीमा नेपालमा दैनिक गुजारा गर्न अत्यन्तै मुश्किलमा परेका गरीब तथा ज्याला मजदुरी गरेर जीवन यापन गरिरहेका परिवारलाई १५ लाख येन आर्थीक सहयोग गर्ने भएको छ । संस्थाको नागोया स्थित शाखामा बसेको बैठकले सामुदायिक विद्यालयहरुमा अध्ययन गरिरहेका गरिब तथा बिपन्न बर्गका छात्र छात्राका अभिभावकलाई छनौट गरि ३०० घर-धुरीलाई प्रति घर ५...
‘अझै दुई महिना बाढी पहिरोको खतरा’
काठमाडौं । सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को प्रधानमन्त्री बालुवाटारमा शनिबार बसेको बैठकले उद्धार, राहत र पुनस्र्थापनालाई विशेष ध्यान दिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा नेपालमा अझै दुई महिना बाढीपहिरोको समस्या रहने भन्दै पूर्वतयारीमा जुट्न सबै...
म्याग्दी पहिरोः मृतकको संख्या २० पुग्यो, १२ जना अझै वेपत्ता
पोखरा । म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । बिहीबारदेखि लगातार परेको बर्षासँगै धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा खसेको पहिरोमा परेर २० जनाको मृत्यु भएको हो । पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव शुक्रबार भेटिएको थियो । बाँकीको शव शनिबार भेटिएको हो ।धवलागिरि–६ मराङका ११, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका...
सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय
काठमाडौं । सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिने बताएको छ। मन्त्रिपरिषदका बैठकका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताए। अहिलेका लागि अन्तरजिल्ला सवारी साधन चलाउन पाइने छैन। तर काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सवारी एकअर्का जिल्लामा जान पाउनेछन् । ‘जिल्लाभित्र सार्वजनिक यातायात...
क्वारेन्टिनमा यौन दुव्यवहारका ६२४ घटना
काठमाडौं । नेपालमा रहेका विदेशी दूतावास तथा अन्तर्राष्ट्रिय सहयोग नियोगहरूले नेपालमा कोरोना संकटका बेला क्वारेटिनमा नै यौन हिंसाका ६ सय २४ वटा घटना भएको बताएका छन् । उनीहरूले केरोना संकटका समयमा महिला तथा किशोरीविरुद्ध भएका हिंसाका घटनाको तथ्यांक देखाउँदै क्वारेन्टिनमा बसेका महिला तथा बालबालिकाले बढी जोखिमको सामना गर्नुपरेको बताएका हुन् । किशोरीविरुद्ध हिंसाका ६ सय २४ वटा घटना दर्ता भएको...
जेलबाट छुटेलगत्तै अन्तिम पटक भन्दै पुनः सुन पसलमा चोरी
काठमाडौं । रातको समयमा सटर फोडेर सुन, चाँदी पसलमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरीको बुद्धबहादुर माझी र उदयपुरकै विक्रम भनिने जंगबहादुर रायमाझी छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दुई जनालाई मोरङको उर्लाबारी र एक जनालाई काठमाडौंबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी दिपक थापाका अनुसार कागज,...
आफन्तले मृत्यु भनिएका बिरामी निको भएर फर्किएपछि……
चितवन । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मंगलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किनुभएको छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही...
जोखिम बढ्दै जादा परीक्षण घटाइदा काठमाडौं कोरोनाको हटस्पट बन्ने खतरा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ । पछिल्लो एक सातामा दैनिक ४ हजार ७ सय ७७ जनाको पिसिआर परीक्षण गरिँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गत १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने प्रतिबद्धता जनाएकामा त्यसविपरीत परीक्षणको दर भने दिन...
साहित्यकार झमक घिमिरेलाई सरकारले दियो,तिनतले भव्य निवास
काठमाडौँ — धनकुटा कचिडेस्थित घरमा ४० औं जन्मदिन मनाउन साहित्यकार झमक घिमिरेले आइतबार बिहान सुरसार गरिरहेका बेला काठमाडौंमा भने सरकारले बनाइदिएको तीनतले भव्य निवास चिटिक्क सजिँदै थियो । गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको एक रोपनी जग्गामा बनेको अपांगमैत्री झमक घरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यदेखि प्राज्ञ लक्ष्मी माली, साहित्यकार स्नेह सायमी, वासुदेव अधिकारी, अनन्त वाग्ले, अनिता लामा, सुरेश हाचेकाली, रोजिता...
२८ वर्षपछि उपत्यावासीको मेलम्ची सपना साकार हुँदै
काठमाडौं । काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकारले लामो समयदेखि विभिन्न प्रयास गर्दै आएकामा मेलम्ची प्रयास २८ वर्षपछि पूरा हुने देखिएको हो । सरकारले २०२९ देखि नै खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतको पहिचान गर्न अध्ययन थालेकामा २०४१ मा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्चीलगायत विभिन्न २२ वटा विकल्प पहिचान गरेको थियो । त्यसपछि...

