पुत्रीलाभपछि प्रमोद खरेलले भोगेको त्रासदी

काठमाडौं । गायक प्रमोद खरेल दोस्रो सन्तानको बाबु बनेको आज २१ दिन पुग्यो । तर लक्ष्मीका रुपमा घर भित्रिएकी छोरीलाई उनले अहिलेसम्म स्पर्श गर्न पाएका छैनन् । गत २९ जेठमा श्रीमती दीपाबाट दोस्रो सन्तानप्राप्ति भएयता प्रमोदले कल्पनै नगरेको पीडा र त्रासदी व्यहोर्नुपर्‍यो। यी दिनहरूमा उनले आफ्नो आँखाबाट जति आँसु बगाए, त्योभन्दा धेरै आँखाभित्र लुकाए । मनको बेचैनी र अनिँदो रातको...

काठमाडौं उपत्यकाका १ सय ६५ स्थान बाढी, पहिरो र डुबानको उच्च जोखिममा

काठमाडौं । काठमाडौं उपत्यकाका १ सय ६५ स्थान बाढी, पहिरो र डुबानका कारण उच्च जोखिममा रहेको देखिएको छ । गृह मन्त्रालयले तयार गरेको तथ्याकंअनुसार काठमाडौंका ७४, ललितपुरका ४८ र भक्तपुरका ४३ स्थान बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको देखिएको हो । काठमाडौंमा मात्रै ३३ स्थानमा डुबान, ९ स्थानमा पहिरो र १५ स्थानमा जीर्ण संरचना भत्किन सक्ने भनिएको छ ।...

जापानमा डिमेन्सियाका कारण १७ हजार मानिसहरु वेपत्ता,खोजी कार्य तीव्र

टोकियो । जापानमा अघिल्लो वर्ष डिमेन्सिया ( स्मरण शक्ति घट्दै जाने, मस्तिष्क सम्बन्धित रोग)तथा त्यस्तै प्रकृतिका समस्याका कारण १७ हजार ४ सय ७९ जना वेपत्ता भएका छन् । राष्ट्रिय प्रहरी एजेन्सीले बिहिबार जनाए अनुसार,डिमेन्सियाका तथा यसका आशंका गरिएका १७ हजार ४ सय ७९ जना वेपत्ता भएका हुन् । यसरी हराउनेहरुको यो संख्या हालसम्मकै उच्च हो । प्रहरील् सन २०१२ देखि...

सिओई प्राप्त गरेका विद्यार्थी तथा कामदारहरुलाई जापान आउन सहजिकरण गर्ने संकेत, प्रकृया थालनी गरिँदै

टोकियो । जापान आउनका लागि सिओई प्राप्त गरेका ब्यक्तिहरुलाई अव विस्तारै जापान आउन दिईने तयारी गरिएको छ । अध्यायन तथा रोजगारीका लागि जापान आउन योग्य भएर ईलिजिविलिटी लेटर प्राप्त गरेका व्यक्तिहरु कोरोना कारण जापान प्रवेश गर्न पाएका थिएनन् । जापान सरकारले कोरोनाको उच्च सतर्कता अप्नाउँदै अव विस्तारै जापान आउन चाहनेहरुका लागि सहजिकरण गर्ने संकेत गरेकाले, पहिलो चरणमा जापान आउन योग्य...

कोरोनाकै कारण बढ्दै बालविवाह

काठमाडौं । कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो । यूएनएफपीएका अनुुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए सन् २०३० सम्म विश्व भरिका थप एक करोड ३० लाख किशोरी बालविवाह गर्न बाध्य हुनेछन् । लैङ्गिक विभेद अन्त्य गर्न विश्वव्यापी रूपमा प्रचलित हानिकारक अभ्यासको अन्त्य...

आजबाट जापानका सबै पसलहरुमा प्लास्टिक झोलाको पनि पैसा लाग्ने,घरबाटै झोला लिएर किनमेलमा जाने बानी बसालौँ

टोकियो । एकछिन, पख्नुहोस् है ! तपाई किनमेलका लागि बजार जाँदै त हुनुहुन्न ? बिर्सनु त भएको छैन नि, आजबाट जापानका सबै पसलहरुमा प्लास्टिक झोलाको शुल्क लाग्नेछ । यानेकि हिजोसम्म सामान किन्ने ग्राहकलाई सित्तैमा प्लास्टिकको झोलामा सामान राखेर पठाउने पसलका कर्मचारीले आजबाट पैसा लिएर मात्र दिनेछन् । जापान सरकारले प्लास्टिकजन्य फोहोर बढेर वातावरणमा असर बढ्दै गएपछि त्यसको न्युनिकरणमा सहयोग पुग्छ...

२०१९ मा, जापानका प्रिस्कुल तथा चाईल्ड केयरहरुमा १,७४४ दुर्घटना,६ जनाको निधन ११ जना अचेत, १,४०१ जनामा शारीरिक चोटपटक

टोकियो । जापान अन्य मुलुकको तुलनामा  हरेक सेवा सुविधा उत्कृष्ट रहेको मुलुक हो । धेरै जसो विदेशीहरुलाई यहाँका सबैजसो सेवा तथा सुविधाहरु गुणस्तरीय हुन्छ भन्ने, लाग्दछ । तर यथार्थमा त्यो पूर्ण सत्य होईन यहाँ पनि,थुप्रै कमि कमजोरीहरु छन् र हुने गर्दछन् । कारण यहाँ पनि हामी जस्तै मानिसहरुले सेवा दिने हुन् र मानवीय त्रुटीहरु शुन्य हुनै सक्दैन । अघिल्लो वर्ष...

जापानको एक रोबोटिक्स कम्पनी बनायो स्मार्ट मास्क,म्यासेज पठाउने,आवाज ठूलो बनाउने तथा भाषा अनुवाद समेत सहज

टोकियो । कोरोना भाईरसको संक्रमण बढ्दै जाँदा विश्वभरका मानिसहरुका लागि मास्क अनिवार्य उत्पादनको रुपमा स्थापित भएको छ । जापानमा भने, विभिन्न प्रकारका मास्क उत्पादन सुरुभएको छ । केहि कम्पनीहरुले गर्मी महिना अनुकुल मास्क बजारमा ल्याएका छन् भने केहि कम्पनीहरुले फ्यासनेवल मास्क उत्पादन तथा विक्रि वितरण सुरु गरिसकेका छन् । यसैबिच जापानको एउटा स्थापित रोवोर्टिक्स कम्पनी डोनट रोबोटिक्सले स्मार्ट मास्क उत्पादन गरेको...

घरमै झुण्डिएका गायक दिपक परियार निधन, उनको भर्खरै नयाँ गीत सार्वजनिक भएको थियो

बुटवल।आत्महत्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ । गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए । कान्छीबजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक...

गर्भवती महिला कोरोना महामारीको बढी जोखिममा

काठमाडौं – बन्दाबन्दीका कारण टाढासम्म जान कठिन हुने र नजिकका अस्पतालहरू कोरोना उपचार केन्द्रमा परिणत भएपछि गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका छन् । जोर बिजोरमा सवारी चल्ने र त्यो पनि निजी मात्रै चल्ने हुँदा अस्पताल जान र आउन समस्या त छँदैछ, अस्पतालमा कोरोना सङ्क्रमितसँग जम्काभेट हुने भयले उनीहरू बढी चिन्तित हुने गरेका छन् । त्यसो त केही स्थानीय तहले...