आउँदैछ फेसबुक पोस्टमा अर्को फिचर

फेसबुकमा स्ट्याटस लेख्नका लागि एउटा नयाँ फिचर आउँदैछ । यसमा प्रयोगकर्ताले एक सूचीसहितको स्ट्याटस लेख्न सक्नेछन् । जस्तै : गर्न मन लागेका कामको सूची, घुम्न मन लागेका ठाउँको सूची आदि । यो फिचर चाँडै नै सुरु हुँदैछ । तर, जानकारीमा आए अनुसार यस्तो फिचर फेसबुकको मोबाइल एपमा मात्रै हुनेछ । वेब ब्राउजरबाट फेसबुक खोलिएको खण्डमा यस प्रकारको फिचर उपलब्ध...

टेलिकमको यस्तो अफरः कुरा गर्दागर्दै पैसा सकिएपनि फोन नकाटिने

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि ‘नमस्ते क्रेडिट सेवा’ सञ्चालनमा ल्याएको छ । प्रिपेड कार्ड बाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् । नेपाल टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा यस्तो सुविधा ल्याएको हो । सोमबार आयोजित वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सेवाको सुरूआत गरे । वार्षिकोत्सवको अवसरमा सुरु गरिएको यो योजनाको...

चन्द्रग्रहणमा विज्ञान मान्नेले खानुस्, संस्कार मान्नेले नखानुस् : खगोलशास्त्री आचार्य

बुधबार साँझ ५ :३२ देखि खग्रास चन्द्रग्रहण लाग्दै छ। चन्द्रग्रहण बेला खाना खान हुँदैन भन्ने पूर्वीय संस्कार छ। वैज्ञानिकहरूले भने ग्रहणमा खाना खाँदा के असर पर्छ? भन्ने पत्ता लगाइसकेका छैनन्। ‘ग्रहणमा खाने कि नखाने भन्ने तपाई केमा विश्वास गर्नुहुन्छ? भन्नेमा भर पर्छ,’ खगोलशास्त्री जयन्त आचार्यले भने, ‘हाम्रो संस्कारमा ग्रहण बेला खाना अशुद्ध हुने भएकाले खानु हुँदैन भन्ने छ, विज्ञानले खाँदा...

आज वर्षौंपछिको दुर्लभ खगोलीय चन्द्रग्रहण

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक समिति अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले जानकारी दिए...

स्वदेश फर्किएनन् नेपाली वैज्ञानिक

विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउने सरकारी महत्वाकांक्षी अभियान असफलप्रायः भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विदेशमा कार्यरत नेपाली वैज्ञानिकको सीप, दक्षता र अनुभव स्वदेशमा उपयोग गर्न भन्दै अघिल्लो वर्ष सुरु गरेको अभियानअन्तर्गत दुई जना मात्र वैज्ञानिक स्वदेश फर्केर काम गरिरहेका छन्। नास्टले पहिलोपटक ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ अभियान सञ्चालन गरेको थियो। सरकारको वार्षिक...

फेसबुक र गुगल प्रजातन्त्रका लागि खतरा !

फेसबुक र गुगलको इन्टरनेट एकाधिकारले नविन आविष्कारको दिशामा अड्चन पैदा गरेको र सोसल मिडिया कम्पनीहरुले विश्वमा प्रजातन्त्रको कार्यान्वयनमा नकारात्मक असर पूर्याउने एकजना अर्बपति लगानीकर्ताले दाबी गरेका छन् । स्विजरल्याण्डको डाभोसमा चलिरहेको वर्ल्ड इकोनोमिक फोरममा मन्तव्य दिँदै अर्बपति लगानीकर्ता जर्ज सोरोसले यस्तो बताएका हुन् । साथै उनले अमेरिकाका ठूला सूचना प्रविधि कम्पनीहरुको दिनगन्ती सुरु भैसकेको पनि जिकिर गरेका छन् । हंगेरीमा जन्मिएका अमेरिकी...

सगुनको एप नयाँ दिल्‍लीबाट सार्वजनिक,यस्तो छ विशेषताहरु

काठमाडौं-नेपालीले बनाएको सगुनको बहुप्रतिक्षित मोबाइल एप भारतको नयाँ दिल्‍लीबाट सार्वजनिक गरिएको छ। बलिउडक स्टार श्रद्धा कपूरले भव्‍य कार्यक्रमका बीच सगुनको एप सार्वजनिक गरेकी हुन्। उनले कार्यक्रममा बोल्दै भनिन्, ‘ सगुनले मानिसको मन र भावनलाई एकै पटक अभिव्‍यक्त गर्ने माध्यम बन्‍नेछ। साथै बलिउडका साथै विश्‍वभरका सेलिब्रेटीलाई यसले नयाँ कुरा सिकाउनेछ। ‘ यस्तै सगुनले मानिसको अर्थपूर्ण साथ र सहयोग गर्नुका साथै सोचे अनुसारको...

चीनको इन्टरनेट सञ्जालमा जोडियो नेपाल

काठमाडौं, २६ पुस । नेपाल चीनसँगको इन्टरनेट सञ्जालमा जोडिएको छ । नेपाल टेलिकम चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंकसँग जोडिएसँगै नेपालमा भारतीय इन्टरनेट एकाधिकार तोडिएको छ । इन्टरनेटमा जोडिने भाका पटक(पटक भाका सार्दै आएको नेपाल टेलिकमले अन्ततः चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरेको छ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत रं नेपालका लागि चिनिया राजदुत यु होङले संयुक्तरुपमा...

यसरी खिच्नुहोस् स्मार्टफोनबाट स्मार्ट फोटो

काठमाडौँ।अहिले आएका अधिकांस मोबाइल फोनहरुमा गतिला क्यामरा पाइन्छन् । तुलनात्मकरुपमा कम मूल्यका स्मार्टफोनका क्यामरा पनि क्षमतावान नै हुन्छन् । त्यसैले तिनीहरुको उपयोगिता महत्वपूर्ण छ ।   स्मार्टफोनबाट खिचिएका अधिकांस फोटोहरु फेसबुक, इन्स्टाग्राम र टि्वटरजस्ता सामाजिक सञ्जालमा पोष्ट गरिन्छन् । त्यसैले यदि तपाईंको फोनको क्यामराले डिएसएलआर जस्तै क्वालिटी दिँदैन भने पनि फरक पर्दैन । तर, तपाईंले फोनबाट फोटो खिच्दा केही कुराहरुमा ध्यान...

अब अधिकारका विषय मोबाइल एप्समा

काठमाडौँ, ५ पुस । मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकाबारे जनतालाई सुसूचित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ । मानव अधिकार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई लक्षित गरी ल्याइएको सो एप्समा आगामी दिनमा अन्य क्षेत्रलाई समेत समेट्ने बताइएको छ । एप्समा सरकारका विभिन्न निकाय तथा सेवा प्रदायकबाट नागरिकले प्राप्त गर्ने सेवालाई समेत समावेश गरिएको छ । यसअघि सो...