नेपालको इन्टरनेट भारतको भन्दा छिटो

नेपालमा मोबाइल ब्रोडब्यान्डको डाउनलोड स्पिड (क्षमता)मा सुधार आएको पाइएको छ । गएको नोभेम्बर महिनामा ओक्लाज स्पिड टेस्ट ग्लोबल इन्डेक्सले गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालले सार्क राष्ट्रहरू भारत र श्रीलंकालाई उछिनेको छ । नोभेम्बरमा मोबाइल इन्टरनेटमा युरोपियन मुलुक नर्वे औषत ६२.६६ मेगाबिट्स पर सकेन्ड (एमबीपीएस) डाउनलोड स्पिडसहित सबैभन्दा अगाडि छ भने फिक्स्ड ब्रोडब्यान्डमा सिंगापुर १५३.८५ एमबीपीएस डाउनलोड स्पिडसहित पहिलो स्थानमा छ...

टोकियो ओलम्पिक२०२० का लागि जापानले बनायो विशेष रोबटहरु

टोकियो । ‘टोकियो ओलम्पिक २०२०’ मा आगन्तुकहरुको सामान उठाउने देखि भाषिक समस्या समाधानका लागि सातवटा नयाँ रोबोट सार्वजनिक  गरिएको छ । एक  अधिकारीले,रोबोटले भरिपूर्ण एयरपोर्ट प्रवेशको अपेक्षा गर्न सकिने बताएका छन् । हनेदा एयरपोर्टमा प्रदर्शनमा राखिएका ७ मध्येको एक रोबोटले विभिन्न चार भाषामा लगातार व्याख्या गर्न सक्छ । आगन्तुकहरुले माइकमा बोलेपछि त्यसको उल्था एकैछिनमा स्मार्ट स्क्रीनमा देखिने छ । सानो...

एनसेल मेला ४ सहरमा हुने

एनसेलले देशको विभिन्न चार सहरहरूमा यही पुस ८ देखि एनसेल मेला ०७४ को आयोजना गर्ने भएको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकहरूसँग थप नजिक हुदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोबाइल ब्रोडव्यान्ड सेवा लंग टर्म इभोलुसन-फोरजीको अनुभव प्रदान गर्न, एनसेलले पोखरा, विराटनगर, बुटवल र ललितपुरमा एनसेल मेला आयोजना गर्न लागेको हो । यी चारै सहरहरूमा एनसेलले छोटो अवधिमा नै...

रोबोट सोफियाले अब बच्चा जन्माउने

इतिहासमानै पहिलो पटक कुनै मानव निर्मित रोबोटलाई नागरिकको दर्जा दिइ,कट्टर मुस्लिम राष्ट्र साउदी अरबले नागरिकता प्रदान गर्यो ।उक्त नागरिकता बाहक रोबोटको नाम सोफिया हो। सोफियालाई गत महिना साउदी अरबले नागरिकता प्रदान गरेको थियो । मानबिय क्षमता भएको उक्त रोबोटले अब बच्चा जन्माउने इच्छा रहेको बताएको छ । मानिसकै दर्जा प्राप्त गरि इतिहास रच्न सफल रोबोट सोफियाले परिवार निकै महत्वपूर्ण रहेको...

सगुनमा ५२ देशबाट लगानी, कोरियाबाट सवैभन्दा धेरै लगानीकर्ता (भिडियो सहित)

सोसियल मिडिया र सोसियल कमर्शलाई एउटै प्लेटफर्ममा ल्याउने महत्वकांक्षी योजनाकासाथ नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल सगुनमा हालसम्म ५२ वटा देशबाट लगानी भएको सगुनले जनाएको छ । मिनि आइपीओ अन्तर्गत पहिलो चरणको लगानी सगुनले अमेरिकाबाट शुरु गरेको थियो भने दोश्रो चरणको शुरुवात बेलायतबाट गरेको थियो । लगानी खुल्ला गरेको हालको दोश्रो चरणमा दक्षिण कोरियाबाट सबैभन्दा धेरै लगानीकर्ताहरुले लगानी गरेकाछन् ।...

हुम्ला विमानस्थलमा तारा एयरको विमान दुर्घटना, सात जना घाइते(अपडेट )

  हुम्ला । हुम्लाको सिमिकोटमा तारा एयरको विमान दुर्घटना भएको छ । आज बिहान उडान भर्ने क्रममा विमान धावनमार्गबाट डिलमुनि खस्दा दुर्घटना भएको हो । कल साइन नाइन एनएवीएम विमान उड्ने क्रममा दुर्घटना भएको हो । विमानको अघिल्तिरको भागमा क्षति भएको छ भने पाइलटसहित सात जना घाइते भएका छन् । विमानका पाइलट वसन्त लामा रहेका थिए । घाइतेहरुको सिमिकोट अस्पतालामा उपचारका लागि लगिएको...

मोबाइलमा घन्टौ नबस्नुस् यसले क्यान्सरको जोखिम उच्च हुन्छ

मानिसको दैनिक जीवनसंग सबैभन्दा आवश्यक बस्तु बनेको छ मोवाइल । संसारका मात्रै होइन नेपालका पनि करीब करीब ८० प्रतिशत मानिसहरुमा मोवाइलको पहुँच छ । यो संख्या आउने बर्षमा अझ बढ्नेमा दुईमत छैन । तर पछिल्लो समय मोबाइलमा घन्टौ समय बिताउने युवापुस्तामा विभन्न स्वास्थ्य समस्या देखा पर्न थालिसकेको चिकित्सकहरुले बताएका छन् । मोबाइलको अति प्रयोग वा अव्यवस्थित प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक...

फेसबुक म्यासेन्जरबाट येस्तो भाइरस फैलिदैछ ! होसियार हुनुहोस्

तपाईं फेसबुक च्याटमा रमाउनुहुन्छ भने सावधान हुनुहोस् है । फेसबुक च्याट म्यासेन्जरमार्फत अहिले भाइरस र मालवेयर फैलिँदैछ । सामाजिक सञ्जाल फेसबुकको म्यासेजिङ एप फेसबुक म्यासेन्जर मालवेयरको सिकार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फेसबुक म्यासेन्जरको माध्यमबाट भाइरसको लिङ्क फैलिरहेको क्यासपरस्की ल्याबले जनाएको हो । ल्याबको रिपोर्टका अनुसार म्यासेन्जरमा भाइरस भएको लिङ्क साइबर अपराधमा संलग्न व्यक्तिले पठाएका छन् । फेसबुक म्यासेन्जर...

अब फेसबुकमा राख्न पाईदैन यस्ता फोटाहरु हेर्नुस् नत्र पछुताउनुपर्ला

फेसबुकका माध्यमबाट कसैको अश्लील तस्बिर उसको अनुमति बिना पोस्ट गर्न रोक्नका लागि फेसबुकले तयारी गरेको छ । यस प्रकारको पोस्टलाई  रिभेन्स पोस्ट भनिन्छ । फेसबुक यसप्रकारका तस्बिर दोस्रो पटक पोस्ट गर्नका लागि पूर्ण रुपमा रोक लगाउने तयारीमा रहेको छ । यो रोक फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा लागु हुने भएपनि ह्वाट्सएपमा भने तत्कालै हुने छैन । फेसबुक आफैले त्यस्ता पोस्टमाथि कारबाही...

भेटियो २० ग्रह,जहाँ जीवन सम्भव हुनसक्छ

ब्रह्माण्डको रहस्यको खोजी गरिरहेका वैज्ञानिकहरूले जीवन सम्भव हुन सक्ने २० ग्रह पत्ता लगाएका छन् । नासाको केपलर टेलिस्कोपबाट पाइएको विवरणअनुसार सौर्य मण्डलभन्दा बाहिर रहेका २० ग्रहहरूमा जीवन सम्भव रहेको हुन सक्ने पाइएको हो । अहिले सार्वजनिक गरिएको विवरणअनुसार उक्त ग्रहहरूमा एलियनहरू पनि रहेको हुन सक्ने बताइएको छ । नयाँ ग्रहको विषयमा पाइएको यस किसिमको विवरणको कारण वैज्ञानिकहरू पनि उत्साहित बन्न...