सबैभन्दा धेरै नाफा कमाएका विश्वका १० स्मार्टफोन
दुनियाँमा सबैभन्दा धेरै मुनाफा कमाउने स्मार्टफोन कुन कुन हुन् ? सायद यो चासो धेरैको हुनसक्दछ । रिसर्च कम्पनी काउन्टरप्वाइन्टले सन् २०१७ को चौथो त्रैमासिकको तथ्यांकको आधारमा विश्वमा सबैभन्दा धेरै मुनाफा कमाउने १० स्मार्टफोनको सूची तयार पारेको छ । यी १० स्मार्टफोनले विश्वमा उक्त अवधिमा कुल बिक्री भएका स्मार्टफोनको ९० प्रतिशत हिस्सा ओगटेका छन् । यी हुन् उक्त तिन महिनामा विश्वमा...
फेसबुक टि्वटरमा अब नक्कली अकाउन्ट पत्ता लगाउन सकिने
फेसबुक तथा टि्वटर जस्ता सोसल नेटवर्किंग साइहरुमा कुनै नक्कली अकाउन्ट पत्ता लगाउन अब सहज हुनेछ । वैज्ञानिकहरुले यसका लागि एक नयाँ एल्गोरिदम विकसित गरेका छन् । समाचार अनुसार यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हुन्छन् । नक्कली अकाउन्टबाट मानिसहरुले आफ्नो नेटवर्कमा रहेका अन्य प्रयोगकर्तालाई अनावश्यक तथा आपत्तिजनक लिंकहरु पठाउँछन् । इजरायलको बेन गरियोन...
‘फाइभ जी’को दौड
काठमाडौं, ८ बैशाख । नेपालका अधिकांश भूभागमा ‘थ्रीजी’ सेवा पुगे पनि सीमित ठाउँमा मात्रै ’फोरजी’ पुगेको छ ।‘फोर जी’ सेवा पुर्याउन नेपालमा कठिनाइ भइरहँदा यसपछिको मोबाइल प्रविधिको अनुसन्धान विकासमा भने केही देश जोडतोडले लागेका छन् । केही मुलुक, टेलिकम सेवा प्रदायक र यससँग सम्बन्धित उपकरण उत्पादक कम्पनीहरुले यसको विकासमा ठूलो लगानी र समय खर्चिरहेका छन् । सम्भवतः यही बर्ष, नभए...
जापानमा पिशावबाट क्यान्सर पत्ता लगाउने विधिको परिक्षण गरिने
टोकियो ।विश्वमै पहिलोपटक जापानको एक कम्पनीले पिशावबाट क्यान्सर पत्ता लगाउने विधिको परिक्षण गर्ने भएको छ । सुचना प्रविधि तथा इन्जिनियरिङ कम्पनी हिताचीले दुइ वर्ष अघिनै पिशावको नमुनाबाट स्तन तथा आन्द्रको क्यान्सर पत्ता लगाउने आधारभुत प्रविधिको विकास गरेको थियो । सामान्य तापमानमा परिक्षणको प्रभावकारिता अध्ययन गर्नका लागि २५० जनाको पिशावको नमुना प्रयोग गर्न लागिएको हिताचीका प्रवक्ता चिहारु ओदाइराले एएफपीलाई बताए...
एन्ड्रोइड फोनका ८ फिचर जुन तपाईंलाई थाहा नहुन सक्छ
हामीमध्ये धेरैले एन्ड्रोइड फोन बोक्छौं । र, यसमा रहेका सीमित फिचरहरु मात्रै हामी प्रयोग गर्छौं । एन्ड्रोइड फोन बोक्नेहरुलाई यसको सबै फिचरहरु थाहा हुँदैन । त्यसैले त्यसको लाभ लिनबाट वञ्चित हुन्छन् । यहाँ हामी त्यस्तै काम लाग्ने केही फिचरहरुको कुरा गर्दैछौं, जुन सम्भवतः तपाईंलाई थाहा नहुन सक्छ : सीमित व्यक्तिहरुलाई मात्र कल गर्ने अनुमति तपाईंको एन्ड्रोइड डिभाइसमा ‘डु नट डिस्टर्ब’ फिचर हुन्छ...
फेसबुकबाट तुरुन्त हटाउनुस् यी ९ चिज, हुनसक्छ डाटा लीक
हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । यतिमात्रै होइन हालै फेसबुक डाटा लीक भएको घटनाले तपाईंको गोपनियता पनि झन् खतरामा पारेको छ । ९ करोड बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको घटनापछि सबैजना आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् । केहीले आफ्नो फेसबुक एकाउन्ट नै बन्द गरेका छन् केहीले प्राइवेसी...
सुर्यविनायकका प्रत्येक कार्यालयमा सिसी क्यामरा
भक्तपुर, १४ चैत । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको आँखा कार्यकक्षमा प्रवेश गरे लगत्तै टेबुलको कम्प्युटरमा पुग्छ । कम्युटरबाटै आफ्नो कार्यालयका कर्मचारी कसले समयमै हाजिर गरे, कसले गरेनन्, नगरपालिकाको १० वटै वडा कार्यालयका वडा अध्यक्षदेखि कर्मचारीसम्मले हाजिर गरे कि गरेनन्, १० वटा स्वास्थ्य चौकीका कर्मचारी र नौ वटा सामुदायिक विद्यालयका प्रिन्सिपल र शिक्षक शिक्षिकाले हाजिर गरे कि गरेनन् हेर्ने गर्दछन्...
अब बैशाखदेखि उद्योगमा पनि नो लोडसेडिङ
काठमाडौं, ११ चैत । नयाँ सरकारले नयाँ वर्षको उपहार स्वरुप उद्योग क्षेत्रमा पनि लोडसेडिङ नगर्ने भएको छ । जलस्रोत, उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुनले बैशाखदेखि उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ अन्त्य गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । आइतबार प्राधिकरणको लोड डिस्प्याच सेन्टरमा पुगेका मन्त्री पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कुराकानी गर्दै लोडसेडिङ नगर्न निर्देशन दिएका हुन् ।...
अवैध मोबाइल बन्द गर्न यस्तो तयारी
काठमाडौं, २९ फागुन । अवैध मोबाइललाई बन्द (ब्लक) गर्न विनियमावलीको तर्जुमा भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ । अन्तराष्ट्रिय परामर्शदाताको सहयोगमा विनियमावली बनाउन लागिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । विनियमावली बनेलगत्तै अवैध मोबाइल बन्द गर्नका लागि आवश्यक पर्ने उपकरणहरु किन्न ग्लोबल टेन्डर गर्ने प्राधिकरणको तयारी छ । समाचारमा लेखिएको छ, अवैध रुपमा भित्रिएर प्रयोग...
एआईले मृत्युको भविष्यवाणी गर्ने
काठमाडौँ — कुनै पनि व्यक्ति सबैभन्दा बढी मृत्युबाट डराउाछ । त्यसैले चिकित्सकहरुले गम्भिर प्रकृतिको रोगबारे तत्कालै विरामीलाई जानकारी दिनुको साटो आफन्तलाई दिने गरेको पाइन्छ । विरामीले ‘अब आफ्नो आयु सकिएको’ थाहा पाएपछि अत्तालिने अनि ऊमाथि मनोवैज्ञानिक डर सिर्जना हुने भएकाले चिकित्सकहरुले यो उपाय अबलम्बन गरेको हुनुपर्छ । तर, तिनीहरुले आफ्नो चिकित्सकिय उपचार पद्धति ‘मान्छेको बाँच्न पाउने अधिकार’ लाई कुनै प्रकारले...

