जापानमा आजबाट राष्ट्रव्यापी यात्रा साहयता कार्यक्रम सुरु,जापानभर विशेष छुट सहित घुम्न सकिने

टोकियो/जापान।जापानमा आजबाट जापानको आन्तरिक पर्यटन प्रवर्द्धनात्मक विशेष योजना “राष्ट्रव्यापी यात्रा साहयता “ सुरु भएको छ ।यो यस अघिको गो टु ट्राभल संग मिल्दोजुल्दो सरकारी योजना हो । यदि तपाई जापानको ४७ मध्ये कुनैपनि प्रिफेक्चरमा बसोबास गर्नुहुन्छ र जापानका विभिन्न स्थानहरु सस्तोमा घुम्ने योजना बनाउनु भएको छ भने अहिले यो विशेष अवसर हुनसक्नेछ । यस योजनामा सरकारले प्रतिदिन तपाईले यात्राको लागि...

भेनेजुएलामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु, ५० बेपत्ता

एजेन्सी । भेनेजुएलामा गएको पहिरोमा परी कम्तीमा २२ जनाको ज्यान गएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । देशमा भारी वर्षापछि नदीको प्रवाह बढ्दा पछिल्लो विपत्ति परेको अधिकारीहरूले बताएका छन् । ऐतिहासिक रूपमा उच्च वर्षाको परिणाम स्वरूप सङ्कटग्रस्त दक्षिण अमेरिकी राष्ट्रमा हालैका महिनाहरूमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । हामीले यहाँ धेरै ठुलो मानवीय क्षति देखिरहेका छौँ ।...

जापानका ७ वटा प्रिफेक्चरका १०८ सहरहरुमा सुनामीको उच्च जोखिम,हालकै अवस्थामा रहे झण्डै २ लाख मानिसहरु प्रभावित हुने

जापान। जापान सरकारले ४७ मध्ये ७ प्रिफेक्चरका करिब १०८ सहरहरुमा यदि ठूलो भुकम्प आएमा सुनामीको जोखिम रहेको भन्दै एक रिपोर्ट सार्वजनिक गरेको छ । सरकारले जारी गरेको उक्त जोखिम क्षेत्रमा होक्काईदो तथा तोहोकु क्षेत्रमा ठूलो प्रभाव पार्नसक्ने आँकलन छ । सरकारले सम्भावित जोखिम न्युनिकरण पुर्वतयारीका लागि होक्काईदोदेखि चिबा प्रिफेक्चरसम्मका नगरपालिकाहरूका लागि आर्थिक सहायता विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। सरकारले...

उत्तरकोरियाद्वारा २१औँ पटक मिसाईल प्रक्षेपण, जापानमा जोखिम बढ्यो, टोकियोमा १ करोड ४० लाख मानिस सुरक्षित राख्न सकिने

टोकियो/जापान। पटक/पटक उत्तर कोरियाको मिसाईल प्रहारबाट त्रसित जापानले,राजधानी टोकियोमा यदि मिसाईल प्रहार भएको खण्डमा १ करोड ४० लाख मानिसहरुलाई अस्थायीरुपमा सरुक्षित स्थानमा राख्नसक्ने व्यवस्था गरिसकेको जानकारी गराईएको छ । हिजो (२९ तारिख) राती उत्तर कोरियाबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्दा,टोकियो महानगरले मिसाईल आक्रमणको घटनामा १ करोड ४० लाख जनसंख्याको लागि अस्थायीरुपमा सुरक्षित स्थान व्यवस्था गरिएको सार्वजनिक गरिएको हो । हिजो प्रहार गरिएको...

२० हजारभन्दा बढी नक्कली रेसिडेन्सी कार्ड बनाएको अभियोगमा एक जापानीसहित २ जना विदेशी नागरिक पक्राउ

टोकियो/जापान। जापानमा नक्कली आवास अनुमती कार्ड (在留カード) (जाईर्यु कार्ड) बनाउने गरेको एक समुहलाई राजधानी टोकियोसंगै जोडिएको चिबा प्रिफेक्चरबाट पक्राउ गरिएको छ । चिबा प्रिफेक्चरको एक घरमा जापानमा बस्ने ३४ वर्षिय स्वरोजगार व्यक्ति सहित ३ जनालाई पक्राउ गरिएको हो। त्यि व्यक्तिबाट बरामद पर्सनल कम्प्युटरमा विदेशीसहित करिब २० हजार व्यक्तिको डाटा फेला परेको र वास्तविक अवस्थाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ...

अन्ततः आज आबेको राजकिय अन्त्येष्टि, विश्वका २१८ मुलुकका शिर्षस्थ व्यक्तिहरु सहित ४,३०० जना सहभागी

टोकियो/जापान। गत जुलाईमा गोली प्रहार गरी हत्या गरिएका जापानी पुर्व प्रधानमन्त्री सिन्जो आबेको आज राजकिय अन्त्येष्टि हुँदैछ । सत्तारुढ दल लिब्रल डेमोक्रेटिकको पुर्ण समर्थन भएता पनि केहि विपक्षी दल तथा नागरिक समुहहरुको निरन्तरको विरोधका बाबजुद आज दिउँसो विश्वका २ सय भन्दा बढि मुलुकका शिर्षस्थ नेताहरुको उपस्थितिमा अन्तिम बिदाई समारोह आयोजना हुनेछ । राजकिय अन्त्येष्टिमा विभिन्न २१८ वटा मुलुक तथा क्षेत्रका...

डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ २० पैसा...

चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

एजेन्सी । चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थानमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ४२ दिनअघि हृदयघात भएपछि उनलाई लामो समयसम्म अस्पतालको आईसीयूमा उपचार गरिएको थियो । बाल्यकालमा उनको नाम सत्यप्रकाश श्रीवास्तव भए पनि बलिउडमा उनी राजु श्रीवास्तवको नामले चिनिन्छन् । बाल्यकालदेखि उनी मिमिक्री र कमेडी...

महारानी एलिजाबेथको अन्तिम बिदाई

एजेन्सी । बेलायतको राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारसँग सम्बन्धित कायहर्रू सम्पन्न भएका छन् । त्यहाँ अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय राष्ट्रपति द्रोपदी मुर्मूसहित सयौँ गन्यमान्य विदेशी पाहुनाहरू उपस्थित भएका थिए । द डिन अफ वेस्टमिन्स्टरले ड्याभिड होइलले उक्त समारोहको नेतृत्व गर्ने क्रममा ‘आजीवन बहन गरेको उत्तरदायित्व’ प्रति...

आज नेपाल आउन लागेका चिनियाँ जनकंग्रेस अध्यक्ष लीको यस्ता छ भ्रमण तालिका

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु नेपालको औपचारिक भ्रमाणका लागि आज काठमाडौं आउँदैछन्। परराष्ट्र मन्त्रालयका अनुसार लीसहितको चिनियाँ प्रतिनिधिमण्डल नेपालको तीन दिने भ्रमणका लागि आउन लागेको हो। उनी रूस, मंगोलिया हुँदै नेपाल आउने र नेपालबाट दक्षिण कोरिया हुँदै चीन फर्कने कार्यक्रम रहेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्। सोमबार नै चिनियाँ नेता...