आफ्नी आमाको शव झण्डै १ वर्ष घरमै राखेको अभियोगमा टोकियोमा एक जना व्यक्ति पक्राउ,पेन्सन लिनको लागि लुकाएको हुनसक्ने

टोकियो/जापान। टोकियोको ताईतो वार्डमा रहेको आफ्नो अपार्टमेन्टमा आफ्नी वृद्ध आमाको शव छाडेर गएको अभियोगमा महानगरीय प्रहरी विभागले ५४ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । टोकियोको ताईतो वार्डका ५४ वर्षीय बेरोजगार पुरुष अकिनोरी फुकुसिमालाई आफ्नै अपार्टमेन्टमा एक वृद्धा(आमा भएको अनुमान गरिए)को शव त्यसै छोडेर हिँडेको आशंकामा पक्राउ गरिएको हो । महानगरीय प्रहरी विभागका अनुसार वृद्धा लामो समयदेखि वाहिर कतै निस्किएको नदेखिएपछि...

जापानी येन थप घट्यो १ डलर बराबर १४९ येनमा कारोबार, १ लाख रुपैँयाका लागि १ लाख १३ हजार ९ सय ८७ येन जम्मा गर्नुपर्ने

टोकियो/जापान। डलरको तुलनमा निरन्तर घटिरहेको जापानी येनको भाउ सोमबार थप घटेर कारोबार भएको छ। १७ तारिख येनको अवमूल्यनले न्यूयोर्क विदेशी विनिमय बजारमा थप गति लियो, र येनको विनिमय दर अस्थायी रूपमा डलरको तुलनामा १४९ येनको स्तरमा झर्यो । यो लगभग ३२ वर्षमा (सन १९९० )यताको सबैभन्दा न्यून स्तर हो। सोमबार न्यूयोर्कको विदेशी विनिमय बजारमा, अमेरिकाले ब्याजदरमा उल्लेख्य रूपमा वृद्धि गर्न...

जापानमा टाट पल्टिने कम्पनीहरुको संख्या ३ वर्षयताकै उच्च,सरकारबाट प्राप्त आर्थिक साहयता फिर्ता गर्न नसक्दा ३,१४१ कम्पनी दिवालिया

टोकियो/जापान । जापानमा कर्पोरेट टाट पल्टिने (आर्थिक अवस्था खराब भई कम्पनी बन्द हुने) हरुको संख्या अघिल्लो वर्षको तुलनामा यस वर्षको अप्रिल-सेप्टेम्बर अवधिमा ६.९ प्रतिशतले बढेर पछिल्लो ३ वर्षकै उच्च संख्या कायम भएको छ। क्रेडिट अनुसन्धान कम्पनीको सर्वेक्षण अनुसार सो अवधीमा ३,१४१ वटा कम्पनीहरु टाट पल्टिएका छन् । टोकियो शोको रिसर्चका अनुसार कोभिड-१९ महामारीको कारण सरकारबाट प्राप्त गरेको आर्थिक सहायता तिर्न...

जापानको राजधानी टोकियोमा आपराधिक समूह “चाईनिज ड्रागन”का सदस्यबिच आपसमा झगडा

टोकियो/जापान। जापानको राजधानी टोकियोको ईकेबुकुरोस्थित १६ तारिख भएको एक समूहगत किटपिट तथा झैझगडमा चिन बाहिर रहेका दोस्रो पुस्ताका चिनियाँहरुको आपराधिक समूह “ चाईनिज ड्रागन”को संलग्नता रहेको महानगरिय प्रहरीले प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । जापानी संचार माध्यमहरुमा प्रकाशित खबरका अनुसार चीनमा बाहिर छोडिएका दोस्रो पुस्ताका अनाथ चिनियाँहरु मिलेर बनेको गिरोह “चाइनिज ड्र्यागन”का सदस्यहरूले १६ तारिख टोकियोको इकेबुकुरोमा रहेको”सनशाइन ६०” नामक...

आज पनि जापानी येन कमजोर बन्ने क्रमजारी, जापानबाट नेपाल पैसा पठाउनेहरु मर्कामा

टोकियो/जापान। अघिल्लो साता ऐतिहासिक कमजोर बन्दै प्रति डलर १४८ येनमा कारोबार भएको जापानी येन आज पनि बिहानैदेखि सोही कमजोर मूल्यमै कारोबार भईरहेको छ। गत साता विदेशी मुद्रा बजारमा, अमेरिकामा बढेको उपभोक्ता मूल्य सूचकाङ्कको घोषणा पछि, मुद्रास्फीतिको चिन्ताका कारण ब्याजदर तीव्र रूपमा बढ्ने विश्लेषण सहित अमेरिकी डलरको भाउ बढ्दै गएको थियो।परिणाम,बजार मूल्य माथिल्लो १४८ येन स्तरमा पुगेको थियो। डलरको तुलनामा सन १९९०...

जापानी पूर्वप्रधानमन्त्री आबेको निर्वाचन क्षेत्र रहेको यामागुचीमा २ हजार जना सहभागी

टोकियो/जापान। गत जुलाईमा गोली हानी हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हिजो(अक्टोबर १५ तारिख)उनको निर्वाचन क्षेत्र रहेको यामागुची प्रिफेक्चरमा अन्तिम श्रद्धांजली कार्यक्रम सम्पन्न गरिएको छ। प्रिफेक्चरियल अन्त्येष्टिमा बाहलवाला तथा पूर्व सांसदहरू सहित करिब २,००० जना मानिसहरु उपस्थित भई श्रद्धांजली अर्पण गरेका थिए । शनिबार उनको निर्वाचन क्षेत्र रहेको यामागुचीको प्रिफेक्चरमा आबेको सम्झनामा शोक कार्यक्रम आयोजना गरिएको हो । सो शोक कार्यक्रममा...

जापानको ओसाकामा धारिलो हतियार देखाएर एक घरबाट ३ करोड येन लुटियो, सुरक्षित रहौँ

टोकियो/जापान।जापान तुलनात्मकरुपमा सुरक्षित मुलुक भएको कुरा सबैलाई थाह छ । तर जापानका समाचारहरु हेर्ने गर्नुहुन्छ भने,बाहिरबाट हामीले जति सुरक्षित देश मानिरहेका छौँ,त्यति सुरक्षित पनि छैन। यहाँ दैनिक करोडौँको ठगी तथा लुटपाटका साथै विनाकारण हत्याका घटनाहरु घटाईएका खबरहरु सार्वजनिक हुने गर्दछन् । यस्तै ओसाकामा यहि अक्टोबर १३ तारिख,एक घरमा ढोकाको घण्टी बजाएर, ढोका खोलिन साथ जबर्जस्ती घरभित्र प्रवेश गरि धारिलो हतियार...

जापानी प्रधानमंत्री किशिदा साना तथा मझौला व्यवसायीहरुको समस्या बुझ्न आफैँ निरिक्षणमा पुगे,आर्थिक सहायता प्रदान गरिने

टोकियो/जापान।प्रधानमन्त्री किशिदाले नयाँ व्यापक आर्थिक उपायहरू कार्यन्वयनबारे राय संकलन गर्न टोकियोस्थित साना तथा मझौला उद्यम एवं किनमेल बजार क्षेत्रहरुको भ्रमण गरेका छन् । यस प्रत्यक्ष भ्रमण पश्चात कोरोना माहमारी,पेट्रोलियन पदार्थहरुको मूल्यवृद्धि एवं येनको अवमुल्यनका कारण खस्किएको व्यापारका लागि सहयोगी उपायहरू बारे विचार गर्ने संकेत गरेका छन् । आज (१५ तारिख)दिउँसो प्रधानमन्त्री किशिदाले टोकियोको मेगुरो वार्डमा रहेका साना तथा मझौला धातु प्रशोधन...

नोभेम्बर २० तारिख,जापानको ओकिनवामा प्रथम नेपाल फेस्टिवल आयोजना हुने

टोकियो/जापान। जापानको ओकिनावामा पहिलो पटक नेपाल फेस्टिवल आयोजना हुने भएको छ । यस अघि टोकियो, फुकुओका तथा नागोयामा नेपाल फेस्टिवल आयोजना भईसकेको छन् भने पहिलो पटक ओकिनावामा नेपाल फेस्टिवल आयोजना गरिन लागिएको हो । ओकिनावावासी नेपालीहरुको संयुक्त आयोजनामा प्रथम ओकिनावा नेपाल फेस्टिवल २०२२ आगामी नोभेम्वर २० तारिख आयोजना गरिन लागिएको आयोजक समितिका सदस्य राहुल शाहले नेपालन्युजपोस्टडटकमलाई जानकारी दिए । “One country...

जापानमा कोरोनाका कारण आत्महत्या बढ्दो,अघिल्लो वर्ष २१ हजार ७ जनाद्वारा आत्महत्या,

टोकियो/जापान। जापानमा सन् २०२१ मा आत्महत्या गर्ने महिलाको संख्या अघिल्लो वर्षको तुलनामा ४२ ले बढेर ७,०६८ पुगेको छ । सरकारी तथ्यांक अनुसार यो लगातार दोस्रो वर्षको वृद्धि हो । यस अघि सन २०२० मा पनि अघिल्लो वर्षको तुलनामा बृद्धि भएको थियो । यसरी लगातार महिलाहरुको आत्महत्याको घटना बढ्नुमा, कोभिड १९ महामारीको बीचमा देखा परेको मानसिक तनाव र पारिवारिक सम्बन्धमा भएका...