जापानको ओकिनवाबासीहरु विश्वकै सबैभन्दा बढी निरोगी र दिर्घायू रहेको रिपोर्ट सार्वजनिक
जापान। पूर्वी चीन सागरसम्म फैलिएको जापानको ओकिनावा ३ सय ६३ वटा स–सना टापु मिलेर बनेको छ । यहाँ सबैभन्दा बढी पाको व्यक्तिहरु बस्छन् । भनाईको अर्थ के भने, यहाँको कुल जनसंख्यामा पाको व्यक्तिहरुको अनुपात बाँकी विश्वको भन्दा बढी छ । साथसाथै सय बर्षभन्दा बढी उमेर बाँच्ने व्यक्तिहरुको गणनाले पनि ओकिनाव विश्वमा सबैभन्दा अगाडि देखाउँछ । काइदाको कुरा त के छ...
जापानले अष्ट्रेलिया तथा ताईवान लगायतका ७६ देशहरुमा कायम यात्रा चेतावनी हटायो
टोकियो/जापान। जापान सरकारले बुधबार अष्ट्रेलिया र ताइवान जस्ता ७६ देश तथा क्षेत्रहरुको लागि कोरोनाभाइरस महामारी रोकथामका लागि जारी आफ्नो यात्रा चेतावनीलाई सहज बनाएको छ । अब जापानले आफ्ना देशका नागरिकहरुलाई संक्रामक रोगहरूको कारण अन्य देशमा अनावश्यक यात्राहरू नगर्नका लागि जारी गरेको चेतावनी ७६ देशका लागि हटेको छ। यद्यपी,परराष्ट्र मन्त्रालयले, मेक्सिको र टर्की सहित ती क्षेत्रहरूका लागि जारी ट्राभल एडभाईजरीमा चार बिन्दुको...
घट्दो जन्मदर बढाउन जापान सरकारको नयाँ परियोजना, गर्भावस्था र सुत्केरी भएपछि १ लाख येन बराबरको कुपन या नगदै दिईने
टोकियो/जापान। जापान सरकारले गर्भावस्था र सुत्केरी भएपछि बाल पालन पोषण सहयोगका लागि स्थापना गर्न लागेको कुपन वितरण परियोजना अन्तरगत स्थानीय सरकारको निर्णय अनुसार कुपन मात्रै नभई नगदै पनि वितरण गरिन सक्नेछ। मुलुकमा जन्मदर बढाउने उपाय स्वरुप,सरकारले ल्याउन लागेको यो नयाँ योजनाका बारेमा प्रधानमन्त्री फुमियो किशिदाले १९ तारिख संसदको बजेट समितिमा भने,- ‘स्थानीय सरकारको विवेकमा नगद भुक्तानी पनि एक विकल्प रहन...
रोकिएन जापानी येन कमजोर बन्ने क्रम, १ डलर बराबर झण्डै १५० येनमा कारोबार, नेपाल पैसा पठाउनेहरु थप आर्थिक भारमा
टोकियो/जापान। हिजो(१९ तारिख) न्यूयोर्क विदेशी विनिमय बजारमा, ब्याज दर वृद्धिको अपेक्षा बमोजिमनै अमेरिकामा दीर्घकालीन ब्याज दर बढ्दा जापानी येन थप अवमूल्यन हुँदै प्रति १ डलर झण्डै १५० येनको दरमा कारोबार भयो । निरन्तर ऐतिहासिक कमजोर बन्दै आएको जापानी येनको पछिल्लो कारोबार दर १ डलर बराबर १४९.९० येन कायम भयो । अमेरिकाको बढ्दो ब्याजदर र स्थीर जापानी मौद्रिक नीतिको अन्तरले येन...
जापानमा विदेशी पर्यटकहरु ह्लात्तै बढे, अघिल्लो महिना २ लाखभन्दा बढि पर्यटकहरु भित्रिए
टोकियो/जापान । गत महिना जापानमा २० लाख भन्दाबढि विदेशी पर्यटकहरुले भ्रमण गरेका छन् । यो कोरोना माहमारी सुरु भएदेखिको पहिलो पटक देखिएको उच्च पर्यटक संख्या हो । जापान राष्ट्रिय पर्यटन संगठनका अनुसार गत महिना पर्यटकसहित २ लाख ६ हजार ५ सय विदेशीहरुले जापान भ्रमण गरेका थिए । यो कोरोना माहमारी पछि कै सर्वाधिक धेरै संख्या हो । यो सम २०२०...
जापानको टोयोटा कर्पोरेशनको लगानीमा प्रतिघण्टा ३२० किलोमिटर उड्ने कार उडानको अन्तिम चरणमा
टोकियो/जापान। उड्ने कार निर्माण गर्दै आएको अमेरिकी “जब्बी एभिएसन” जापानको भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयमा सुरक्षा प्रमाणित गर्न टाइप प्रमाणीकरणको लागि आवेदन दिएको छ । यसरी आवेदन यस प्रकारको प्रमाणिकरणका लागि आवेदन दिने यो पहिलो विदेशी कम्पनी हो। अहिले प्रमाणिकरणको लागि आवेदन दिईएको उड्ने कार इलेक्ट्रिक टाईपको पाँच-सीट क्षमता भएको कार हो । यसको अधिकतम गति लगभग ३२० किलोमिटर...
जापानको अर्थतन्त्र सुधारका लागि एलडिपीद्वारा सरकारसमक्ष विद्युत शुल्क घटाउने तथा निर्यात वृद्धिको प्रस्ताव पेश
टोकियो/जापान। जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले विद्युत महसुलको बोझ कम गर्न र नाफा सहित साना तथा मझौला उद्योगको निर्यात शक्तिलाई सुदृढ गर्न सरकारलाई आह्वान गर्दै बृहत् आर्थिक उपायका कार्यन्वयनका लागि सरकारको निर्णयका गराउन विभिन्न आर्थिक अनुदान तथा साहयताहरु समेटिएको प्रस्ताव पेश गरेको छ । एकातिर वृहत आर्थिक प्याकेज सहित खसेकँदो आर्थिक अवस्था सुधार गर्दै व्यवसायिक वातावरण बनाउने...
नाबालिकालाई आत्महत्या गर्न सहयोग गरेको अभियोगमा जापानको कानागावामा एक युवा पक्राउ
कानागावा/जापान। एक जूनियर हाईस्कुलकी छात्रालाई आत्महत्या गर्न सहयोग गरेको आशंकामा एक जना २८ वर्षिया युवकलाई कानागावा प्रिफेक्चरल प्रहरीले पक्राउ गरेको छ। जापानी संचार माध्यमहरुका अनुसार गत महिनाको २९ तारिख कानागावा प्रिफेक्चरको सागामिहारामा पुलबाट हाम फालेर एक जुनियर हाईस्कुलकी छात्राले आत्महत्या गरेको र ति स्कुले विद्यार्थीलाई आत्महत्याको लागि सहयोग गरेको आशंकामा कानगावा प्रान्तीय प्रहरीले एक कम्पनी वर्कर २८ वर्षीय युवकलाई पक्राउ...
राजिनामा दिनेबारे आफ्नो कुनै सोच नभएको जापानका केन्द्रिय बैंकका गभर्नर कुरोदाको भनाई, ऐन निरन्तर कमजोर भएसंगै आलोचना बढ्दो
टोकियो/जापान। बैंक अफ जापानका गभर्नर हारुहिको कुरोदाले आज (१८ तारिख ) प्रतिनिधि सभाको बजेट समितिमा अहिले जापानी येन अत्यन्तै कमजोर अवस्थामा पुगेता पनि,केन्द्रिय बैंकले रोजगारी वृद्धि तथा मुद्रास्फीति कटौतीका लागि ठूलो मात्रामा सहजताका उपायहरु ल्याउन सफल भएको बताएका छन् । जापानी ३२ वर्ष यताकै कमजोर बिन्दु प्रति १ डलर बराबर १४९ येनमा कारोबार हुँदै गर्दा जापानको केन्द्रिय बैंकले उचित कदम...
जापानमा नेपालीद्धारा संञ्चालित इन्टरनेशनल स्कूलमा शिक्षक नेपालबाट आए, अझैं गुणस्तरीय शिक्षा दिईने
जापान/नागोया। जापानमा नागोयाको खासुगाइमा रहेको नेपाली डायस्पोरा तोकाई बाटिका इन्टरनेशनल स्कुलका लागि नेपालबाट स्थायी शिक्षक आएपछि शिक्षाको स्तर अझैं बढ्ने विद्यालय व्यवस्थापन समीतिले बताएको छ। निकै लामो समय नेपालमा रहेर नेपाली, अङ्ग्रेजी र सामाजिक जस्ता विषय शिक्षण गर्दै लामो अनुभव बटुलेका शिक्षकको तोकाई बाटिका इन्टरनेशनल स्कुलमा आगमनले अझैं गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने स्कूलको विश्वाश छ। शिक्षाप्रेमी शिक्षक प्रयास भट्टराई...

