यौन दुर्व्यवहारको आरोपमा डब्ल्यूएचओका शीर्ष अधिकारी निलम्बित

एजेन्सी । गत महिना एक स्वास्थ्य सम्मेलनमा एक बेलायती डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन गरेको छ,। इङ्गल्याण्डको नेशनल हेल्थ सर्भिसका लागि काम गर्ने २६ वर्षीया जुनियर डाक्टर रोजी जेम्सले बर्लिनमा भएको विश्व स्वास्थ्य शिखर सम्मेलनमा दुव्र्यवहार भएको गत महिना बताएकी थिइन्। अक्टोबर १६ देखि १८...

होण्डा मोटरले नयाँ होण्डाजेट एलिट २ सार्वजनिक गर्दै, हालसम्मकै उत्कृष्ट विमान हुने दावी

टोकियो/जापान। होन्डा मोटर कर्पोरेसनले आफ्नो लोकप्रिय साना व्यवसायिक विमान होन्डा जेट एलिट २ (HondaJet Elite II ) को नयाँ मोडल सार्वजनिक गर्ने भएको छ । यो नयाँ होन्डा जेटमा लामो उडान र स्वचालित अवतरण प्रणाली जडान गरिने बताईएको छ। होन्डाको जेट निर्माण इकाई, होन्डा एयरक्राफ्ट कम्पनीका अनुसार, ६.९५ मिलियन डलर मूल्यको नयाँ मोडेलले २,८६५ किलोमिटर यात्रा गर्न सक्छ । जुन हाल...

भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु

एजेन्सी । भारतको गुजरातस्थित मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुँडिंदा १३७ जनाको मृत्यु भएको छ । आइतबार साँझ भएको घटनामा १३७ जनाको मृत्यु भएको र १०० जना घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचार अनुसार अझै ५० जना जति सम्पर्कमा छैनन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरुलाई...

एलन मस्क बने ट्वीटरको मालिक

एजेन्सी । एलन मस्कले स्वामित्व लिएसँगै ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत माथिल्लो तहका कर्मचारीको बहिर्गमन भएको छ । बिहीबारमात्रै मस्क ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । त्यसलगत्तै ट्वीटरका सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको अमेरिकी समाचार संस्थाले जनाएका छन् । सीईओलगायतका कर्मचारी आफैंले राजीनामा दिएर...

जापानको सर्वोच्च शिखर माउन्ट फुजीको पाँचौ तहसम्म जाने रेल मार्ग बनाईने

टोकियो/जापान। जापानको सर्वोच्च शिखर माउन्ट फुजी भ्रमण गर्ने पर्यटकहरुको संख्या बढ्न गई अत्यन्तै भिडभाड हुने अवस्था सिर्जना भएकाले यामानाशी प्रिफेक्चरले समाधानका लागि अब पहाडी रेलवे विस्तार गर्ने योजना अघि सारेको छ। ३ हजार ७ सय ७६ मिटर अग्लो फुजी हिमाल(माउन्ट फुजी)जापानको सबैभन्दा अग्लो ज्वालामुखीय पहाड हो । यहाँ वर्षेनी लाखौँ मानिसहरु भ्रमणका लागि पुग्ने तथा यसको शिखरमा पाइला टेक्ने मनशायले...

जापानको आर्थिक प्रोत्साहन योजना १५० खर्बभन्दा ठूलो आकारको हुनुपर्ने सत्तारुढ दलका कार्यकारीको भनाई

टोकियो/जापान।जापान सरकारले यसै सार्वजनिक गर्ने वृहत आर्थिक उपायहरु कार्यन्वयनका लागि १५० खर्बभन्दा बढिको खर्च हुने आँकलन गरिएको छ । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) नीति अनुसन्धान परिषद्का कार्यवाहक अध्यक्ष योशिताका सिन्दोका अनुसा जापानको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा अन्तर अहिले लगभग १५० खर्ब येन छ। यो खाली ठाउँ भरेर मात्र पुग्दैन, त्यसैले १५० खर्बभन्दा अधिक खर्च हुनेछ । सिन्दोले इन्धन...

प्रधानमन्त्री किशिदा अष्ट्रेलियाको भ्रमण सकेर जापान फर्किए, संयुक्त सुरक्षा सहयोग सम्बन्धि महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

जापान। जापान अष्ट्रेलिया शिखर सम्मेलन र अन्य कार्यक्रमका लागि अष्ट्रेलियाको भ्रमणमा रहेका जापानी प्रधानमन्त्री किशिदा कार्यतालिका पूरा गरी आज(२३ तारिख) बिहान जापान फर्किएका छन्। अष्ट्रेलियाको पश्चिमी तटीय सहर पर्थको भ्रमणमा रहेका प्रधानमन्त्री किशिदाले २२ तारिख प्रधानमन्त्री अल्बानिजसंग भेटवार्ता गरेका थिए । सो अवसरमा दुई नेताहरूले सुरक्षा सहयोगसम्बन्धी नयाँ संयुक्त घोषणापत्रमा हस्ताक्षर पनि गरेका छन् । यो सम्झौताले, चीन र अन्य देशहरूलाई...

जापानमा कामका कारण मानसिक समस्या भई क्षतिपुर्ति लिनेहरुको संख्या ६० प्रतिशतले बढ्यो

टोकियो/जापान। जापानमा कामका कारणले गर्दा मानसिक समस्या भई क्षतिपूर्ति लिनेहरुको संख्या पछिल्लो एक दशकयता ६० प्रतिशत बढेको छ । अध्ययन प्रतिवेदनमा जनाईए अनुसार यसरी काम तथा कार्यस्थलका कारण मानसिक समस्या झेल्नेहरुमा ८० प्रतिशत महिलाहरु रहेका छन् । जहाँ कार्यस्थलमा हुने यौनजन्य हिंसाका कारण मानसिक समस्या भोग्नेहरुको संख्या उच्च छ । सन् २०११ को मार्चमा समाप्त भएको आर्थिक वर्ष २०१० मा...

जापानी येनमा ठूलो उत्तार चढाव, अत्यन्तै कमजोर बनेको येन एकैदिन ७ येनको सुधार हुँदै प्रतिडलर १४४ येनमा कारोबार

टोकियो/जापान।केहि महिनायता निरन्तर हरेक दिन ऐतिहासिक कमजोर देखिँदै आएको जापानी येन हिजो(अक्टोबर २१ )अत्याधिक कमजोर बिन्दुमा पुगेसंगै पुनःबलियो हुने लक्षण देखिएको छ । विदेशी मुद्रा बजारमा, येन २१ तारिखको रातमा अमेरिकी डलरको माथिल्लो १५१ येन स्तरमा द्रुत रूपमा अवमूल्यन भएपछि, येनको विनिमय दर अचानक फेरि प्रति डलर १४४ येनको स्तरमा उक्लिएको छ। जापान सरकार र बैंक अफ जापानले डलर बेचेर...

आज जापानी येन थप कमजोर, १ लाख नेपाली रुपैँयाका लागि १ लाख १६ हजार ६ सय ४० येन जम्मा गर्नुपर्ने

टोकियो/जापान । निरन्तर ओरालो लागेको जापानी येनको भाउ शुक्रबार थप तल्लो स्तरमा झरेर कारोबार भएको छ । आज विदेशी मुद्रा विनिमय बजारमा स्थायीरुपमा प्रति डलर १५०.१७ येनको दरमा कारोबार हुन पुग्यो । यो सन १०९० अगस्टपछिकै सर्वाधिक गिरावट हो । जापान र अमेरिकाको ब्याजदरमा देखिएको भिन्नताका कारण यस वर्षको सुरुवातदेखि नै लगानीकर्ताहरु डलरतर्फ आकर्षित हुँदै गर्दा जापानी येन ऐतिहासिक स्तरको...