अमेरिकामा एकैदिन २४ सय बढीको मृत्यु, संक्रमितको संख्या ६ लाख नाघ्यो
एजेन्सी । अमेरिकामा मंगलबार एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २६ हजार ९ सय ४५ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या ६ लाख १३ हजार ८ सय ८६ पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७३ को स्थिती नाजुक छ...
भारतमा तीन साता थपियो ‘लकडाउन’
काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गरेका हुन् । यसअघि घोषणा गरिएको तीन हप्ते लकडाउन बुधबार (१५ अप्रिल) मा सकिँदैछ । त्यसको अघिल्लो दिन टेलिभिजन सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सबैको सुझावलाई ध्यानमा राखेर लकडाउनलाई ३ मार्चसम्म...
कोरोनाबाट बेलायतमा थप १ नेपालीको मृत्यु
लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप १ जना पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायतको रेडिङ्खमा बस्दै आएका ६५ वर्षीय लक्षिणबहादुर गुरुङ रहेका छन् । उनको सोमबार बिहान रेडिङस्थित बर्कशायर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पताल भर्ना भएपछि गुरुङलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । पछिल्लो १ साता उनलाई भेनिलेटरमा राखेर उपचार गरिएको...
कोरोनाले विश्वभर एक लाख १९ हजारको ज्यान गयो, अमेरिकामा सबैभन्दा धेरै
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर एक लाख १९ हजार ११३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यसैगरी संक्रमितको संख्या १९ लाख १७ हजारभन्दा बढी छ । ४३ हजार बढी उपचारपछि निको भएका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकाको व्योमिङ राज्यमा पनि कोरोनाबाट...
इटालीमा मर्नेको संख्या २० हजार नाघ्यो
एजेन्सी । इटालीमा कोरोना संक्रमणका कारण मर्नेको संख्या २० हजार नाघेको छ । सोमबार त्यहाँ मर्नेको संख्या २० हजार ४ सय ६५ पुगेको हो । सोमबारमात्रै इटालीमा ५ सय ६६ जनाको मृत्यु भएको छ । आइतबारको तुलनामा यो १३५ ले बढी हो । ५६६ जनामध्ये इटालीको उत्तरी क्षेत्रमा मर्नेको संख्या बढी छ । उत्तरी क्षेत्रमा पर्ने लम्बर्डीमा २८० जनाको मृत्यु...
अमेरिका, इटली, स्पेन, फ्रान्स र बेलायतमा मात्रै ८४ हजार बढीको मृत्यु
एजेन्सी । संसारभरी कोरोनाभाइरसको संक्रमणका कारण १ लाख १४ हजार बढीको ज्यान गइसकेको छ । हालसम्म साढे १८ लाख कूल संक्रमित छन् । यसका साथै ४ लाख २३ हजार बढी संक्रमित उपचारपश्चात् निको भइसकेका छन् । अमेरिकामा हालसम्म २२ हजार १ सय ८ जनाको मृत्यु भइसकेको छ भने कूल संक्रमितको संख्या ५ लाख ६० हजार ३ सय २३ रहेको छ...
कोरोनाले विदेशमा १४ नेपालीको मृत्यु, ६६५ जना संक्रमित
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संकलन गरेको तथ्यांक अनुसार कोरोना संक्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्स (युएई) मा एक जना नेपालीको ज्यान गएको छ । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्यांक सार्वजनिक गरेको हो ।...
इटलीमा भन्दा अमेरिकामा बढी मृत्यु, मृतकको संख्या साढे २० हजार पार
एजेन्सी । कोरोनाभाइरसको संक्रमणका कारण धेरै मृत्यु हुने देशको सूचीमा इटली पर्दथ्यो तर नयाँ आँकडा अनुसार अमेरिकामा सबैभन्दा धेरै मृत्यु भएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा एकैदिन १८ सय ३० को मृत्यु भएपछि यहाँ मृतकको संख्या २० हजार ५ सय ७७ पुगेको छ । यहाँ एकैदिन ३० हजार ३ जना नयाँ संक्रमित पनि भेटिएका छन् । हालसम्म यहाँ...
कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुने मानिसको संख्या १ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख २ हजार छ सय सात पुगेको हो । भाइरसको कारण इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म मृत्यु हुने मानिसको संख्या १८ हजार आठ सय...
यमनमा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि
एजेन्सी । युद्धग्रस्त यमनमा पहिलो कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । विश्वमा कोरोना भाइरस संक्रमण नपुगेका केही देशहरुमध्ये यमन पनि एक थियो । युद्धग्रस्त यमनमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै सहायता एजेन्सीहरुले चिन्ता व्यक्त गरेका छन् । वर्षौको युद्धका कारण यमनको स्वास्थ्य प्रणाली अत्यन्तै कमजोर अवस्थामा छ । गैर सरकारी संस्था अक्सफामले यो दुःखद झट्का भएको बताएको...

