बेलायतमा कोरोना कारण मर्नेहरुको संख्या १६ हजार नाघ्यो
काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या १६ हजार नाघेको छ । बेलायतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार, बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या १६ हजार ६० मा पुगेको हो । पछिल्लो २४ घण्टामा बेलायतमा पाँच सय ९६ जना मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यो संख्या अघिल्लो दिनको भन्दा कम हो । अघिल्लो...
विश्वभरका ६ लाख बढी कोरोना संक्रमित निको भएर घर फर्किए
८ वैशाख, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) का ६ लाखभन्दा बढी संक्रमित निको भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर ६ लाख १६ हजार एक सय ९३ संक्रमित निको भएर घर फर्किएका छन् । निको हुनेमा सबैभन्दा अगाडि जर्मनी छ । जर्मनीमा अहिलेसम्म ८८ हजार कोरोना भाइरसका बिरामीहरु निको भइसकेका छन् । त्यस्तै चीनमा ७७ हजारभन्दा धेरै...
कोरोना प्रकोप : मृतकको संख्या एक लाख ५४ हजार पुग्यो, २२ लाखभन्दा बढी संक्रमित
काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट शनिबार बिहानसम्म मृत्यु हुनेको संख्या एक लाख ५४ हजार २ सय ९ पुगेको छ । जोन होप्किन्स विश्वविद्यालय कोरोना रिसोर्स सेन्टरका अनुसार शनिबार बिहानसम्म संक्रमितको संख्या २२ लाख ४३ हजार ५ सय १२ पुगेको छ । त्यस्तै शनिबार बिहानसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या ५ लाख ६९ हजार पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म अमेरिकामा सबैभन्दा...
जापानमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्दा, २०३ जनाको मृत्यु,सबै प्रान्तहरुमा आपतकाल घोषणा
टोकियो । बिहिबार जापान भरमा एकैदिन ५ सय ७० जनामा कोरोना भाईरसको नयाँ संक्रमण पुष्टि भएको छ । यो संगैजापानभित्रै संक्रमितहरुको संख्या ९ हजार २ सय ९२ जना पुगेको छ । डायमण्ड क्रुजका संक्रमितहरुको संख्या पनि जोड्दाजापानमा संक्रमितको संख्या १० हजार ४ जना पुगेको छ । बिहिबार जापानभर संक्रमितहरुको संख्यासंगै मृतकहरुको संख्यामा पनि वृद्धि भएको छ । टोकियोमा ३...
लकडाउन अन्त्य गर्ने दिशामा जर्मनी
एजेन्सी । कोरोना संक्रमितको संख्या उच्च रहेपनि मृत्युदरलाई कम गर्न सफल जर्मनी विस्तारै लकडाउन हटाउने दिशामा अघि बढ्ने भएको छ । जर्मन चान्सलर एञ्जेला मर्केल कोरोना भाइरसको संक्रमण रोक्नका लागि लगाएको लकडाउन अब विस्तारै विस्तारै अन्त्य गर्ने घोषणा गरेकी छन् । यद्यपि सामाजिक दुरी कायम गर्ने नियम भने अझै ३ मेसम्म लागू रहनेछ । यस्तै मर्केलले सबै नागरिकलाई सार्वजनिक स्थानमा...
२४ घण्टामा झण्डै ८ हजारको मृत्यु, ८५ हजार बढी संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) का ८५ हजार नयाँ संक्रमित थपिँदा ७ हजार ९ सय व्यक्तिको मृत्यु भएको छ । बुधबार सबैभन्दा बढी अमेरिकामा ३० हजार नयाँ संक्रमित थपिएका छन् । २४ सय ८२ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ संक्रमितको संख्या ६ लाख ४४ हजार नाघ्दा २८ हजारको मृत्यु भएको छ । वर्ल्डओमीटरका अनुसार...
कोरोनाबाट अमेरिकामा एकैदिन करिब २५ सयको मृत्यु, ३० हजार संक्रमित थपिए
काठमाडौं । अमेरिकामा पछिल्लो एक दिनमा २ हजार ४ सय ८२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रत्येक दिन मृतकको संख्या उच्च बन्दै जाँदा अमेरिकामा हालसम्म ज्यान गुमाउनेको संख्या २८ हजार ५ सय २९ पुगेको छ। २४ घण्टामा अमेरिकामा ३० हजार संक्रमित थपिएका छन् । यो सँगै त्यहाँ संक्रमितको कुल संख्या ६ लाख ४४ हजार नाघेको छ । अमेरिकापछि...
महामारीकै बीच दक्षिण कोरियामा मतदान सुरु
काठमाडौं । दक्षिण कोरियामा बुधबार संसदीय निर्वाचन सुरु भएको छ । स्थानीय समय अनुसार बिहान ६ बजेदेखि मतदान सुरु भएको हो । मुलुकको राष्ट्रियसभाको लागि यो निर्वाचन भइरहेको छ । दक्षिण कोरियाको राष्ट्रियसभामा प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी तीन सय सिट छ । अलजजीराका अनुसार विश्वभर कोरोना भाइरस (कोभिड-१९) को महामारी चलिरहेकै अवस्थामा दक्षिण कोरियाले भने आवश्यक सतर्कता अपनाएर मतदान...
२४ घण्टामा ७६ हजार बढी संक्रमित थपिए, ७ हजारको ज्यान गयो
काठमाडौं । मंगलबार विश्वभर कोरोना भाइरस (कोभिड–१९) का ७६ हजार ६ सय नयाँ संक्रमित थपिँदा ६ हजार ९ सय ७८ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा २६ हजार नयाँ संक्रमित देखिँदा २४ सयले ज्यान गुमाएका छन् । त्यस्तै, बेलायतमा ७७८ हजारले ज्यान गुमाउँदा ५ हजार २ सय नयाँ संक्रमित थपिएका छन् । फ्रान्समा २४ घण्टाभित्र...
भारतमा कोरोना संक्रमितको संख्या साढे ११ हजार, एकैदिन ३५ जनाको मृत्यु
काठमाडौं । भारतमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या ११ हजार ४ सय नाघेको छ । मंगलबार १ हजार ३४ जना थपिएसँगै भारतमा संक्रतिमको संख्या ११ हजार ४ सय नाघेको हो । बितेको २४ घण्टामा भारतमा कोरोनबाट ३५ जनाले ज्यान गुमाए । योसँगै त्यहाँ मृतकको संख्या ३९३ पुगेको वर्ल्डमीटर इन्फोले जनाएको छ । भारतमा ११ सय बढी संक्रमित निको हुँदा ९...

