इटाली र चीनभन्दा बढी संक्रमित अमेरिकामा

काठमाडौं । कोरोनाको संक्रमण र मृत्युदर दिन प्रतिदिन बढ्दो क्रममा देखिएको छ । चीनको वुहान सहरबाट फैलिएको कोराना सुरुवातको महिनाभरमा नफैलिएका संख्या अहिले एकै दिनमा बढी फैलिएको छ । शुक्रबार बिहानसम्म आउदा विश्वको सबैभन्दा बढी संक्रमित राष्ट्र अमेरिका भएको छ । करिव १७ हजार जना संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ८५ हजार २ सय २ जना संक्रमित हुँदा १...

स्पेनमा चार नेपालीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको बताइन् । उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य...

बेलायतमा कोरोनाबाट थप एक जना नेपालीको मृत्यु

काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी घर भएका ४० वर्षीय प्रशान्त अर्याल रहेका छन् । उपचारको क्रममा अर्यालको गत सोमबार मृत्यु भएको भएपनि अस्पतालले उनमा कोरोना संक्रमण रहेको पुष्टि बिहीबार मात्र गरेको गैरआवसीय नेपाली संघले जानकारी गराएको छ । शनिबार अचानक...

इटलीमा एकैदिन ६८३, स्पेनमा ६५६ को मृत्यु

एजेन्सी । इटलीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ७ हजार ५ सय ३ पुगेको छ भने स्पेनमा ३ हजार ६ सय ४७ ले ज्यान गुमाइसकेका छन् । इटलीमा ५ हजार २ सय १० नयाँ संक्रमित थपिएसँगै अहिलेसम्म कूल ७४ हजार ३...

कोरोना संक्रमित ५ देशमा नेपालीको अवस्था कस्तो ?

काठमाडौं । कोरोना भाइरस संक्रमित विभिन्न देशमा रहेका नेपाली नागरिकको बारेमा सरकारले जानकारी लिएको छ । परराष्ट्र मन्त्रालयबाट भिडियो कन्फरेन्समार्फत इजराइल, दक्षिण कोरिया, मलेसिया, जापान र दक्षिण अफ्रिकामा रहेका नेपालीहरुको बारेमा त्यहाँस्थित राजदूतामार्फत जानकारी लिएको हो ।   यी पाँचवटा देशमा रहेका कुनै पनि नेपालीमा कोरोना संक्रमण नदेखिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जानकारी दिए । भिडियो कन्फरेन्समा श्रममन्त्री...

कोरोनाका कारण विश्वभर २० हजार बढीको मृत्यु

एजेन्सी । जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना भाइरसका कारण २० हजार बढीको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै मृत्यु हुने १० देश यस प्रकार छन्ः १. इटलीः ६,८२० २. हुबेई प्रान्त, चीनः ३,१६० ३. स्पेनः २,८०८ ४. इरानः १,९३४ ५. फ्रान्सः १,१०० ६.अमेरिकाः ७७५ ७. ब्रिटेनः ४२२ ८. नेदरल्याण्डः २७६ ९. जर्मनीः १५७ १०. बेल्जियमः १२२ ...

भारत तीन साता लक–डाउन

काठमाडौं । भारतीय प्रधानमन्त्री नदेन्द्र मोदीले देशभर तीन साता लामो लकडाउन घोषणा गरेका छन् । मंगलबार साँझ टेलिभिजन सम्बोधन गर्दै उनले मध्यरातबाट लागू हुने गरी २१ दिन लामो लकडाउन घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘म प्रधानमन्त्रीको रुपमा होइन, तपाईंका परिवारको सदस्यका रुपमा भनिरहेको छु । २१ दिनका लागि बिर्सिनुस् कि बाहिर निस्किँदा के हुन्छ । घरमै बस्नुस् र...

लन्डनमा नेपाली चेलीको रोदन: सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै सचेत रहन आग्रह

काठमाडौं । लन्डनमा बस्दै आएकी एक नेपाली महिलाले आफूलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेकी छन्। कोभिड–१९ पोजिटिभ देखिएपछि सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी हुन्। सामाजिक सञ्जालमा आफ्नो फोटो र स्ट्याटस पोस्ट गर्दै उनले सबैलाई सचेत बन्न पनि आग्रह गरेकी छिन्। उनले यो संक्रमण अत्यन्तै पीडादायी हुने उल्लेख गर्दै १३ दिनसम्म पनि अत्यन्तै पीडा भइरहेको...

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या साढे १६ हजार नाघ्यो

एजेन्सी । विश्वभर व्यापकरुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० का कारण मृत्यु हुनेको संख्या १६ हजार पाँच सय १० पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार कोरोनाका कारण सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । त्यहाँ गएको २४ घन्टामा कोरानाका कारण ६ सय १ जनाले ज्यान गुमाएका छन् । योसँगै मंगलबार बिहानसम्म इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७७...

इटलीमा मृतकको संख्या ५५ सय पुग्यो

एजेन्सी – कोरोना भाइरसको उत्पत्ति चीनमा भएपनि यसले चीनमा भन्दा इटलीमा विध्वंस मच्चाएको छ । कोरोना भाइरसले सबैभन्दा धेरै इटलीमा क्षती पुर्‍याएको छ । इटलीले आफ्नो देशको स्थिती हेरेर अन्य देशले पाठ सिक्न आग्रह गरेको छ । चीनमा गत वर्ष नोभेम्बरमा यो भाइरसको उत्पत्ति भएको थियो । कोरोना संक्रमणका कारण इटलीमा आइतबार मात्रै ६ सय ५१ को मृत्यु भएको छ...