ओसाका/जापान । गैरआवसीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समितिको  ९ औँ  अधिवेशन तथा निर्वाचन जुन १७ तारिख शनिबार हुने भएको छ ।

एनआरएनए जापान कान्साईको क्षेत्रीय समितिको नयाँ कार्यसमिति (२०२३–२०२५) को लागि नयाँ नेतृत्व चयन गर्न अधिवेशन गर्न लागेको हो । एनआरएनए जापान कान्साई क्षेत्रीय समितिको (रासपको बिधानको परिच्छेद ८ को ३.१ बमोजिम) निर्वाचन समिती समेत गठन भएको छ । समितिको संयोजकमा महेश कुमार कटवाल, सदस्यहरु रमेश बाबु घिमिरे, भुमिराज दवाडी, नारायण स्टीभेंस र हरिराज ढकाल रहेका छन्।

एनआरएन जापानले आफ्ना क्षेत्रीय समितिहरूको अधिवेशनहरू तोकिएसंगै एनआरएनए जापान क्षेत्रीय समिति कान्साईको नवौ अधिवेशन तय भएको संयोजक कटवालले जानकारी दिए ।
संघको विधान र नियमावली अन्तर्गत रही दिएको आधिकार लाई प्रयोग गर्दै कान्साईको नयाँ कार्य समिति (२०२३ २०२५) २ बर्ष कार्यकालका लागि अधिवेशन तथा निर्वाचन हुन लागेको संयोजक एवं एनआरएनए जापानका उपाध्यक्ष कटुवालले  बताए ।

निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय जुन ३ तारिख बाट आज ९ तारिख बेलुका ११ः५९ सम्म लाई निर्धारण गरीएको छ ।

एनआरएनएको अभियानमा लागेका र यहिमार्फत सामाजिक सेवामा लाग्नका लागि यस क्षेत्रमा रहेका नेपालीहरुलाई उपस्थितिको लागि एनआरएन जापान कान्साई क्षेत्रीय समितिले अपिल गरेको छ।

अन्य सम्बन्धित खबरहरु

जुन १८ तारिख,एनआरएनए जापान नागोया क्षेत्रीय समितिको ९ औँ अधिवेशन हुने,यस्तो छ तयारी

एनआरएनए जापानको अध्यक्षमा राजकुमार अधिकारीको दाबेदारी,यस्ता छन् योजनाहरु

एनआरएनए जापानमा ११ हजार भन्दा बढि सदस्यता आवेदन पर्यो,२१ तारिखसम्म जम्मा २ हजार ७ सय ८५ जनाको मात्रै सदस्यता प्रमाणित

गिफु प्रिफेक्चरमा एनआरएनए जापानको १३ औं क्षेत्रीय समिति गठन गरिने

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार