देवताले मन्दिरमा महिला र पुरुषमध्ये एउटालाई मात्र छिर्न दिनु भन्लान् र ? सायद देवताका लागि सबै मानिस समान हुन्छन् । तर हाम्रो परम्परा र मान्यताले गर्दा केही यस्ता अनौठा संस्कारहरु कायम हुन्छन् जुन आधुनिक समाजमा पचाउनै गाह्रो हुन्छ । भारतमा केही त्यस्ता मन्दिरहरु छन् जहाँ पुरुषहरु प्रवेश गर्न पाउँदैनन् । ती मन्दिरमा केवल महिलाहरु मात्रै प्रवेश गर्दछन् ।
केरलाको अत्तुकल भगवती मन्दिर यस्तो मन्दिर हो जहाँ महिलाको पुजा हुन्छ । यो मन्दिरमा तिस लाख महिलाहरुले एकसाथ धार्मिक अनुष्ठान गरी गिनिज बुकमा नाम पनि लेखाएका छन् । उक्त मन्दिरमा पुरुषहरु प्रवेश गर्न पाउँदैनन् ।
केरलामै रहेको चक्कूलाथुकावु मन्दिरमा पनि पुरुषहरुलाई प्रवेश निषेध छ । त्यहाँ नारीपूजा नामक वार्षिक अनुष्ठान हुन्छ । जुन अनुष्ठानमा पुरुष पुजारीहरुले १० दिनदेखि व्रत गरिरहेका महिला भक्तजनको पाउ धुन्छन् । उक्त दिनलाई धनु भनिन्छ । नारीपुजाका बेला केवल महिलाहरुलाई मात्र मन्दिर भित्र जाने अनुमति हुन्छ ।
भारतको राजस्थानस्थित पुष्करमा रहेको ब्रम्हा मन्दिर विश्वको एकमात्र ब्रम्हा मन्दिर हो । यो १४ औँ सताब्दीमा बनेको हो । उक्त मन्दिरमा विवाहित पुरुषलाई जान बर्जित छ ।
भारतको तमिलनाडुस्थित कन्याकुमारी सहरमा रहेको भगवती मन्दिरमा विवाहित पुरुषलाई जान निषेध छ । केवल सन्यासी पुरुषहरु मात्र उक्त मन्दिरको ढोकासम्म जान पाउँदछन् । तर भित्र छिर्न भने पाउँदैनन् ।
विहारको मुजफ्फरपूरुमा रहेको माता मन्दिरमा पनि वर्षका केही ीदन विशेष पुजाका बेला पुरुषको प्रवेश निषेध गरिन्छ र केवल महिलाहरु मात्र मन्दिरमा जान्छन् ।
महाराष्ट्रको नासिकमा रहेको त्रयम्बकेश्वर मन्दिरको गर्भगृहमा पनि पुरुषहरुलाई जान निषेध छ ।
भारतको आसाममा रहेको कामरुप कामाख्या मन्दिरमा रजश्वला उत्सव मनाइन्छ । त्यसबेला मन्दिरमा पुरुषको प्रवेशमा रोक लगाइन्छ । त्यसबेला केवल महिला सन्त तथा सन्यासी महिलाहरुले मात्र मन्दिरमा पुजा गर्दछन् ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




