संसारमा कैयौँ यस्ता संस्था छन्, जहाँ रातको समय काम गर्नुपर्छ । नाइट सिफ्टमा पुरुषले मात्र नभएर महिलाले पनि काम गर्छन् । तर, लामो समयसम्म नाइट सिफ्टमा काम महिलाका लागि खतरा हुने चीनमा भएको एक अनुसन्धानले बताएको छ । नाइट सिफ्टमा लगातार काम गर्ने महिलामा विभिन्न क्यान्सरको सम्भावना बढेर जाने अनुसन्धानले देखाएको छ ।
चीनको छेन्दुस्थित सिचुआन युनिभर्सिटीको वेस्ट चाइना मेडिकल सेन्टरले नाइट सिफ्टमा काम गर्ने महिलाको विषयमा अनुसन्धान गरेको छ । उक्त अनुसन्धानले भनेको छ कि ‘नियमित घन्टौँसम्म नाइट सिफ्टमा काम गर्ने महिलामा क्यान्सरको समस्या १९ प्रतिशतले बढेर जान्छ ।’ अनुसन्धानकर्तामध्येका एक सुइलेइ माले रातमा काम गर्ने महिलाको अनुसन्धानपछि उनीहरूमा क्यान्सरको सम्भावना बढेर जाने निष्कर्ष निस्केको बताएका छन् ।
नाइट सिफ्टमा लगातार काम गर्ने नर्सहरूमा ब्रेस्ट क्यान्सर देखिएको र उनीहरूमा यस्तो क्यान्सरको सम्भावना पनि बढी रहने अनुसन्धानले देखाएको छ ।
क्यान्सर एपिडेमियोलोजी, बायोमार्कर एन्ड प्रिवेन्सन पत्रिकामा अनुसन्धानको तथ्य प्रकाशित भएको छ । अनुसन्धानले नाइट सिफ्टमा काम गर्ने महिलामा सम्भावित क्यान्सरको प्रतिशत पनि सार्वजनिक गरेको छ । उक्त अनुसन्धानअनुसार नाइट सिफ्टमा काम नगर्नेभन्दा काम गर्ने महिलामा ४१ प्रतिशत स्किन क्यान्सर, ३२ प्रतिशत ब्रेस्ट क्यान्सर र १८ प्रतिशत ग्यास्ट्रोस्टाइनल क्यान्सरको खतरा बढेर जान्छ
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




