हाम्रो शरीरलाई स्वस्थ राख्न हामीले धेरै कुरामा ध्यान पुर्याउनुपर्छ । शरीरका केही अंगहरु अति संवेदनशील हुन्छन् । ती अंगहरुको हामीले बढ्ता ख्याल राख्नुपर्छ । हाम्रा केही अंगहरु छन् जसलाई सकेसम्म नाङ्गो हातले छुनुहुदैन । नाङ्गो हातले छुँदा, कीटाणु फैलन सक्ने हुँदा ती अंगहरु छुँदा ख्याल पुर्याउनुपर्छ । तपाई बारम्बार हात सफा गर्नुहुन्छ भने पनि नाङ्गो हातमा कीटाणु हुने डर हुन्छ नै । तसर्थ स्वस्थ रहन शरीरको यी सात भागलाई नाङगो हातले नछुनुहोस् ।

कान

कानको भित्री भागमा औला वा अरु कुनै पनि कुराहरु हाल्नु हुदैन । कानको नलीमा कुनै पनि कुरा हाल्नाले कानको भित्रको पातलो जाली च्यातिन सक्छ । यदि तपाईको कानमा केहि समस्या आएको छ भने आफैले केहि गर्नुभन्दा पहिले बिशेषज्ञलाई देखाउनुहोस् ।

अनुहार

अनुहार धुनको लागी मात्रै हातको प्रयोग गर्नुहोस् । यदि तपाई किटाणु भएको ठाउँमा हात राख्नुहुन्छ र पछी अनुहारमा लगाउनुहुन्छ भने तपाइको बिरामी हुने सम्भावना धेरै हुन्छ ।

नितम्ब

नितम्ब टिस्यु पेपर वा पानीले धँुदैमा सुरक्षीत हुदैन । मलद्धारका केहि ब्याक्टेरीयाहरु निकै हानीकारक हुन्छन् । तसर्थ दिशा पिसाब गरिसकेपछी वा अन्य केही कारण त्यहाँ छुनु छ भने छोईसकेपछी सेनिटाईजर वा साबुनले धुनुपर्छ ।

आँखा

आखामा केही परेर धुनुवाहेक, आँखालाई हात वा औलाले छुनुहुँदैन । यदि तपाई यस्तो गर्नुहुन्छ भने, किटाणुहरु आँखामा लाने काम तपाई आफैले गरिरहनु भएको छ । आँखालाई कहिल्यै पनि नछुनुहोस् र नमिच्नुहोस् । यदि आँखामा केहि समस्या भएको छ भने तुरुन्त चिकित्सकलाई देखाउनुहोस् ।

मुख

एक सोधका अनुसार मानिसहरु प्राय कामबाट थकित भएको बेलामा २३ पटक मुखमा औला हाल्ने गर्छन् । जब मानिसहरु ब्यस्त हुन्छन ६ पटक भन्दा बढी मुखमा औला हाल्ने गर्छन् । जनरल साईन्स अफ अप्लाईड माईक्रोबायोलोजीमा प्रकाशित एक सोधका अनुसार शरिरमा एक तिहाई किटाणु मुखको माध्ययमबाट शरिरमा प्रवेश गर्छन् । त्यसैले मुखमा औला हाल्ने काम नगर्नुहोस् ।

नाक

नाकमा औला हाल्ने मानिसहरुलाई स्टेफिलोकोकस ब्याक्टेरीयाबाट संक्रमीत हुने सम्भावना ५१ प्रतीशत हुन्छ ।

नङभित्रको छाला

स्वस्थ रहन नङलाई सधै सफा र छोटो राख्नुहोस् । नङ सफा गर्न नरम ब्रसको प्रयोग गर्नुपर्छ । नङ लामो र फोहोर हुँदा नङभित्रको छालामा ओनीकोलाईसीसको खतरा बढ्न सक्छ ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार