२ सय पटक प्लास्टिक सर्जरी गर्ने यी युवती सुन्दरी बन्न खोज्दा बनिन कुरूप,कुनै अङ्ग बाकी छैन

मानिसहरु आकर्षक राम्रो देखिन कुनै पनि कसुर बाकि राख्दैनन् । जिम, योगा, डाइटिङ र अब त प्लास्टिक सर्जरी पनि गर्न थालिसकेका छन् । तर, केही मानिसलाई सुन्दर देखिन यतिसम्म शोक हुन्छ कि आफ्नो स्वास्थ्यको पनि ख्याल गर्दैनन् । यस्तै व्यक्तिको उदाहरण बनेकी छन् । स्टार डेलगुडाइस । २८ वर्षीय स्टार डेलगुडाइसले अहिलेसम्म लाखौ पाउण्ड प्लास्टिक सर्जरीमा खर्च गरिसकेकी छन् । डेलगुडाइस जब १७ वर्षकी थिइन् तबदेखि नै प्लास्टिक सर्जरी गरिरहेकी छन् ।

उनले अहिलेसम्म २०० सर्जरी गराइसकेकी छन् । हालै एक अन्तरबार्तामा उनले उठेरै कुरा गरेकी छन् । किनकी उनले भर्खरै ‘बट इम्प्लाण्ट’ गराएकी छन् । उनी आफ्नो प्लास्टिक सर्जरी गर्ने बानीमा आफ्ना माता पिताको जिम्मेदवारी रहेको बताउछिन् । उनले हालसम्म प्लाष्टिक सर्जरीमा मात्रै दुई लाख ३० हजार पाउण्ड खर्च गरिसकेकी छन् । यसमध्ये उनले ओठको मात्रै पाँच पटक सर्जरी गरेकी छन् भने चारपटक नाकको सर्जरी गरेकी छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार



ताजा खबर