एजेन्सी, २२ फागुन । खेर गएका खानेकुराको सदुपयोग गर्नका लागि चीनमा साङ्ला उद्योग सञ्चालनमा ल्याइएको छ ।
पूर्वी साङदोङ प्रान्तको राजधानी जिनानमा स्याङदोङ कियाओबिन एग्रिकल्चरल टेक्नोलोजी कम्पनीले सञ्चालनमा ल्याएको केन्द्रमा साङ्लालाई किचनबाट खेर जाने दैनिक ५० टन खानेकुरा खुवाइन्छ ।
साङ्ला मरेपछि त्यो घरपालुवा जनावरलाई पौष्टिक आहारका रूपमा खुवाइन्छ । कसै–कसैले त साङ्ला मरेपछि त्यो पेटसम्बन्धी रोगको उपचार र ब्युटी उपचारमा पनि प्रयोग गर्न सकिने बताएका छन् ।
केन्द्रले अर्को वर्ष थप तीनवटा यस्ता उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको छ । अफ्रिकी स्वाइन फैलिएपछि सुंगुरको खानाका रूपमा खेर गएका खानेकुरा प्रयोग गर्न देशव्यापी प्रतिबन्ध लागेका कारण यस्ता साङ्ला उद्योग बढ्न सहयोग पुगेको बताइएको छ ।
भान्साबाट खेर गएका वस्तुलाई परिवर्तन गर्न र प्रशोधन गर्न साङ्लाहरू बायोेटेक्नोलोजिकल उपाय रहेको स्याङदोङ किरा उद्योग एसोसिएसनका अध्यक्ष लिउ युसेङले बताए । साङ्लाहरू सुँगुरलगायत अन्य घरपालुवा जनावरका लागि प्रोटिनको राम्रो स्रोत पनि रहेको स्याङदोङ कियाओबिनका निर्देशक ली होङ्ईले बताएकी छिन् ।
सिचुआनस्थित एक ग्रामीण क्षेत्रका ली विङ्साईले पनि साङ्ला खेती गरेका छन् । उनले साङ्लामा १० लाख युआन लगानी गरेका छन् । उनले ती साङ्ला सुँगुर फार्म र फिसरी उद्योगमा खानेकुराका रूपमा बिक्री गर्ने गरेका छन् भने औषधि कम्पनीलाई मेडिसिनल सामग्रीका रूपमा उनले साङ्ला बिक्री गर्ने गरेका छन् ।
हाल उनको फार्ममा ३४ लाख साङ्ला रहेका छन् । ‘यस्तो व्यवसाय गर्दा अन्य मानिसलाई अचम्म लाग्न सक्ला, तर यसको आर्थिक मूल्य धेरै छ र मेरो लक्ष्य भनेको गाउँका अन्यलाई पनि समृद्धिको यो बाटोमा डो¥याउनु हो,’ उनले भने । उनको गाउँमा हाल दुईवटा साङ्ला फार्म छन्, जसलाई उनी २० मा पु¥याउन चाहन्छन् ।
साङ्ला मुख तथा पेटसम्बन्धी अल्सर, छालामा भएका घाउ र पेटको क्यान्सरजस्ता रोगको उपचारमा पनि प्रयोग गर्न सकिने अनलाइन टु अफलाइन स्वास्थ्य सेवा दिने कम्पनी गुड डक्टरका साङ्ला विभागका म्यानेजर वेन जियाङ्गओले भने ।
अनुसन्धानकर्ताले साङ्लाको प्रयोग ब्युटी मास्क, डाइट पिल्स र कपाल झर्ने रोगको उपचारमा पनि प्रयोग गर्न सकिनेबारे सोचिरहेका छन् । गुड डक्टरमा पनि साङ्लापालन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




