एजेन्सी। संसारमा जो कोही महिला सुन्दर बन्न चाहन्छन् । तर, सुन्दरता नै आफ्नो दुश्मन बन्यो भने के होला ? रुसकी एक महिलासँग यस्तै भएको छ । यहाँकी एक प्राथमिक शिक्षिकालाई उनको सुन्दरताकै कारण जागिरबाट निकालिएको छ । स्कुल व्यवस्थापनका अनुसार ती महिलाको सुन्दरताले बालबालिकाको मनमा गलत फिलिङ आइरहेको थियो ।

२६ वर्षकी भिक्टोरिया डेमेस्कीना रुसको येकातेरिनबर्ग शहरमा बस्छिन् । त्यहाँको एक नर्सरी स्कुलमा पठाउने उनी अन्य युवतीहरुजस्तै सामाजिक संजालमा सक्रिय छिन् । उनका कैयौं ग्ल्यामरस फोटोहरु इन्स्टाग्राममा अपलोड भएका छन् । उनका यिनै फोटोहरुलाई आधार बनाएर स्कुलले उनलाई जागिरबाट निकालिदिएको छ ।

स्कुलमा पढ्ने केही बालबालिकाका अभिभावकले उनका फोटोहरु देखेका थिए । उनीहरुले यी फोटोहरु निकै कामुक भएको भन्दै स्कुलमा कम्प्लेन गरेका थिए । स्कुल प्रसासनले उनलाई ती फोटोहरु डिलिट गर्न पठाएको थियो तर उनले ती फोटोहरु डिलिट गर्न अस्वीकार गरिन् । त्यसपछि स्कुलले उनलाई स्कुलबाट निकालिदिएको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार