काठमाडौं, कात्तिक २४ । अहिलेसम्मकै सबैभन्दा ठूलो मानिएको चीनको पहिलो अन्तर्राष्ट्रिय ‘स्पेश स्टेशन तियानगोंग–१’ नियन्त्रणबाहिर पुगेको र उक्त स्टेशन पुन पृथ्वीमा आएर ठोक्किने अनुमान वैज्ञानिकहरुले गरेका छन् ।
गतवर्षको सेप्टेम्बर महिनादेखि नियन्त्रणबाहिर पुगेको ८.५ टनको ‘स्पेस स्टेशन तियानगोंग–१’ आगामी वर्षको जनवरीदेखि मार्च महिनासम्ममा पृथ्वीमा आएर ठोक्किने ‘युरोपियन स्पेस एजेन्सी’ (इएसए)का वैज्ञानिकहरुले अनुमान गरेका हुन् ।
इएसएका वैज्ञानिकहरुले हराइरहेको उक्त ‘स्पेस स्टेशन’ पृथ्वीको गुरुत्वाकर्षणभित्र प्रवेश गरेपछि आगोको ज्वालासहित स्पेन, इटली, टर्की, ब्राजिल, चीन, भारत र अमेरिकाका भु–भागमा ठोक्किन सक्ने बताएका छन् ।

वैज्ञानिकहरुले अहिलेदेखि नै सबै वैज्ञानिकहरुलाई उक्त ‘स्पेस स्टेशन’ पृथ्वीमा फर्कने समयको निरीक्षण गर्न चेतावनी दिएका छन् ।
‘डेलिमेल अनलाइन’का अनुसार चीनले सन् २०१२ सेप्टेम्बर २९ मा सबैभन्दा ठूलो मानिएको चीनको पहिलो ‘स्पेस स्टेशन तियानगोंग–१’ चीनको ‘अर्थ स्टेशन’बाट प्रक्षेपण गरेको थियो । तर, सन् २०१६ को सेप्टेम्बर महिनादेखि उक्त स्टेशन पृथ्वीबाट ३०० किलोमिटरमाथी अन्तरिक्षको कक्षमा नियन्त्रणबाहिर गएर हराएको चिनियाँ वैज्ञानिकहरुले पुष्टि गरेका थिए ।
‘युरोपियन स्पेस एजेन्सी’का प्रमुख होल्गेर क्रगले उक्त ‘स्पेस स्टेशन’ हराएको कक्षबाट पृथ्वीतिर फर्किदा उत्तरी ध्रुब ४३ डिग्री वा दक्षिण ध्रुब ४३ डिग्री कोणमा ठोक्किने अनुमान गरेको बताए । उनले उक्त ‘स्टेशन’ पृथ्वीमा फर्किने निश्चित रहेको तर त्यसको समय चैं अध्ययनका आधारमा अनुमान गरेको बताए ।
इएसएका वैज्ञानिकहरुले आगामी वर्षको फेब्रुअरी महिनामा खगोलविदहरुसंग ‘तियानगोंग–१’ले पृथ्वीमा पुन प्रवेश गर्ने र त्यसलाई कसरी निरीक्षण गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय गोष्ठि गर्ने उल्लेख गरेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




